Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • बिगोले थिचिए रवि
सहकारीको बचत अपचलन प्रकरण बिगोले थिचिए रवि
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असार २, २०८२
  • कुन सहकारीको मुद्दामा कति बिगो ?
  • सानो पाइला सहकारी, पर्सा– ५ करोड ७४ लाख
  • स्वर्णलक्ष्मी सहकारी, काठमाडौं– ५ करोड ७८ लाख 
  • सुप्रिम सहकारी, रुपन्देही– ४ करोड १५ लाख
  • सूर्यदर्शन सहकारी, कास्की–  ३ करोड ३७ लाख
  • सहारा सहकारी, चितवन–  ५ करोड ७४ लाख


काठमाडौं– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २४ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी भएको छ । काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्लाका एक–एकवटा सहकारी ठगीमा लामिछानेविरुद्ध उक्त बिगो मागदाबी भएको हो ।

गोरखा मिडिया नेकवर्कको प्रबन्ध निर्देशकको हैसियतमा ग्यालेक्सी टेलिभिजनमा गितेन्द्रबाबु (जिबी) राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललगायतसँग मिलेर ती सहकारीहरूबाट गैरकानुनी रूपमा बचत ल्याएर अपचलन गरेको प्रकरणमा लामिछानेलाई पनि जिम्मेवार मानिएको छ । सोही कारण उनीविरुद्ध मात्रै झण्डै २५ करोड रुपैयाँ बिगो मागदाबी भएको हो ।  

आइतबार पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीमा भएको ठगी प्रकरणको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उक्त सहकारी ठगीमा लामिछानेविरुद्ध पाँच करोड ७४ लाख ३० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको छ । उक्त सहकारीको एक अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको हो ।

लामिछाने भने यतिबेला रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । उनलाई काठमाडौंको डिल्लीबजार कारागारमा ल्याउने चर्चा थियो । तर, गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिँदा रास्वपाले चर्को विरोध गरेसँगै उनको काठमाडौं जेल सरुवा रोकिएको बताइन्छ । यहीबेला उनीविरुद्ध अन्तिम जिल्ला पर्सामा पनि बिगो मागदाबीसहितको मुद्दा आइतबार दायर भएको हो । यसअघि २१ पुसमा काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अपचलन भएको प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

Hardik health

उक्त सहकारीमा एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अपचलन भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता छ । रविविरुद्ध त्यहाँ पाँच करोड आठ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनका व्यावसायिक साझेदार जिबी राईविरुद्ध पनि समान बिगो मागदाबी गरिएको छ । अर्का साझेदार छविलाल जोशीको हकमा मात्रै पाँच करोड ७८ लाख ९६ हजार रुपैयाँ बिगो माग भएको छ । 

गत वर्षको ८ पुसमा सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेले सूर्यदर्शन सहकारीको तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको भन्दै उनीविरुद्ध सोही रकमबराबर बिगो मागदाबी गरिएको थियो । सोही अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता छ । २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको दाबीसहित दर्ता मुद्दामा रविकी पत्नी नीकिता पौडेल पनि प्रतिवादी छिन् । 

सूर्यदर्शन सहकारी ठगीमा भने लामिछानेसहित ४४ जना प्रतिवादी छन् । लामिछानेका पूर्वव्यावसायिक साझेदार जोशीविरुद्ध त्यहाँ पनि पाँच करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशविरुद्ध दुई करोड १४ लाख आठ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । त्यहाँ सबै प्रतिवादीसँग गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा लामिछानेविरुद्ध मात्रै तीन करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको हो ।

गत वर्षको ६ माघमै रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको थियो । त्यहाँ लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत दुई करोड रुपैयाँ र सामूहिक दुई करोड रुपैयाँ गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।दुई करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचरसमेत बरामद भएको थियो । त्यहाँ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार रुपैयाँ हिनामिना गरेको दाबी गर्दै लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

यस्तै, गत वर्षकै २२ माघमा चितवनको साहारा बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यहाँ लामिछानेविरुद्ध पाँच करोड ७४ लाख रुपैयाँ बिगो मागदाबी भएको छ । लामिछाने गत वर्षको २ कात्तिकमा सहकारी ठगी प्रकरणमा जिम्मेवार भन्दै काठमाडौंबाट पक्राउ परेका थिए । काठमाडौं, कास्की, रुपन्देही र चितवनमा जिल्ला अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । तर, अन्ततः उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । उच्चको आदेशले उनी रुपन्देही कारागारमा छन् ।
 


प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४७
#सहकारीको बचत अपचलन प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP