Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेफिन
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २५, २०८२

अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘ अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका नेपालीहरूको साझा सपना, विश्वास र मातृभूमिप्रतिको गहिरो प्रेमको विजय हो ।’

साथै उनले एकतालाई दिगो, मजबुत र परिणाममुखी बनाउनु नै अबको सबैभन्दा ठूलो चुनौती रहेको पनि उल्लेख गरे । उनले भनेका छन् ‘बृहत् एकताको लक्ष्यलाई साकार पार्न एनआरएनएको संस्थागत संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउनका लागि विशेष ध्यान दिनु पर्छ ।’ 

लामाले पारदर्शितालाई एनआरएनएको मूल मन्त्र बनाउँदै हरेक निर्णय प्रक्रियालाई पूर्णतः खुला बनाउनुपर्नेमा जोड दिएका छन् । 

Hardik health

केन्द्रीय नेतृत्व (आइसिसी) लाई विश्वभरका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) प्रति पूर्ण जबाफदेही बनाउनुपर्ने उनको धारणा छ । ‘यसका लागि विधि र विधानलाई सर्वोपरि मानेर संस्थालाई व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्ने अनिवार्य आवश्यकता र पहिलो सर्त पनि हो ।’ लामाले भने । 

उनले एनसीसीलाई संघको निकायको रूपमा नभई संयुक्त राष्ट्रसङ्घको मोडल अनुसार एक स्वतन्त्र र स्वायत्त साझेदार संस्थाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड पनि दिए । यसैगरी उनले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरी प्रतिनिधि प्रणाली  (डेलिगेट्स सिस्टम)बाट नभई प्रत्यक्ष प्रणालीबाट अधिवेशन र निर्वाचन गरिनुपर्ने प्रस्ताव गरेका छन् ।  

हाल विद्यमान केन्द्रीकृत सदस्यता पञ्जी करण व्यवस्था खारेज गरी सबै एनसीसीहरूलाई आफ्नै पोर्टलबाट सदस्यता बनाउने स्वायत्तता दिइने र केन्द्रीय प्रणाली सहयोगी संयन्त्रको रूपमा मात्र रहने गरी विकेन्द्रीकरणको योजना पनि अगाडि सारे ।लामाले एनसीसीहरूसँग नियमित संवाद र समन्वयलाई प्राथमिकतामा राख्दै महासचिव लामाले एनआरएनका सदस्यहरूको ज्ञान, सीप र पुँजीलाई एकीकृत गर्न विशेष संयन्त्रहरूको निर्माण अपरिहार्य रहेको जोड पनि दिए ।

यस प्रक्रियामा युवा र महिलाहरूको सहभागितालाई केवल औपचारिकतामा सीमित नराखी अर्थपूर्ण र अनिवार्य बनाउनु संस्थाको दायित्व भएको उनले प्रस्ट पारेका छन् । ‘स्पष्ट भिजन र परिणाममुखी कार्य योजनाका साथ अगाडि बढ्नु पर्ने भएको छ ।’ उनको भनाई छ । लामाका अनुसार एनआरएनको मूल उद्देश्य ‘नेपाली नागरिकताको निरन्तरता र मातृभूमिको समृद्धि’ नै हो । यसलाई पूर्ण रूपमा साकार पार्न अब सबै एकजुट भएर लाग्नु पर्नेमा जोड पनि दिए ।

यसैगरी हालै भएको एकतालाई एनआरएनको पुनर्जागरणको सुरुवातको रूपमा चित्रण गर्दै, यो अवसरको सदुपयोग गरी संस्थालाई विश्वकै सबैभन्दा सशक्त र उदाहरणीय डायस्पोरा सङ्गठन बनाउन सबैलाई आह्वान पनि गरे । औपचारिक रूपमा २ समूहमा रहेको एनआरएनएबिच मङ्सिर १५ गते प्रधानमन्त्रीको उपस्थितिमा एकता घोषणा भएको थियो ।  

 

 


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न आइतबार, फागुन ३, २०८२
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र  मन्त्रालय
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र मन्त्रालय बुधबार, माघ २१, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP