Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • गैरकानुनी तवरले चन्दा संकलनमा रास्वपा
गैरकानुनी तवरले चन्दा संकलनमा रास्वपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असार १३, २०८२
  • रविका लागि कानुनी लडाइँ लड्न रास्वपा चन्दा संकलनमा
  • चन्दा ऐन २०३० अनुसार सरकारको पूर्वस्वीकृति नलिइकन चन्दा संकलन गर्नु गैरकानुनी 
  • रास्वपाले चन्दा संकलन गर्न सरकारसँग स्वीकृति लिएको छैन । 
     

काठमाडौं– प्रतिनिधिसभा सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोषी ठहरिए पदै गुम्नेगरिको गम्भीर मुद्दा सामना गरिरहेका छन् । भैरहवा कारागारमा रहेका रविविरुद्ध काठमाडौं, कास्की, चितवन, रुपन्देही र बाँकेमा सहकारी ठगी मुद्दा छ । कास्कीमा भने सम्पत्ति शुद्धीकरण मुद्दा पनि छ । 

कुनै पनि जिल्लाको अदालतमा मुद्दाको किनारा लागेको छैन । रवि एकैसाथ पाँच जिल्ला अदालतमा मुद्दा लडिरहेका छन् । यस्तोमा रविलाई मुद्दा लड्न खर्च अभाव भएको भन्दै उनको दल रास्वपाले चन्दा संकलन गरिरहेको छ । देश विदेशबाट रविका समर्थकले चन्दा दिइरहेका छन् । 

चन्दाकै लागि यही ७ असारमा भैरहवा कारागारबाट लामिछानेको सचिवालयबाट अपिल जारी भएको थियो । अपिलमा रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिँदै सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको दाबी गर्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । 

यसपछि रास्वपा नेता कार्यकर्ताले हस्ताक्षरसँगै चन्दा संकलन अभियान सँगसँगै सञ्चालन गरिरहेका छन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको क्युआर कोड राखेर चन्दा संकलन भइरहेको छ । उनलाई चन्दा संकलन गैरकानुनी होइन भनी सोध्दा स्वेच्छिक सहयोग कानुनविपरीत नहुने बताए । 

Hardik health

‘हाम्रो सभापति रवि लामिछानेलाई जसरी मुद्दा चलाइयो र थुनामा पुर्याइयो यो सब राजनीतिक प्रतिशोध हो र उहाँलाई मुद्दा लड्न आर्थिक अभाव छ,’ उनले प्रभावसँग भने, ‘अभाव भएका कारण पार्टीले एउटा कोष खडा गर्ने र कोषमा जम्मा भएको पैसा मुद्दा लड्न खर्च गर्ने भनेर क्युआरमा सहयोग मागेका हौँ ।’

नेपालको कानुनअनुसार सरकारको पूर्वस्वीकृति नलिइकन कुनै पनि कामका लागि चन्दा उठाउन पाइँदैन । चन्दा ऐन २०३० ले सरकारसँग अनुमति लिएर मात्रै चन्दा संकलन गर्न पाइने स्पष्ट व्यवस्था गरेको छ । तर, चन्दा संकलनका लागि रास्वपाले अनुमति लिएको छैन ।चन्दा ऐन २०३० छ, ‘नेपाल सरकार वा प्रदेश सरकारको पूर्वस्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यका लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन–दिनबाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन ।’

रास्वपाले भने यो कानुनी प्रावधानलाई कुल्चिँदै चन्दा संकलन गरिरहेको हो । चन्दा ऐनमा चन्दा उठाउने व्यक्तिले चन्दा उठाउँदा चन्दादाताले दिएको चन्दाको रकमको अंक, अक्षर वा नाप, तौल, आश्वयकताअनुसार स्पष्ट खुलाइ तीनप्रति रसिदमा लेखी दस्तखत गर्नुपर्छ । तर, सिसाकलम वा अरु उड्ने मसीबाट लेख्न र दस्तखत गर्न हुँदैन । रास्वपाले डिजिटल भुक्तानी प्रणाली क्युआरमार्फत् चन्दा संकलन गरिरहेको छ । यसले गर्दा कानुनविपरीतको माध्यमबाट रास्वपाले चन्दा संकलन गरेको पनि फेला परेको हो । यसप्रति प्रश्न उठेको छ । साथै संकलित रकम कहाँ र कसरी खर्च गर्ने भन्ने प्रष्ट छैन । 

हाल रास्वपाले ‘लिगल डिभेन्स फण्ड’ बनाएको छ । पार्टी प्रवक्ता झाका अनुसार पार्टीका नेताहरूलाई आवश्यक परेका बेला कानुनी सहयोग गरिने छ । तर, कोष खडा गर्न कार्यविधि पनि बनाएको छैन । यसको जिम्मा सहकोषाध्यक्ष दीपक बोहरालाई दिइएको प्रवक्ता झाले बताए । बोहरा रविको पक्षमा हस्ताक्षर संकलन अभियानका संयोजकसमेत हुन् । उनले पार्टीको उपखाताका रूपमा ग्लोबल आईएमई बैंकमा खाता खोलिएको बताए । खातामा हस्ताक्षर भने कोषाध्यक्ष लिमा अधिकारी र सहकोषाध्यक्ष बोहोराको हस्ताक्षर चल्नेगरी बनाइएको जानकारी दिए । 

रवि भने सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशपछि भैरहवा कारागारमा छन् । उनी केन्द्रीय कारागार डिल्लीबजार आउन चाहन्छन् । यसअघि उनले सरकारसँग याचना पनि गरे । तर, रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । बहालवाला न्यायाधीशको संयोजकतत्वमा छानबिन समिति गठनको माग गरेको छ । संसद्मा एक महिनादेखि अवरोध गर्दै आएको छ । यस्तोमा गृहमन्त्री लेखक आफूविरुद्ध रास्वपा लगातार संसदमा प्रस्तुत भइरहेपछि सोही दलका सभापति लामिछानेलाई अड्डासार गर्न सकारात्मक भएनन् । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न भनेर दिएको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश जारी गरेको थियोे । सोही आदेशअनुसार रवि थुनामा पुगेका हुन् । यसअघि रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा रुपन्देही अदालतले रविलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । सुप्रिममा रवि, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP