Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
‘स्टालिनपथ’मा ओली, विरोधीको राजनीतिक ‘सफाया’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, भदौ २२, २०८२

 

उहाँ (कर्ण थापा) आफ्नो ग्रुपमा जानुहुन्छ, यहाँनिर बोल्नु आवश्यक छैन, उहाँले ‘कन्भिन्स’ गर्ने मलाई नै हो । उहाँ र म तीन घण्टा बसेको अस्ति राति ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलना ‘स्टालिन’सँग हुने गरेको छ । पछिल्लो केन्द्रीय कमिटी बैठकपछि पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे बारम्बार ओलीलाई स्टालिनसँग दाँज्छन् । 

स्टालिन तत्कालीन सोभियत संघका सर्वोच्च नेता हुन् । उनले पार्टीका १३९ सदस्यमध्ये आफ्ना विरोध गर्ने ९३ जनाको हत्या गराएका थिए । उनै क्रुर, निरंकुश र तानाशाही प्रवृत्तिका शासक स्टालिनसँग ओलीको तुलना हुने गरेको छ ।  खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका लागि पार्टी राजनीतिमा ढोका बन्द गरेपछि यति चर्को टिप्पणी भएको हो । ओलीलाई पार्टीमा फरक मत राख्ने र उनको कार्यशैलीलाई लिएर आलोचना गर्ने जो कोही नेताको राजनीति नै समाप्त पार्ने गरेको आरोप छ । विरोधीको जरै उखेल्ने प्रवृत्ति ओलीमा देखिन्छ ।

Hardik health

कम्युनिस्ट पार्टीमा फरक मतलाई स्थान दिइन्छ, बर्जित गरिँदैन । त्यसका लागि पुष्पलाल श्रेष्ठ, डा. केशरजंग रायमाझी, तुलसीलाल, मनमोहन अधिकारीको फरक राजनीतिक प्रस्ताव हेरे पुग्छ । तर अहिले एमालेमा त रोकेको देख्छु, बरु लोकतन्त्र नै छैन भने भयो नि !
प्रा.डा. लोकराज बराल
राजनीतिशास्त्री

ललितपुरको गोदावरीस्थित सन्राइज हलमा जारी विधान महाधिवेशनमा पनि स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई ओलीले निषेध गरिदिएका छन् । कार्यसूचीबाटै थापाको फरक मतलाई ओलीले हटाइदिए । जबकि, फरक मत राख्न थापा ३० मिनेटसम्म हलमा उभिए । यसअघि ३२ पृष्ठ लामो उनको फरक मत केन्द्रीय कार्यालयमा दर्ता गरिएको थियो, जहाँ पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन प्रतिबन्ध गरे पार्टीका लागि प्रत्युत्पादक हुने थापाको निष्कर्ष थियो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको उल्लेख थियो । सोही फरक मतलाई ओलीले जारी विधान महाधिवेशनमा बन्देज लगाएका हुन् ।

ओलीले भने थापाले आफूलाई ‘कन्भिन्स’ गर्न नसकेको बताएका छन् । थापासँग तीन घण्टा छलफलसमेत बसेको भन्दै अब समूहगत छलफलमा फरक मत लैजान भनिएको बताए । ओलीको भनाइ उद्धृत गर्दै महाधिवेशनमा सहभागी एक नेताले प्रभावसँग भने, ‘उहाँ (थापा) आफ्नो ग्रुपमा जानुहुन्छ, यहाँनिर बोल्नु आवश्यक छैन, उहाँले कन्भिन्स गर्ने मलाई नै हो । उहाँ र म तीन घण्टा बसेको अस्ति राति ।’

पूर्वराष्ट्रपति भण्डारीको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तयार गरेको राजनीतिक प्रस्तावलाई पनि ओलीले बन्देज गरेका थिए । महासचिव शंकर पोखरेलमार्फत भण्डारीको पक्षमा वकालत नगर्न महाधिवेशन प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए । उसो त विगत हेर्दा ओली पार्टीभित्रका आफ्ना आलोचकलाई निमिट्यान्न पार्न चाहन्छन् । त्यस्तै परे पार्टीबाटै हटाइदिन्छन् ।  उनले आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाइदिए । पार्टी निर्णयविपरीत बोलेको भन्दै विन्दा पाण्डे, उषाकिरण तिमल्सिेना लगायतमाथि कारबाहीको डण्डा चलाए । कतिपय नेतालाई भूमिकाविहीन बनाए । यी घटनाक्रमले एमालेमा फरक मतलाई पूर्णतः निषेध गरिएको पुष्टि गर्छ ।

नेतृत्वमा प्रतिस्पर्धीविहीनजस्तै देखिएका ओली तेस्रोपटक अध्यक्ष बन्ने बाटोमा छन् । जारी विधान महाधिवेशनले उनलाई फेरि अध्यक्ष हुन मार्गप्रशस्त गर्दै छ । त्यसका लागि उपाध्यक्ष विष्णु पौडेलले शनिबार विधान संशोधन प्रस्ताव पेस गरेको छ, जहाँ अध्यक्षका लागि उमेर हद हटाइएको छ । दुई कार्यकालको प्रावधान पनि संशोधन विधानको प्रस्तावमा छ । विधान महाधिवेशनमा सहभागी पोलिटब्युरो सदस्य महेश बस्नेतले भनेका छन्, ‘७० वर्षको उमेर हद हटाइयो । यसअघि विधानमा रहेको तर कार्यान्वयन नभएको प्रावधान पूर्णरूपमा खारेज ।’ एमालेमा ओली सर्वेसर्वा छन् । महाधिवेशन भए चुनौती दिन सक्ने भनेकै पूर्वराष्ट्रपति भण्डारीलाई हेरिएको थियो । तर, पछिल्लो केन्द्रीय कमिटी बैठकमार्फत उनलाई एमाले राजनीतिमा प्रतिबन्ध लगाइदिए । अब, पार्टी महाधिवेशन हुँदा उनीसँग अध्यक्षमा भिड्ने नेताका रूपमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई हेरिएको छ । भण्डारीको कित्तामा उभिएर उनले ओलीका पछिल्ला हरेक कदमको आलोचना गर्दै आएका छन् । यो ओलीलाई मन परेको छैन । त्यसको छाया विधानमासमेत देखिने भएको छ ।

विधानमा अबदेखि ‘वरिष्ठ उपाध्यक्ष’ नै नराखिने भएको छ । विधान महाधिवेशनमा सहभागी एक नेताका अनुसार पोखरेल खरो विरोधी बनेर आएपछि ओलीले उनको पद नै हटाइदिन लागेका हुन् । उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य पनि ओलीका कार्यशैलीको समर्थनमा छैनन् । उनीहरू ओलीका आलोचक नै हुन् । पूर्वराष्ट्रपति भण्डारीमाथि पार्टी राजनीतिमा गरिएको प्रतिबन्धप्रति अर्का उपाध्यक्ष रामबहादुर थापा पनि असन्तुष्ट देखिएका छन् । यसरी बहुसंख्यक उपाध्यक्ष आफ्नो कदमको विरुद्धमा उभिएपछि ओली विधानमै तीन उपाध्यक्ष राख्ने मनस्थितिमा छन् । सोहीअनुसार उपाध्यक्ष विष्णु पौडेलले उपाध्यक्षको संख्या जारी विधान महाधिवेशनमा प्रस्ताव गरेका छन् । यी आधारमा ओली विरोधीलाई तह लगाउने र आफूअनुकूल विधान बनाउने क्रममा छन् । यसलाई लिएर एमालेमा आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको राजनीतिशास्त्री प्रा.डा. लोकराज बरालको विश्लेषण छ । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीमा फरक मतलाई स्थान दिइन्छ, बर्जित गरिँदैन । वैचारिक मतभेदलाई स्वीकारिन्छ र त्यसका लागि पुष्पलाल श्रेष्ठ, डा. केशरजंग रायमाझी, तुलसीलाल, मनमोहन अधिकारीको फरक राजनीतिक प्रस्ताव हेरे पुग्छ तर अहिले एमालेमा त रोकेको देख्छु, यसे त लोकतन्त्र नै छैन भने भयो नि !’

यसअघि ओलीले माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई एमालेबाट बाहिरिन बाध्य पारेको आरोप लाग्दै आएको छ । सोही कारण ओलीलाई विरोधी नेताहरूको राजनीतिक ‘सफाया’ गर्ने नेतृत्वका रूपमासमेत टिप्पणी गरिँदै आएको छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP