Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • आलमलाई उन्मुक्ति दिएका दुई न्यायाधीश तानिए छानबिनमा
आलमलाई उन्मुक्ति दिएका दुई न्यायाधीश तानिए छानबिनमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असार ६, २०८२
  •  न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जन छानबिनमा
  •  छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको नेतृत्वमा समिति गठन
  •  समिति प्रतिवेदनको आधारमा न्यायपरिषद्ले बर्खास्तसम्मको कारबाही गर्ने प्रावधान 

काठमाडौं– कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जन फैसलाको तीन सातापछि छानबिनमा तानिएका छन् । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा बिहीबार गठित समितिले न्यायाधीशद्वय थारु र महर्जनउपर छानबिन गर्ने भएको छ । 

गत १४ जेठमा न्यायाधीशद्वयले जिल्ला अदालत रौतहटको गत वर्षको असारमा आलम र अन्य तीनलाई जन्मकैदको फैसला गरेकोमा उल्टाइदिएको थियो । त्यसविरुद्ध रौतहट बमकाण्ड भनेर चिनिने उक्त घटनामा मारिएका पिन्टु राजपुतका पिता ८४ वर्षे नारायणसिंहले सोमबार न्याय परिषद्मा उजुरी दिएका थिए । उजुरीमा उनले ‘तथ्य प्रमाणभन्दा बाहिर गई सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिन गरिपाऊँ’ भनेका छन् ।

१७ वर्षअघि २०६४ चैत २७ गते रौतहटको राजापुरमा बम विस्फोट भएको थियो । संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विस्फोटमा पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तर घाइते भएका थिए । उनीहरूलाई इँटाभट्टामा फालेर जिउँदै जलाएको कसुर आलमसहितले गरेको भनिएको छ । जिल्ला अदालत रौतहटले पनि सोहीअनुसार जन्मकैदको सजाय गरेको थियो । त्यसविरुद्ध भएको पुनरावेदनको सुनुवाइमा जेठ १४ गते न्यायाधीशद्वयको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको थियो । फैसला भएकै दिन नख्खु कारागारमा रहेका आलम छुटेका थिए ।

यसपछि न्यायिकवृत्तमा आमलसहितलाई सफाइ दिने फैसलाप्रति प्रश्न उठेको थियो । संसद्मा समेत यो फैसलापछि आलमले उन्मुक्ति पाएको विषयले प्रवेश पायो । कतिपयले त आलमले सफाइ पाएको सन्दर्भमा सत्ताको छायाँ परेको भनेर टिप्पणी गर्थे । सारा तथ्य र प्रमाण एकातिर र उच्चको फैसला अर्कोतिर आएको भन्दै विरोध गर्थे ।न्यायालयप्रतिको भरोसा र विश्वसनीयतासँगै जनआस्था गुम्नेगरी बहस नै भयो । यस्तोमा बिहीबार सर्वोच्चले न्यायाधीश शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

न्याय परिषद् स्रोतको दाबीमा न्यायाधीशद्वय थारु र महर्जनलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाइएको छ । उनीहरूलाई सर्वोच्चमा हाजिर हुन बोलाइएको हो । यसअघि न्यायपरिषद् मौन थियो । न्यायपरिषद्को मौनतालाई न्यायिकवृत्तले नै अस्वाभाविक र गैरजिम्मेवार भनेको थियो । यसपछि न्यायपरिषद् दबाबमा प¥यो । यहीबीच बिहीबार छानबिन समिति गठन भएको हो  ।उच्च अदालत वीरगञ्ज इजलासले १४ जेठमा आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । राजापुर बमकाण्ड भएको १२ वर्षपछि २०७६ को असोजमा आलम पक्राउ परेका थिए । लामो हिरासत बसाइबीच गत वर्षको १४ वैशाखमा रौतहट अदालतले दोषी ठह¥याउँदै जन्मकैदको फैसला सुनाएको हो ।

भनिन्छ, आफतावको योजनाअनुसार पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा मतदान केन्द्र कब्जा गर्ने उद्देश्यले बम बनाउने क्रममा विष्फोट भएको थियो । कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो ।घटनामा १३ जना घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको छ । तर, उच्चको फैसलाबाट आलम छुटेपछि पीडित परिवारमा त्रास फैलिएको थियो । सुरक्षा चुनौती बढेको भन्दै चिन्ता प्रकट गर्दै आएका छन् । 

आमल मधेशका शक्तिशाली कांग्रेस नेता हुन् । उनको बचाउमा यसअघि सभापति शेरबहादुर देउवा नै उत्रिएका थिए । देउवाले १ कात्तिक २०७६ मा कांग्रेसविरुद्धको षड्यन्त्रस्वरुप आलमको पक्राउ भएको बताएका थिए । उनी त्यसबेला आलोचित भए । तर, उनी आलमको बचाउमा उत्रिन छाडेनन् । १९ फागुन २०७७ मा रौतहट पुगेर आलम छुटाउन पहल गर्ने बताएका थिए । गत जेठ २३ गते जनकपुर पुगेका देउवाले आलम छुटेकोमा राम्रै भएको अभिव्यक्ति दिएका थिए ।

नभन्दै कांग्रेससम्मिलत गठन सरकार भएकै बेला न्यायालयबाट विवादास्पद फैसला भयो, जुन फैसलाको आधारमा आलम सफाइ पाएर छुटे । यसप्रति न्यायिकवृत्तमबाट आलोचना भयो । अन्ततः बिहबिार छानबिन समिति गठन भएको हो ।समितिले दिने सिफारिसका आधारमा न्यायपरिषद्ले उनीहरूलाई सचेत गराउनेदेखि बर्खास्तीसम्म निर्णय गर्नसक्छ । छानबिन समितिले प्रतिवेदन नदिँदासम्म उनीहरूलाई न्याय परिषद्मै हाजिर गराउने भएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP