Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर ३, २०८२

 

पछिल्ला दिनमा उनले जे–जे गर्दै थिए, जे–जे भन्दै थिए, त्यसले हाम्रो शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने देखिएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।
पवन भट्टराई
प्रवक्ता, काठमाडौं प्रहरी परिसर

काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

सरकारका कर्तुतहरू नेपाली जनताले थाहा पाउनुपर्‍यो भनेर फेसबुकबाट भिडियो प्रसारण गर्नुभएको थियो । त्यही आधारमा पक्राउ गरेको हुन सक्छ । यो राज्यले मच्चाएको अशान्ति हो ।
प्रेमदीप थाम्सुहाङ
सचिव, नागरिक बचाउ महाअभियान

Ncell
Hardik health

हिंसा भड्काउने अभिव्यक्ति दिँदै आएका प्रसाईं सोमबार राति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका थिए । उनको समूहले घोषणा गरेको आन्दोलनको एक साताअघि नै उनी प्रहरी हिरासतमा पुगेका छन् । पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध आक्रामक देखिएका प्रसाईंले हिन्दूराष्ट्र पुनस्र्थापित गर्नुपर्नेदेखि संविधान नै खारेज गर्नुपर्नेसम्मका माग अघि सारेर आन्दोलन घोषणा गरेका थिए । उनी नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले यही मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेको थियो ।

आफूलाई भ्रष्टाचारविरोधी अभियानकर्मीको रुपमा चिनाउँदै आएका प्रसाईंले सोमबार साँझ जेन–जी विद्रोहको बेला ब्यारेक छाडेर भागेका प्रहरीविरुद्ध अमानवीय टिप्पणी गरेका थिए । प्रहरी र प्रहरी संगठनलाई होच्याउने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिमाथि सरकारले निगरानी राख्दै आएको थियो ।  हालै बसेको सुरक्षा समितिको बैठकले उनको आन्दोलनले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती निम्त्याउन सक्ने निष्कर्ष निकालेको थियो । उनले हिंसा भड्काउने, सार्वजनिक शान्तिमा खलल पु¥याउने र मानिसहरूलाई उक्साउने गरेको भन्दै नियन्त्रणमा लिनुपर्ने सुरक्षा निकायका नेतृत्वहरूको राय थियो । सोही आधारमा प्रसाईं पक्राउ परेका हुन् ।

प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । उनले प्रभावसँग भने, ‘पछिल्ला दिनमा उनले जे–जे गर्दै थिए, जे–जे भन्दै थिए, त्यसले हाम्रो शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने देखिएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’ प्रसाईंले सोमबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको समेत आलोचना गरेका थिए । आफ्नो घरबाट प्रहरीले पर्चा बरामद गरेको भन्दै प्रहरी र प्रहरी संगठनविरुद्ध उनले हिंसाप्रेरित अभिव्यक्ति दिएका थिए ।

आफ्नो फेसबुकमा सोमबार नै एक भिडियो सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार गठन र जेन–जी विद्रोहलाई विदेशीको आडमा भएको भयानक खेल भनेका थिए । जेन–जी विद्रोहलाई खुलेरै समर्थन गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध प्रसाईंले पटक–पटक अभिव्यक्ति दिए । जेन–जी अभियन्ता तथा हामी नेपालका सुदन गुरुङ पनि उनको निशानामा परे ।

यसरी जेन–जी समर्थित कार्की सरकार, प्रहरी र जेन–जी अगुवाहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिने प्रसाईं पक्राउ परेका हुन् । उनी नेतृत्वको महाअभियानले मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्‍यो । महाअभियानका सचिव प्रेमदीप थाम्सुहाङले प्रसाईंलाई पक्राउ गरेर राज्यले अशान्ति मच्चाएको आरोप लगाए । 
‘सरकारका कर्तुतहरू नेपाली जनताले थाहा पाउनुप¥यो भनेर फेसबुकबाट भिडियो प्रसारण गर्नुभएको थियो । त्यही आधारमा पक्राउ गरेको हुन सक्छ,’ थाम्सुहाङले प्रदर्शनलाई सम्बोधन गर्दै भने, ‘यो राज्यले मच्चाएको अशान्ति हो ।’ महाअभियानका संयोजक प्रसाईंले दिएको अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल नपुग्ने भन्दै उनीमाथि लागेको आरोप थाम्सुहाङले खारेज गरिदिए । प्रसाईं पछिल्लोपटक गत वर्षको १५ चैतमा राजसंस्था पक्षधरले काठमाडौंमा गरेको प्रदर्शनपछि पक्राउ परेका थिए । त्यसबेला उनी लामो समय प्रहरी हिरासत बस्नुप¥यो । अदालतले धरौटीमा छाड्न दिएको आदेशले उनी छुटे । यसपटक कति दिन हिरासत बस्ने हुन् ? टुंगो छैन । यदि, उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा दोषी ठहरिए प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन् । 

निर्वाचन आयोगमा प्रसाईं समर्थित ‘नागरिक बचाउ’ दल दर्ताको निवेदन परेको छ । दलको सभापतिको रुपमा माधव खतिवडालाई अघि सारिएको छ । प्रसाईं भने दलको कुनै पदीय जिम्मेवारीमा छैनन् । तर, खतिवडाले नागरिक बचाउ दललाई प्रसाईंको समर्थन रहेको र उनको अगुवाइमा दल दर्ताको निवेदन दिएको बताइसकेका छन् । 

प्रसाईं अघिल्लो सातामात्रै भारतबाट स्वदेश फर्किएका हुन् । घोषित आन्दोलनमा भारतीय संस्थापनपक्ष र हिन्दूवादीहरूको समर्थन जुटाउने उनी भारत गएको विवरण सार्वजनिक भएको थियो । तर, उनलाई भारतीय संस्थापनपक्षले समर्थन त के अध्यागमनमा केरकार ग¥यो । उनको आन्दोलनलाई भारतको समर्थन भनेर प्रचार नगर्न चेतावनी दियो । यसपछि नेपाल फर्किएका प्रसाईं सरकारविरोधी अभिव्यक्ति दिँदा पक्राउ परेर हिरासत पुगेका हुन् ।


 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:२३
#दुर्गा प्रसाईं
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP