Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  •  हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १९, २०८२

काठमाडौं– फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आएका  छन् । 

चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र अन्तरराष्ट्रिय रूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो । उनले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरुले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उनका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तरराष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।

नेपालसँग उनको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उनले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’को रूपमा लिएका छन् । केही वर्षयता खासगरी तराई/मधेसमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुची राख्न थालेका एरिक यसलाई नेपालको अर्को विशिष्ठ पर्वको रुपमा अथ्र्याएका छन् ।  यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैँ प्रेरित भएका बताउने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आएका छन् । यसै सन्दर्भमा उन नेपाल आएको समय पारेर उनीसँग भीष्मराज ओझा र सिर्जना राईले गरेकाे कुराकानी:

तपाइँ लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ ।  नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो ? यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?
नेपाल मेरो ‘लभ एट फ्रस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ ।  बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु । 

Hardik health

यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरु र ती घरहरु पछाडि देखिने अद्भूत हिमालहरुको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फ्रस्ट साइट’ बन्यो नेपाल ।  

म फ्रान्सेली नागरिक हुँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अदभूत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरु नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभुूति सधैँ रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ । 

तपाईको फिल्म ‘क्याराभान’ छायाङ्कन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ? 
डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकी विदेशीका लागि डोल्पा निषेधित जस्तो थियो । म डोल्पा पुग्ने बित्तिकै मैले जिन्दगीको अविष्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरेँ किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो ।  मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसे, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।    

मैले उनलाई चलचित्रहरु देखाएको थिएँ, उनले मलाई “डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?” भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु गर्‍याैँ । डोल्पावासीहरुको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुङ्गाबाट बनाइएका घरमा बस्ने उनीहरु आफैँले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरुको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरु निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । 

नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल ।     डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाँउ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरेँ । म अझै पनि उनीहरुसँग सम्पर्कमा छु ।

 एउटा प्रसङ्ग सुनाइहालौँ । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन जुत्ता बनाउने स्थानीयसँग आग्रह गरेँ । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भने, 'यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु ।' मैले शुल्क सोधेपछि उनले भने, 'चालिस पाथी पिठो दिनुहोस् ।' मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरेँ । उनले भनेका थिए, 'तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देउ ।' अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरु बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे । 

यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?
पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरु देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरुले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखेँ । गउँहरु रित्तिएका छन् । गाउँमा वृद्धहरु मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरु विदेश पलायन मुख्य समस्याका रुपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला ! यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।

विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?
म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरेँ । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु ।  यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ । 

साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, “हाम्रो संस्कृति पनि हिऊँ जस्तो बिलाउँदैछ”, मैले जवाफमा भनेको थिएँ, “फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ ।” अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो । 

नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरु विश्व समुदायमा पुर्‍याउनका लागि तपाईकोे सुझाव के छ ? नवनिर्देशकहरुले ध्यान दिनुपर्ने विषयहरु के हुन् ?
हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तरराष्ट्रिय दर्शकसम्म कसरी पुर्याउने भन्नेमा पनि उतिकै सचेत थिए । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सिमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट)  पुस्तागत द्वन्द्व र सङ्घर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भब भएको हैन । समुदायबाटै  पात्र छनोट  काम पनि महत्वपुर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो । 

हो, लोकल कथालाई अन्तरराष्ट्रिय दर्शकसम्म पुर्‍याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन होला । म स्वयंलाई ओस्कारमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहेनत गरेँ, मिहेनतले त्यहासँम्म पुर्‍यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनाैँ । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक  कथा थियो । किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो । 
तपाईका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पार्‍यो होला जस्तो लाग्दछ ? पर्यटन विकासमा टेवा पुर्‍याउन केही सुझाव छ ?
मलाई मेरा फिल्महरुले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ ।  र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैँले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्याउन, प्रचार प्रसारको काम गरे । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरुसँग काम गर्नुपर्छ, जुन निकै महङ्गो हुन्छ । । नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवर्द्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र ओस्कार अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सदभाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरुको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ ।


 

 


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै
मुग्लिन- मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै सोमबार, मंसिर २२, २०८२
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन
टुप्चेश्‍वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी संकलन सोमबार, मंसिर २२, २०८२
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’
पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’ आइतबार, मंसिर २१, २०८२
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण आइतबार, मंसिर २१, २०८२
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP