Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रमुख–उपप्रमुख विवादले धरान तनावग्रस्त 
प्रमुख–उपप्रमुख विवादले धरान तनावग्रस्त 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असार ४, २०८२
तस्बिरः सामाजिक सञ्जालबाट

उपप्रमुखले नगरपालिकाको डोजर र ट्रिपरको चाबी खोसेर लगे । फिर्ता लिन प्रहरी पठाउँदा पनि फोन उठाएनन् । यसरी नगरको सम्पत्तिमा हस्तक्षेप गर्नु मिल्दैन ।
हर्क साम्पाङ
प्रमुख, धरान उपमहानगरपालिका

काठमाडौं– स्वतन्त्र प्रमुख भएको धरान उपमहानगरपालिका विवादको केन्द्र बनेको छ । प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघा पक्षबीच विवाद चर्किंदै गएको हो । दुई पक्षबीचको विवादले मंगलबार तनावग्रस्त स्थिति निम्तियो ।श्रमदान अभियानको पारदर्शिता, चन्दा संकलन, नगरको सम्पत्तिको प्रयोग र समन्वय अभावका कारण साम्पाङ र बेघा पक्षबीच विवाद भएको हो । यसअघि सोमबार धरान उपमहानगर परिसरमा नेकपा माओवादी केन्द्रनिकट एक समूहले प्रमुख साम्पाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै नाराबाजी गरेको थियो । उक्त समूहमा सहभागीले ‘हर्क साम्पाङ मुर्दावाद’, ‘दादागिरी चल्दैन’ लगायतका नारा लगाएका थिए । श्रमदानको नाममा योजनाबाहिरको बिल पास नहुने भन्दै नाराबाजी भएको थियो । 

प्रमुख साम्पाङले हालै श्रमदानमार्फत निर्माण गरिएका संरचनामा प्रयोग भएका फलामका जालीहरूको भुक्तानी प्रक्रिया अघि बढाउन उपप्रमुख बेघालाई निर्देशन दिएका थिए । तर, उपप्रमुख बेघाले अस्वीकार गरे । उनले श्रमदानको नाममा गरिएका कार्य विधिसम्मत नभएको भन्दै भुक्तानीका लागि असहमति जनाएका हुन् । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रमुख साम्पाङले आफूलाई कार्यकक्षमा बोलाएर सामूहिक घेराउ गरेको उपप्रमुख बेघाको आरोप छ ।

‘श्रमदान भन्दै गरिएको कामको स्रोत स्पष्ट छैन । बजेटबाट हो कि बाह्य सहयोगबाट भन्ने थाहा छैन । यस्तो अपारदर्शी अवस्थामा म जिम्मेवारी लिन सक्दिनँ,’ उनले प्रभावसँग भने, ‘श्रमदानको नाममा नगरको सम्पत्ति मनोमानी ढंगले प्रयोग भइरहेको छ ।’उपप्रमुख बेघा पक्षले पालिकाको डोजर, स्काभेटरको चाबी प्रमुख साम्पाङ र उनका कार्यकर्ताले जथाभावी प्रयोग गर्न थालेको आरोप लगाएका छन् । दुरुपयोग रोक्न केही दिनदेखि आफूसँग भएको र कार्यालयको चाबी कसैलाई दिन रोक लगाएको बेघाले बताए । 

Hardik health

श्रमदान भन्दै गरिएको कामको स्रोत स्पष्ट छैन । बजेटबाट हो कि बाह्य सहयोगबाट भन्ने थाहा छैन । यस्तो अपारदर्शी अवस्थामा म जिम्मेवारी लिन सक्दिनँ ।
अइन्द्रविक्रम बेघा
उपप्रमुख, धरान उपमहानगरपालिका

उपप्रमुखमाथि प्रमुख पक्षधरले घेराउ गरेपछि सोही दिन उपप्रमुखनिकटहरूले प्रमुख साम्पाङको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । उनीहरूले विरोध पनि जनाएका थिए । प्रमुख साम्पाङले जनश्रमदानको नाममा बिल भुक्तानी गर्न भन्दै उपप्रमुख बेघालाई हस्ताक्षर गराउन खोजेको र बेघाले हस्ताक्षर नगरेपछि साम्पाङ पक्षधरहरूले घेराउ गरेका थिए ।

उपप्रमुख बेघाले सार्वजनिक स्रोत र पारदर्शिताको अभाव औंल्याउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रमुख साम्पाङले आफ्ना श्रमदाताहरू बोलाएर कार्यकक्षबाहिर दबाब सिर्जना गरेको आरोप लागेको छ । सोही कारण मंगलबारसमेत उपमहानगर परिसर तनावपूर्ण बनेको हो । मंगलबार प्रमुख साम्पाङले पत्रकार सम्मेलन गर्दै उपप्रमुख राजनीतिक उक्साहवटमा लागेको बताए । उपप्रमुखले काममा सहयोग नगरेको, अवरोध गरेको र नगरको सम्पत्तिमा अनधिकृत हस्तक्षेप गरेको साम्पाङको आरोप छ । 

उनले पत्रकार सम्मेलनमा भने, ‘उपप्रमुखले नगरपालिकाको डोजर र ट्रिपरको चाबी खोसेर लगे । फिर्ता लिन प्रहरी पठाउँदा पनि फोन उठाएनन् । यसरी नगर सम्पत्तिमा हस्तक्षेप गर्नु मिल्दैन ।’धरानमा प्रमुख र उपप्रमुखबीचको लफडा यसपटक मात्रै होइन, पटक–पटक हुँदै आएको छ । कतिसम्म भने कार्यपालिका बैठक, नगरसभासमेत अनिर्णयको बन्दी बनेको विगत छ, सोही कारण कयौं योजनाहरू अलपत्रजस्तै छन् ।

उपप्रमुख बेघाले प्रमुख राई समन्वय गर्नै नचाहने हुँदा समस्या निम्तिएको बताउँछन् । उनका अनुसार गत १६ जेठमा विपद् व्यवस्थापनका लागि बोलाइएको बैठकमा समन्वय भएन । बेघाले त सात दिनसम्म प्रमुखसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया नआएको दाबी पनि गरेका छन् । प्रमुख साम्पाङले भने विपद् व्यवस्थापनमा आफू एक्लै लागिरहेको र उपप्रमुख निरीक्षणका लागि टिमसहित पुगे पनि सहयोग नगरेको आरोप लगाए ।

यहीबीच पछिल्लोपटक श्रमदान विवादमा आएको हो । साम्पाङले अघि सारेको श्रमदान मोडेल जनस्तरमा लोकप्रिय देखिएको छ । सडक, ढल, र खुला दिसामुक्त धरानजस्ता श्रमदान अभियानमा जनताको उल्लेख्य साथ थियो । तर, यतिबेला भने डोर हाजिरी गराएर श्रमदानमा सहभागीलाई ज्याला दिने तयारी गरिएपछि बेघा पक्षले विरोध गरेको हो । बेघाका अनुसार श्रमदानको नाममा संकलन गरिएको रकम, स्रोत तथा खर्च सार्वजनिक नगरिएको, कामको मूल्यांकन नगरिएको र संस्थागत अनुमोदनविना काम गराइएका छन् ।

यस्तै, प्रमुख साम्पाङको अगुवाइमा हुने श्रमदानमा सरकारी उपकरण प्रयोग गरेको आरोप पनि लागेको छ । श्रमदान अभियानमार्फत सडक सुधार, नाली निर्माण, फलामे जाली जडानजस्ता काममा नगरका उपकरणहरू प्रयोग गरिएको छ । तर, ती उपकरणका लागि तेल, चालक, मर्मत र अन्य खर्चहरू कहाँबाट बेहोरिएको हो भन्ने विषयमा स्पष्ट विवरण साम्पाङले सार्वजनिक गरेका छैनन् ।


 


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP