Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चिसो बढेसँगै दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी भाइरल सङ्क्रमण बढ्दै
चिसो बढेसँगै दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी भाइरल सङ्क्रमण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०८२

एजेन्सी - पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थिति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको त्यहाँका चिकित्सकहरूले बताएका छन्।

"खासगरी मङ्सिर लागेपछि यस्तो अवस्था देखिन्छ," टिचिङ अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले भने।"प्रदूषण पनि छ, तुवाँलो लागेको छ र घाम पनि पर्याप्त देख्न सकिएको छैन। यस्तोमा खासगरी श्वासप्रश्वासबाट बढ्ने भाइरल सङ्क्रमण र ब्याक्टेरियाको सङ्क्रमण बढेको छ।"

डिसेम्बर लागेपछिको समय हिउँद मानिने भए पनि मनसुनपछिको एक महिनाभित्रै अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेको पाइएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।"तर तराईमा कडा शीतलहर सुरु हुने वा अझै तापक्रम घट्ने खास अवस्था अझै सुरु नै भएको छ।" शनिबार राजधानी काठमाण्डूमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सिअर थियो भने शुक्रवार ६.५ डिग्री सेल्सिअस मापन गरिएको थियो।

स्वास्थ्यमा चिन्ता
प्रदूषण र चिसो मिसिएको समयमा धूँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो, डडिनोजस्ता भाइरसहरूको सङ्क्रमण बढ्ने डा बम बताउँछन्।"अहिले अस्पताल आउने धेरैजसोमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकहरू छन्। उनीहरूमा भाइरल सङ्क्रमण बढेको पाइन्छ," उनले भने। "यस्तो बेला रोग प्रतिरोधी क्षमता कमजोर भएका बिरामीहरू थप जोखिममा हुन्छन्।"

Hardik health

प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा क्यान्सरका बिरामी, कलेजोका बिरामी, मृगौलाको डायलासिस गराइरहेका बिरामी, अक्सिजन लिइराखेका दीर्घ खालका दमका बिरामी, गर्भवती, सुगरका बिरामी, मुटु रोगका बिरामी, स्ट्रोक तथा पक्षघात भएर बसेकाहरू पर्ने बताइन्छ।

"टिचिङ अस्पतालमा पछिल्लो एक साताजतिमा सबैभन्दा धेरै भर्ना हुने भनेकै दीर्घकालका श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू छन्," डा बम भन्छन्।"सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गर्ने, सामाजिक दूरी कायम गर्ने, धूलोधूँवा एकदमै धेरै भएकाले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ। यस्तो समयमा पोषणयुक्त खानेकुरा निकै खान आवश्यक छ। खाइरहेका दीर्घ रोगका औषधि टुटाउनु हुँदैन।"चिकित्सकहरू सकेसम्म बिहानै वा राती चिसोमा बाहिर हिँडडुल नगर्न र जेष्ठ नागरिकहरूलाई सबेरै चिसो पानीले ननुहाउन सुझाउँछन्।

चिसो निकै बढेको हो?
चिसो अचाक्ली बढेको अवस्था नरहे पनि न्यूनतम तापक्रम भने तीव्र गतिमा घटिरहेको देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरू बताउँछन्। "यो बेला अधिकतम र न्यूनतम तापक्रम दुवै बिस्तारै घट्दै जाने नै हो," विभागका मौसमविद् अधिकारी भन्छन्, "लामो समयको औसतको तुलनामा यतिखेरको तापक्रम बरु केही बढ्ता छ।"

मौसमविद् अधिकारीले आउँदो साता अधिकतम र न्यूनतम तापक्रम थप घट्न थाल्ने देखिएको बताए पनि त्यसलाई "असामान्य" भन्न भने नमिल्ने बताउँछन्। नोभेम्बर १ मा अधिकतम तापक्रम २१ डिग्री सेल्सिअस हुँदा न्यूनतम तापक्रम १४-१५ डिग्री सेल्सिअस रहेको थियो। नोभेम्बर १० तिर न्यूनतम तापक्रम १०-१२ डिग्री सेल्सिअसतिर झरे तापनि अधिकतम भने बढेर २३ डिग्री सेल्सिअस पुगेको थियो।

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय
डढेलो, चर्को गर्मी र अचानक बाढी - किन मौसमका रेकर्डहरू भङ्ग भइरहेका छन्? नोभेम्बर १५ तारिखमा न्यूनतम ८-१० डिग्री सेल्सिअस पुगेको थियो भने अधिकतम २० डिग्री सेल्सिअस पुगेको देखिन्छ। २० तारिखमा न्यूनतम ९-११ डिग्री सेल्सिअस तापक्रम पुगेको थियो भने अधिकतम २० डिग्री सेल्सिअसकै आसपास थियो। त्यस्तै २५ तारिखमा न्यूनतम तापक्रम ७-९ डिग्री सेल्सिअस थियो भने अधिकतम १९ डिग्री सेल्सिअस थियो।

सुख्खा याममा प्रदूषित वायुमण्डल
चौबीस घण्टाको अवधिमा दिउँसो १-२ बजे आसपास अधिकतम तापक्रम मापन गरिन्छ भने सामान्य दिनमा मध्यरातपछिको समयमा न्यूनतम तापमान रेकर्ड हुने गरेको छ। "तराईमा भने चन्द्रगढी, विराटनगर, सिमरा, भैरहवाजस्ता ठाउँमा अझै ३० डिग्री सेल्सिअस आसपासमै छ। बादल लाग्दाका दिनमा अधिकतम तापक्रम पनि धेरै माथि जान पाउँदैन। न्यूनतम पनि खासै घट्दैन। आकाश खुला भएको दिनमा चिसो बढ्छ," मौसमविद् अधिकारी भन्छन्।

"तर तराईका प्राय: ठाउँमा हुस्सु र कुहिरो देखिन थालिसकेको अवस्था पनि छ।" सामान्यतः कुहिरोमा एक किलोमिटरसम्म पनि केही देखिँदैन। करिब पाँच किलोमिटरसम्म केही देखिने तर त्यसपछि केही पनि नदेखिने स्थितिलाई हुस्सु लागेको भनिन्छ।

सबैभन्दा सुख्खा महिनाका रूपमा नोभेम्बरलाई लिइन्छ। यस्तो अवस्थाको जोखिमबारे मौसमविद् अधिकारी भन्छन्, "पानी निकै कम पर्ने वा नपर्ने अवस्था भनेकै स्थिर वायुमण्डल हुने समय हो। यस्तोमा फोहोरहरू जम्मा भएर बसेको हुन्छ। डढेलो र आगलागी हुने पनि यही समय भएकाले वायुमण्डल थप दूषित पार्ने गर्छ।"

स्राेत:बीबीसी


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP