Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • आगामी नेतृत्वको चर्चामा जो छन्...
सुशीला कार्की, बालेन्द्र साह, कुलमान घिसिङ, सागर ढकाल लगायतको नाम चर्चामा आगामी नेतृत्वको चर्चामा जो छन्...
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ २६, २०८२

काठमाडौं– पछिल्लो घटनाक्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनको कसरत जारी छ । जेन-जी समूह आफ्नो नेतृत्वमा अन्तरिम सरकार गठन गर्न लागिपरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि आह्वान गरेकाले आन्दोलनरत पक्षलाई वार्तामा सहभागी गराउन नेपाली सेनाले मध्यस्थता गरिरहेको छ । विकसित राजनीतिक घटनाक्रमलाई आधार मान्दा गैरदलीय अर्थात् नागरिक सरकार बन्ने सम्भावना बढेको छ । यस्तोमा अन्तरिम सरकारको नेतृत्वमा को हुने ? टुंगो लागेको छैन ।  तर, बुधबार दिउँसो भएको जेन–जी आन्दोलनकारीहरूबीचको ‘भर्चुअल’ बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ । उनी मंगलबार जेन–जी आन्दोलन उग्र बन्दा सडक मोर्चामा थिइन् ।  नेपालको सात दशक लामो न्यायालयको इतिहासमा प्रधानन्यायाधीश बनेकी एक्ली महिला कार्की हुन् । उनको श्रीमान् दुर्गा सुवेदी प्रजातान्त्रिक आन्दोलनका शीर्ष योद्धा हुन्, जो पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्‍याउन भारतीय ३० लाख रुपैयाँ बोकेको नेपाल एयरलाइन्सको जहाज अपहरणकर्तामध्येका थिए । 

कार्की पनि प्रजातान्त्रिक आन्दोलनसँग जोडिएकी थिइन् । ७३ वर्षीया उनी मोरङको विराटनगरकी हुन् । २०३५ सालको चैत मध्यतिरदेखि न्याय सेवामा जोडिएकी उनी १६ असार २०७३ मा नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् । ११ महिना प्रधानन्यायाधीश हुँदा र न्यायाधीश हुँदा उनले गरेको धेरै फैसला चर्चित बन्यो ।  उनको इजलासले तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई जेल पठाउने आदेश सुनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रस्तावित लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्ने निर्णय सुनाएकी थिइन् ।  जयबहादुर चन्दलाई नियुक्त गर्ने प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय पनि बदर गरेकी थिइन् । माओवादी द्वन्द्वको बेला काभ्रेको १५ वर्षीया बालिका मैना सुनारलाई बलात्कार गरी सेनाले हत्या गरेको प्रकरणमा संलग्नलाई जेल पठाएकी थिइन् । 

Hardik health

न्यायाधीश र प्रधानन्यायाधीश हुँदा गरेको फैसलाले चर्चित उनलाई भ्रष्टाचारविरुद्ध निर्मम न्यायमुर्तिको रूपमा चित्रण गरिएको थियो । प्रधानन्यायाधीश भएकै बेला उनले महाभियोग प्रस्ताव सामना गर्नुपरेको थियो ।  २०७५ पछि उनी सरकारको आलोचनामा उत्रिइन् । खासगरी नागरिक स्वतन्त्रता र भ्रष्टाचारविरुद्धमा उनको आवाज खरो सुनियो । जेन–जी पुस्ताका नवजवानहरूले सरकारविरुद्ध विद्रोहको तयारी गर्दा उनले भ्रष्टतन्त्रको अन्त्य गर्न विद्रोह औचित्यपूर्ण हुने बताएकी थिइन् । सोमबार १९ जना जेन-जीको प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएपछि मंगलबार उनी सडकमा उत्रिएकी थिइन् । देशव्यापी भएको आन्दोलनले अन्ततः घुँडा टेकेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अपराह्न २ बजेतिर राजीनामा दिएर शिवपुरीस्थित नेपाली सेनाको ब्यारेकमा पुगे । यसपछि सरकारविहीनताको स्थितिमा देश गुज्रिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नै जेन-जी पुस्तालाई वार्तामा आह्वान गरेको छ । देशमा सुरक्षाको जिम्मा लिएको नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले आन्दोलनकारी शक्ति जेन–जीसँग वार्ता थालेको छ । त्यसअघि जेन-जीहरूले ‘भर्चुअल’ बैठक बस्दा सुशीलाको नाम अन्तरिम सरकारको प्रधानमन्त्रीको नाम आएको हो । उनको नाममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको समर्थन छ ।

कार्कीसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि जेन–जी समूहमा छलफल भएको छ । घिसिङ उज्यालो नेपाल अभियानका संयोजक हुन् । उनी ‘उज्यालो नायक’का रूपमा चर्चित छन् । उनलाई नेपालमा १८ घण्टा लामो लोडसेडिङ अन्त्यको श्रेय जाने गरेको छ ।  लोडसेडिङका बेला डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् प्रयोग गरेका उद्योगीहरूले तिर्न बाँकी महसुल उठाउन जोड्बल गर्दा कुलमानलाई ओली सरकारले बर्खास्त गरेको थियो । अहिले पनि उनको पक्षमा ठूलो जनसमर्थन छ । यतिबेला देश सत्ता शून्यताको स्थितिमा छँदा उनको नाम पनि अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा छलफलमा आएको हो ।   कार्की र घिसिङपछि सागर ढकालको नाम पनि प्रधानमन्त्रीको रूपमा छलफलमा आएको छ । ढकाल गत आम चुनावमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धी थिए । बीबीसी नेपाली सेवाको चर्चित कार्यक्रम साझा सवालमा देउवालाई प्रश्न गरेर उनी चर्चामा आएका युवा हुन् ।

तर, देउवासँग चुनाव लडेपछि लामो समय उनी राजनीतिमा झण्डै तीन वर्ष निष्क्रिय रहे । पछिल्ला दिनमा जेन-जी विद्रोह सडकमा प्रकट हुँदा विद्रोहलाई समर्थन गरेका थिए । उनै ढकालको नामबारे पनि प्रधानमन्त्रीका रूपमा छलफल भएको हो ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP