Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • बिगोले थिचिए रवि
सहकारीको बचत अपचलन प्रकरण बिगोले थिचिए रवि
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असार २, २०८२
  • कुन सहकारीको मुद्दामा कति बिगो ?
  • सानो पाइला सहकारी, पर्सा– ५ करोड ७४ लाख
  • स्वर्णलक्ष्मी सहकारी, काठमाडौं– ५ करोड ७८ लाख 
  • सुप्रिम सहकारी, रुपन्देही– ४ करोड १५ लाख
  • सूर्यदर्शन सहकारी, कास्की–  ३ करोड ३७ लाख
  • सहारा सहकारी, चितवन–  ५ करोड ७४ लाख


काठमाडौं– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २४ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी भएको छ । काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्लाका एक–एकवटा सहकारी ठगीमा लामिछानेविरुद्ध उक्त बिगो मागदाबी भएको हो ।

गोरखा मिडिया नेकवर्कको प्रबन्ध निर्देशकको हैसियतमा ग्यालेक्सी टेलिभिजनमा गितेन्द्रबाबु (जिबी) राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेललगायतसँग मिलेर ती सहकारीहरूबाट गैरकानुनी रूपमा बचत ल्याएर अपचलन गरेको प्रकरणमा लामिछानेलाई पनि जिम्मेवार मानिएको छ । सोही कारण उनीविरुद्ध मात्रै झण्डै २५ करोड रुपैयाँ बिगो मागदाबी भएको हो ।  

आइतबार पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारीमा भएको ठगी प्रकरणको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उक्त सहकारी ठगीमा लामिछानेविरुद्ध पाँच करोड ७४ लाख ३० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको छ । उक्त सहकारीको एक अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको हो ।

लामिछाने भने यतिबेला रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । उनलाई काठमाडौंको डिल्लीबजार कारागारमा ल्याउने चर्चा थियो । तर, गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिँदा रास्वपाले चर्को विरोध गरेसँगै उनको काठमाडौं जेल सरुवा रोकिएको बताइन्छ । यहीबेला उनीविरुद्ध अन्तिम जिल्ला पर्सामा पनि बिगो मागदाबीसहितको मुद्दा आइतबार दायर भएको हो । यसअघि २१ पुसमा काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अपचलन भएको प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

Hardik health

उक्त सहकारीमा एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अपचलन भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता छ । रविविरुद्ध त्यहाँ पाँच करोड आठ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनका व्यावसायिक साझेदार जिबी राईविरुद्ध पनि समान बिगो मागदाबी गरिएको छ । अर्का साझेदार छविलाल जोशीको हकमा मात्रै पाँच करोड ७८ लाख ९६ हजार रुपैयाँ बिगो माग भएको छ । 

गत वर्षको ८ पुसमा सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेले सूर्यदर्शन सहकारीको तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको भन्दै उनीविरुद्ध सोही रकमबराबर बिगो मागदाबी गरिएको थियो । सोही अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता छ । २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको दाबीसहित दर्ता मुद्दामा रविकी पत्नी नीकिता पौडेल पनि प्रतिवादी छिन् । 

सूर्यदर्शन सहकारी ठगीमा भने लामिछानेसहित ४४ जना प्रतिवादी छन् । लामिछानेका पूर्वव्यावसायिक साझेदार जोशीविरुद्ध त्यहाँ पनि पाँच करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशविरुद्ध दुई करोड १४ लाख आठ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । त्यहाँ सबै प्रतिवादीसँग गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा लामिछानेविरुद्ध मात्रै तीन करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको हो ।

गत वर्षको ६ माघमै रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको थियो । त्यहाँ लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत दुई करोड रुपैयाँ र सामूहिक दुई करोड रुपैयाँ गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।दुई करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचरसमेत बरामद भएको थियो । त्यहाँ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार रुपैयाँ हिनामिना गरेको दाबी गर्दै लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

यस्तै, गत वर्षकै २२ माघमा चितवनको साहारा बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यहाँ लामिछानेविरुद्ध पाँच करोड ७४ लाख रुपैयाँ बिगो मागदाबी भएको छ । लामिछाने गत वर्षको २ कात्तिकमा सहकारी ठगी प्रकरणमा जिम्मेवार भन्दै काठमाडौंबाट पक्राउ परेका थिए । काठमाडौं, कास्की, रुपन्देही र चितवनमा जिल्ला अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । तर, अन्ततः उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । उच्चको आदेशले उनी रुपन्देही कारागारमा छन् ।
 


प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४७
#सहकारीको बचत अपचलन प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति होः अध्यक्ष ओली
संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति होः अध्यक्ष ओली शुक्रबार, कात्तिक २१, २०८२
हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड
हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड शुक्रबार, कात्तिक २१, २०८२
तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी
तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी शुक्रबार, कात्तिक २१, २०८२
शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण
शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण शुक्रबार, कात्तिक २१, २०८२
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द
सांसदहरूकाे निजी सचिवको सुविधा बन्द शुक्रबार, कात्तिक २१, २०८२
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु
मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ सुरु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP