Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नामुद मिर्गौला तस्कर प्रहरीको फन्दामा
मुख्य नाइकेसहित सात जना समातिए, १० लाखमा बेच्थे मिर्गौला नामुद मिर्गौला तस्कर प्रहरीको फन्दामा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, भदौ १६, २०८२

काठमाडौं- कम्तीमा १०० जना सोझासीधा नेपालीलाई भारत लगेर उनीहरूको मिर्गौला लाखौं भारतीय रुपैयाँमा बेचेको आपराधिक घटनाको मुख्य नाइके श्यामकृष्ण भण्डारी प्रहरी हिरासत पुगेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनी हालसम्मकै ठूला मिर्गौला तस्कर हुन् ।

पाँच वर्षदेखि उनी काठमाडौं आसपासका जिल्लाका विपन्न र सोझासीधा नेपालीलाई विभिन्न प्रलोभनमा भारत लगेर मिर्गौला बेच्ने आपराधिक गिरोहका नाइकेका रूपमा सक्रिय थिए । भण्डारी स्वयंले २५ जनाको मिर्गौला बेचेको प्रहरीसँग स्वीकारेका छन् । एक जनाको मिर्गौला उनले भारतीय रुपैयाँ १० लाखसम्ममा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का ३८ वर्षीय उनलाई ब्युरोबाट खटिएको टोलीले कञ्चनपुरको नेपाल-भारत सीमावर्ती क्षेत्रबाट शनिबार पक्राउ गरेको हो । उनलाई आइतबार सार्वजनिक गर्दै ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीले ‘अप्रेसन लाइफ शिल्ड’अन्तर्गत उनी पक्राउ परेको बताए ।

पंगेनीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा भण्डारी स्वयंले भारत पुगेर मिर्गौला बेच्न चाहेको खुलेको छ । पंगेनीले भने, ‘भण्डारी आफ्नै किड्नी बेच्न भनेर भारत गएका रहेछन् तर डोनर (दिने) र रिसिभर (लिने)बीच मिल्नुपर्ने धेरै फ्याक्टर नमिलेपछि उनले किड्नी बेचेन छन् ।’ आफ्नो मिर्गौला बेच्ने स्थिति नभएपछि उनी मिर्गौला बेच्ने धन्दामा सक्रिय भए । उनको यस्तो आपराधिक धन्दाको पर्दाफास भएको सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलको मिर्गौला तस्करी प्रकरणले हो । भुजेलले ब्युरोमा मिर्गौला तस्करी भएको भन्दै गत १९ साउनमा उजुरी दिए । अन्य चार जना पीडितको पनि यस्तै प्रकृतिको उजुरी पुर्याे । ब्युरोका एसपी नरेन्द्र कुँवरका अनुसार यो असामान्य घटना थियो । त्यही भएर ब्युरोले ‘अप्रेसन लाइफ शिल्ड’ चलायो ।

Hardik health

उजुरी परेको भोलिपल्टै मिर्गौला तस्करी प्रकरणमा तीन जना पक्राउ परे । उनीहरू थिए– राकेश नेपाली, समीर नेपाली र कुमार भनिने राजकुमार नेपाली । उनीहरूको पक्राउको समाचार सार्वजनिक भएलगत्तै तस्करहरूले मिर्गौला तस्करी गर्नै लागेका नौ जना नेपालीलाई भारतबाट नेपाल फिर्ता पठाए । यसपछि चलाइएको अप्रेसन लाइफ शिल्डअन्तर्गत ब्युरोको टोलीले एक साता दिल्ली बसेर अनुसन्धान गर्याे। एक देशका नागरिकको अर्को देशमा मिर्गौला तस्करी अन्तरदेशीय अपराध हुनाले ब्युरोको टोलीले भारतीय प्रहरीसँग तस्करीका मुख्य आरोपी भण्डारीसमेतको खोजीका लागि सहकार्य गरेको थियो । सोही क्रममा भण्डारीसँगै उनका सहयोगी सुजन भारती एकै दिन पक्राउ परे ।  उनीहरू दुवै दिल्लीको लाजपत नगरमा बस्दै आएका थिए । तर, भण्डारी कञ्चनपुर र भारती वीरगञ्जबाट पक्राउ परेका हुन् । आइतबार भने यही प्रकरणमा सविन पन्त र राजकुमार तामाङ पक्राउ परेको ब्युरोका एसपी कुँवरले प्रभावलाई बताए । 

भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र नाम थाहा नभएका विभिन्न क्लिनिकका कर्मचारी तथा एजेण्टसँग समन्वय गरी नेपालीको मिर्गौला झिकेको प्रहरी दाबी छ । त्यसअघि भने उनले मिर्गौला प्रत्यारोपण गर्ने दिल्लीका अस्पतालसँग सम्पर्क गर्ने गरेको खुलेको छ । अस्पतालले मिर्गौलाको माग गरेपछि नेपालबाट भारतमा मान्छे लगेर मिर्गौला झिकेर बेच्ने गरेको पाइएको हो ।  एसएसपी पंगेनी तस्करहरूले सोझासीधा नेपालीलाई फकाएर मिर्गौला दिन तयार पार्नेबारे भन्छन्, ‘एउटा किड्नी दिँदैमा मानिस मर्दैन, स्वास्थ्यमा कुनै असर गर्दैन र छ लाख रुपैयाँसम्म पाउँछौं भन्ने रहेछन् ।’ त्यसका लागि भण्डारीले नेपाल र भारतमा टिम नै परिचालन गरेको खुलेको छ । 

पंगेनीले भने, ‘नेपालमा मिर्गौला दिन मानिस खोजेबापत ५० हजार रुपैयाँ दिने रहेछ । त्यसपछि खोजिएका मानिसलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा राख्ने गरेको पाइयो ।’ त्यहाँ पुर्याएपछि भने विभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेण्ट, अस्पतालका कर्मचारी र डाक्टरहरूसँगको समन्वयमा मिर्गौला लिने र दिनेको नमूना परीक्षण गर्ने गरेको देखिएको ब्युरोले जानकारी दियो ।  सबै कुरा मिलेपछि तस्कर र अस्पतालका कर्मचारीले मिर्गौला झिक्नेको व्यक्तिको आँखामा पट्टी लगाई गाडीमा राखेर घुमाउँदै अज्ञास्थलमा लैजाने देखिएको छ । त्यसरी लगेपछि बेहोस् हुने सुई लगाएर अस्पताल पुर्याउने र मिर्गौला झिक्ने गरेको पाइएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरूले जनाएका छन् । त्यसपछि भने नेपाल फर्काइदिने गरेको पाइएको छ ।

भण्डारीको समूहको निशानामा काभ्रे, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका सोझासीधा मानिसहरू पर्दथे । हाल मानव बेचविखन तथा अनुसन्धान ब्युरोको सम्पर्कमा पाँच जना पीडित पुगेका छन् । बाँकी पीडितहरूको खोजी गरिरहेको ब्युरोले जानकारी दिएको छ । कानुनतः मिर्गौला लिने व्यक्ति पनि दोषी हुन्छन् तर लिनेहरू भारतीय नागरिक रहेका ब्युुरोको दाबी छ । सोही कारण मिर्गौला लिनेहरू पक्राउ परेका छैनन् । पक्राउ परेका मिर्गौला तस्करहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने भएको छ, जहाँ प्रचलित कानुनबमोजिमबाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यससँगै संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ । ब्युरो स्थापना स्थापना भएपछि हालसम्म १४ वटा मिर्गौला तस्करीका मुद्दा दर्ता गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP