Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, मंसिर ३, २०८२

 

पछिल्ला दिनमा उनले जे–जे गर्दै थिए, जे–जे भन्दै थिए, त्यसले हाम्रो शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने देखिएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।
पवन भट्टराई
प्रवक्ता, काठमाडौं प्रहरी परिसर

काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

सरकारका कर्तुतहरू नेपाली जनताले थाहा पाउनुपर्‍यो भनेर फेसबुकबाट भिडियो प्रसारण गर्नुभएको थियो । त्यही आधारमा पक्राउ गरेको हुन सक्छ । यो राज्यले मच्चाएको अशान्ति हो ।
प्रेमदीप थाम्सुहाङ
सचिव, नागरिक बचाउ महाअभियान

Hardik health

हिंसा भड्काउने अभिव्यक्ति दिँदै आएका प्रसाईं सोमबार राति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका थिए । उनको समूहले घोषणा गरेको आन्दोलनको एक साताअघि नै उनी प्रहरी हिरासतमा पुगेका छन् । पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध आक्रामक देखिएका प्रसाईंले हिन्दूराष्ट्र पुनस्र्थापित गर्नुपर्नेदेखि संविधान नै खारेज गर्नुपर्नेसम्मका माग अघि सारेर आन्दोलन घोषणा गरेका थिए । उनी नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले यही मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेको थियो ।

आफूलाई भ्रष्टाचारविरोधी अभियानकर्मीको रुपमा चिनाउँदै आएका प्रसाईंले सोमबार साँझ जेन–जी विद्रोहको बेला ब्यारेक छाडेर भागेका प्रहरीविरुद्ध अमानवीय टिप्पणी गरेका थिए । प्रहरी र प्रहरी संगठनलाई होच्याउने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिमाथि सरकारले निगरानी राख्दै आएको थियो ।  हालै बसेको सुरक्षा समितिको बैठकले उनको आन्दोलनले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती निम्त्याउन सक्ने निष्कर्ष निकालेको थियो । उनले हिंसा भड्काउने, सार्वजनिक शान्तिमा खलल पु¥याउने र मानिसहरूलाई उक्साउने गरेको भन्दै नियन्त्रणमा लिनुपर्ने सुरक्षा निकायका नेतृत्वहरूको राय थियो । सोही आधारमा प्रसाईं पक्राउ परेका हुन् ।

प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । उनले प्रभावसँग भने, ‘पछिल्ला दिनमा उनले जे–जे गर्दै थिए, जे–जे भन्दै थिए, त्यसले हाम्रो शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने देखिएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’ प्रसाईंले सोमबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको समेत आलोचना गरेका थिए । आफ्नो घरबाट प्रहरीले पर्चा बरामद गरेको भन्दै प्रहरी र प्रहरी संगठनविरुद्ध उनले हिंसाप्रेरित अभिव्यक्ति दिएका थिए ।

आफ्नो फेसबुकमा सोमबार नै एक भिडियो सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार गठन र जेन–जी विद्रोहलाई विदेशीको आडमा भएको भयानक खेल भनेका थिए । जेन–जी विद्रोहलाई खुलेरै समर्थन गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध प्रसाईंले पटक–पटक अभिव्यक्ति दिए । जेन–जी अभियन्ता तथा हामी नेपालका सुदन गुरुङ पनि उनको निशानामा परे ।

यसरी जेन–जी समर्थित कार्की सरकार, प्रहरी र जेन–जी अगुवाहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिने प्रसाईं पक्राउ परेका हुन् । उनी नेतृत्वको महाअभियानले मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्‍यो । महाअभियानका सचिव प्रेमदीप थाम्सुहाङले प्रसाईंलाई पक्राउ गरेर राज्यले अशान्ति मच्चाएको आरोप लगाए । 
‘सरकारका कर्तुतहरू नेपाली जनताले थाहा पाउनुप¥यो भनेर फेसबुकबाट भिडियो प्रसारण गर्नुभएको थियो । त्यही आधारमा पक्राउ गरेको हुन सक्छ,’ थाम्सुहाङले प्रदर्शनलाई सम्बोधन गर्दै भने, ‘यो राज्यले मच्चाएको अशान्ति हो ।’ महाअभियानका संयोजक प्रसाईंले दिएको अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल नपुग्ने भन्दै उनीमाथि लागेको आरोप थाम्सुहाङले खारेज गरिदिए । प्रसाईं पछिल्लोपटक गत वर्षको १५ चैतमा राजसंस्था पक्षधरले काठमाडौंमा गरेको प्रदर्शनपछि पक्राउ परेका थिए । त्यसबेला उनी लामो समय प्रहरी हिरासत बस्नुप¥यो । अदालतले धरौटीमा छाड्न दिएको आदेशले उनी छुटे । यसपटक कति दिन हिरासत बस्ने हुन् ? टुंगो छैन । यदि, उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा दोषी ठहरिए प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन् । 

निर्वाचन आयोगमा प्रसाईं समर्थित ‘नागरिक बचाउ’ दल दर्ताको निवेदन परेको छ । दलको सभापतिको रुपमा माधव खतिवडालाई अघि सारिएको छ । प्रसाईं भने दलको कुनै पदीय जिम्मेवारीमा छैनन् । तर, खतिवडाले नागरिक बचाउ दललाई प्रसाईंको समर्थन रहेको र उनको अगुवाइमा दल दर्ताको निवेदन दिएको बताइसकेका छन् । 

प्रसाईं अघिल्लो सातामात्रै भारतबाट स्वदेश फर्किएका हुन् । घोषित आन्दोलनमा भारतीय संस्थापनपक्ष र हिन्दूवादीहरूको समर्थन जुटाउने उनी भारत गएको विवरण सार्वजनिक भएको थियो । तर, उनलाई भारतीय संस्थापनपक्षले समर्थन त के अध्यागमनमा केरकार ग¥यो । उनको आन्दोलनलाई भारतको समर्थन भनेर प्रचार नगर्न चेतावनी दियो । यसपछि नेपाल फर्किएका प्रसाईं सरकारविरोधी अभिव्यक्ति दिँदा पक्राउ परेर हिरासत पुगेका हुन् ।


 


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १०:२३
#दुर्गा प्रसाईं
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाशुपत क्षेत्रमा शतबीज छरियो
पाशुपत क्षेत्रमा शतबीज छरियो बुधबार, मंसिर ३, २०८२
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री बुधबार, मंसिर ३, २०८२
विश्‍व शौचालय दिवस मनाउँदै
विश्‍व शौचालय दिवस मनाउँदै बुधबार, मंसिर ३, २०८२
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP