Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • गुप्तापछि भूमि व्यवस्थामन्त्री अधिकारीको अडियो 
मन्त्री अधिकारीले ३२ लाख घुस लिएको दाबी  गुप्तापछि भूमि व्यवस्थामन्त्री अधिकारीको अडियो 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन १, २०८२
  • पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराउन घुस लिएको उल्लेख
  • छोरा मनोजले घुस लेनदेनको व्यवस्था गरेको उल्लेख
  • बिचौलियाका रुपमा आर्यन शर्मा र प्रकाश दाहाललगायत देखिए
  • आरोप पुष्टि गर्न मन्त्री अधिकारीको चुनौती

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । ११ मिनेट ४६ सेकेण्डको अडियोमा मन्त्री अधिकारीले पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने सर्तमा उक्त घुस लिएको दाबी गरिएको छ ।

मन्त्री अधिकारीका छोरा मनोजले घुस लेनदेनको व्यवस्थापन मिलाएको अडियोमा सुनिन्छ । यो तथ्यले मन्त्री अधिकारी र उनको परिवार गम्भीर भ्रष्टाचारजन्य कार्यमा लागेको देखिन्छ । यद्यपि, सार्वजनिक अडियोको वास्तविकता परीक्षण हुन बाँकी छ ।झोलामा हालेर मन्त्री अधिकारीलाई ३२ लाख रुपैयाँ र सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिइसकेका राजकुमार गुप्तालाई ३५ लाख रुपैयाँ घुस दिएको अडियोमा सुनिएको छ । तत्कालीन सचिव अर्जुन पोखरेललाई पनि पाँच लाख रुपैयाँ घुस दिइएको उल्लेख छ ।

अडियोलाई आधार मान्दा पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा लैजानका लागि यी तीनजनालाई दिइएको ७२ लाख रुपैयाँ घुसबाहेक थप खर्च पनि भएको छ । घुससँगै व्यक्तिको नाममा उक्त जग्गा पु¥याउन एक करोड ५० लाख रुपैयाँ खर्च गरिएको विवरण पनि अडियोबाट थाहा हुन्छ । तर, भूमि व्यवस्थामन्त्री अधिकारीले आफूले घुस कोहीबाट नमागेको दाबी गर्दै आएका छन् । उनले पुष्टि गर्न चुनौती नै दिएका छन् । यदि कसैले प्रमाणसहित पुष्टि गर्न सक्छन् भने कारबाही भोग्न तयार रहेको बताएका थिए ।

Hardik health

‘म मात्र होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबारलाई डिल गरेको रहेछ भने यथार्थ जानकारी ल्याइदिनुस्, कानुनी कारबाही भोग्न तयार छौं,’ मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘तर, अनावश्यक हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र बदनाम गराएर काममा अवरोध गर्ने कामतिर यहाँहरू नलाग्नको निम्ति अनुरोध गर्न चाहन्छु ।’

अडियोमा बोलिरहेका बिचौलियामध्ये एकले मन्त्री अधिकारीसँग हालसालै भएको भेटबारे चर्चा गरेका छन् । त्यहाँ उनले मन्त्री अधिकारीले ‘पहिला किन नआएको सुजन भाइ ?’ भनेको उल्लेख छ । उनले ‘भूमि आयोग कास्कीका अध्यक्ष खेम पुनको नाममा अडान लिएको हो भने म गर्थें नि’ भनेर विश्वस्त तुल्याउन खोजेको देखिएको छ ।उक्त अडियोमा चौतर्फी दबाब र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राजीनामा दिएका मन्त्री गुप्ताबारे पनि सुन्न सकिन्छ । उनीबारेको प्रसंगसहित उनकै आवाज पनि अडियोमा छ । गुप्ताले यो अडियोमा घुस डिलमा सचिवले तगारोको काम गरिदिएको कुरा पनि बोलेका छन् । 

नयाँ सचिव ल्याए पनि आफूलाई समस्या पारिरहेको कुरा अडियोमा गुप्ताले बोलेका छन् । यो अडियोमा कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारीको सरूवा र थमौतीको प्रसंग पनि छ । उक्त जग्गा व्यक्तिको नाममा ल्याउनका लागि निर्णायक भूमिकामा रहेका अधिकारीको सरूवा ठूलै मिहेनत गरेर मिलाइएको चर्चा गरिएको छ । बिचौलियाका रुपमा आर्यन शर्मा र प्रकाश दाहाललगायत देखिएका छन् । उनीहरूले मन्त्री अधिकारीका छोरामार्फत रामचन्द्रको सरुवा मिलाएको अडियोमा सुन्न सकिन्छ । रामचन्द्रको सरूवा मिलाएपछि उक्त जग्गा आफूहरूले चाहेअनुसार ल्याउन सकिने कुरामा उनीहरू आश्वस्त रहेको अडियोले पुष्टि गर्छ । 

अडियोमा बोलिरहेका एकजना बिचौलियाका अनुसार मन्त्री अधिकारीका छोरा मनोजले नै विदेशबाट फर्किएर घुसको रकम संकलन गरिरहेका हुन् । अधिकारी यसअघि न्युजिल्याण्डमा बस्ने गरेको भनिएको छ । बुबा मन्त्री भएपछि उनी त्यहाँबाट घुस संकलनको काम गरिरहेको पनि अडियोमा उल्लेख छ । बुधबार सार्वजनिक उक्त अडियोमा मंगलबार पदबाट राजीनामा दिएका एमाले सांसदसमेत रहेका गुप्ता, बहालवाला मन्त्री अधिकारी, उनका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका पूर्वसचिव अर्जुन पोखरेल र भूमि व्यवस्था तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकारीलाई मुछिएको छ । उनीहरू सबैजना उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराउन रचिएको घुस लेनदेनको चक्रमा जोडिएका र मुछिएका छन् । 

यसअघि २७ असारमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो । उनले मंगलबार राजीनामा दिए । गुप्ताले उक्त घुस लेनदेन प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि मुछेका थिए । अडियोमा मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाखसहित ७८ लाख रुपैयाँ घुस डिल गरेको कुरा सांसदहरूले उठाएका थिए । अन्ततः गुप्ताले मन्त्री पदबाट राजीनामा दिए । यता मन्त्री अधिकारीमाथि पनि पदबाट राजीनामा दिन दबाब परेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सत्तापक्षमात्रै होइन, विपक्षी सांसदहरूले घुस प्रकरणमा उनी पोलिएका कारण राजीनामा मागेका थिए ।
 


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP