Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • सबैको जय होस् ! 
सबैको जय होस् ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख २, २०८२

नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश दिए । पूर्वराजाको सो सन्देश हातमा मोबाइल हुनेहरुले तात्तातो नै हेरे । हुन त अहिले मोबाइल नहुने को नै पो छ र ? त्यही भएर पनि होला मोबाइलमा सामाजिक सञ्जालबाट आउने राम्रा कुरा त त्यस्तै हो गति छाडा कुरा हेर्नेहरुको संख्या एकैछिनमा लाखौं पुग्छ । शाहको सन्देश पनि त्यस्तै त्यस्तै भयो ।

सुदूर गाउँमा रहेका रामवीरे साइँला शाही पनि कतारबाट छोराले पठाइदिएको स्मार्टफोनमा शाहको भिडियो सन्देश हेरिरहेका थिए । भिडियो सन्देशमा २०८१ साल घनघोर निराशाजनक भएको र पृथ्वीपथ नै राजनीतिको मूल सार भएको भनेपछि रामवीरे साइँला शाही हेरेको हे¥यै भएछन् ।

स्मार्टफोनलाई यसो चलाउँदै गरेको रामवीरे साइँलाले एकातिर भिडियो सन्देश अर्कोतिर तीनकुनेको दनदनी बलेको घरको भिडियो पनि हेर्न भ्याइहाले । अनि त्यही भिडियोको छेउमा लेखेको अक्षर पनि कनिकुथी पढे । पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट्याएका भिडियो त्यसमा लेखिएका कुराले मान्छेलाई मनोरोगी बनाइदिइसकेको छ । जसरी क्यान्सरका रोगीहरु बढ्दै छन् त्यो भन्दा महामारीका रुपमा मनोरोगीहरुको संख्या पनि बढ्दै गइरहेका छन् । 

हिजो पञ्चायती शासन राम्रै भोगेका रामवीरे साइँला आफैं पनि बाइसे चौबिसे राज्य हुँदाका राजाका खलक भनेर नाक फुलाउँछन् । त्यही भएर होला माइला राजाले पृथ्वीपथ नै राजनीतिको सार हो भन्दा दंग परेछन् । उनले हत्त न पत्त काठमाडौंमा बसेको भतिजलाई फोन गरेर सोधे, ‘होइन हो भतिज यता मोबाइलमा त राजसंस्थाले के–के गर्छ भन्ने कुरा आयो त, के हो कुरा ?’

Hardik health

उता ठूलो बाजेको कुरा सुनेर भतिज भन्दै थिए, ‘गरिरहेको छ त, गाउँ सहर घुमेकै छ जयजयकार मनाकै छ । त्याँ भन्दा के चाहियो र ठूलो बाजे ।’रामवीर साइँलाले बुझेकी बुझेनन्, अँ अँ भने । यताबाट भतिजले उत्तर दियो, ‘सुन्नुस् ठूलो बाजे, पहिले एउटा राजा थिए । तम्रा गाउँमा अहिले कति राजा भए ? गनतन्त्रले धेरै राजा बनायो । देश सक्कायो रे ? त्यही भएर उ बेलाँ दिएको नासो फेरि जनतासँग फर्काउन सबैको साथ मागेको रे ?’

उताबाट रामवीरले फेरि प्रश्न गरे, ‘त्यो होइन हो गाउँमा त कहाँ छन् र नेताहरु सबै सदरमुकामतिरै होलान्, राजधानीमै बैठकाँ आका होलान् नि ? पालिकामा कहिल्यै भेटिन्नन् !’ उही जेठ लागेसी डोजर कुदाउने र ठेकेदारलाई पैसा बाँड्ने बेलामात्र टुप्लिन्छन् !‘त्यही भएर नि होला कहिले के सन्देश कहिले के सन्देश लिएर आका । अनि ठूलो बाजे अरु के छ त गाउँतिरको खबर ?,’ भतिजले यताबाट सोध्यो ? 

‘के हुनु र हो ! गाउँमा त उही हामी जस्ता बूढाबूढीबाहेक को नै पो छ र ? सबै मुग्लान गाका छन् नि ! यसपालिको दसैंतिहारमा त गाउँ रित्तो भो बाबै । अरु बेला के हुन्छ र !’‘के गर्नु हो ठूलो बाजे गाउँमा माटो जोतेर पेट पाल्न पुग्दैन सबैले आफ्नो केही त गर्नै प¥यो । गाउँमा बसेर भइदिएको भए त किन छाड्दो होलान् र गाउँ ?,’ भतिजले सहानुभूति दिँदै भन्यो । 

‘हुन त हो क्यार तर पनि यहाँ त मरेको लास बोक्न पनि मान्छे पाउन मुस्किल भो त ! खेतबारी सबै बाँझो भए । खेती हुन छाड्यो, जंगल बाँदर गाउँ पस्न थाले । गाउँमा घर त सबै रित्ता छन् हो । तिम्रा काइँलाका खलक पनि सदरमुकाम छिरे क्यारे । अब त को नै पो छ र हामी दुई–चार घरकाबाहेक !’

‘हाम्रा पनि धेरै दुःख छन् हो ठूलो बाजे । गाउँमा बरु पैँचो मागेर पनि बाँचिन्थ्यो । सहराँ त काम नगरे भोकै मरिन्छ । गाउँका नेता सहराँ भए पनि हामीलाई गर्ने होइनन् । उनकै कार्जेकर्तालाई नै पुग्दैन । आफ्नो छोरानातिका पालासम्म पुग्नेगरी सम्पत्ति जोड्न मनशायमा राजनीति ग¥या छन्, अनि कसरी होला त ?’

उताबाट बूढाले भने, ‘ठिकै भनिस्, पहिलेपहिले भए पो सबैको जय होस् । सबैको भलो होस् । कसैले पनि भोकै पर्न नपरोस् भन्ने दिन थिए । अहिले त आफ्ना पेट भर्न पाएसी पुग्छ । त्यसोभए के हुन्छ त अव ?,’ भतिजलाई जिज्ञासा राखे ।

यताबाट भतिज भन्दै थियो, ‘केही पनि हुँदैन । जुन जोगी आए पनि कानै चिरेका हुन् ।’ भित्रै मनदेखि नमिठोसँग उसले भन्यो, ‘तिम्रा हाम्रा अवस्था नफेरिएसम्म व्यवस्थामात्र फेरिएर केही हुन्न, नाममात्रको व्यवस्था फेरिने टुप्पीको मान्छेमात्र फेरिएर के काम ? मर्ने र मारिने त उही गरिबकै सन्तान हुन् !’उताबाट बूढाले सान्त्वना दिँदै भने, ‘लौ लौ बचेर हिँडेस् आन्दोलन सान्दोलन भनेर नहिँडेस्, आफ्नो कर्म जे हो त्यही गरेस् । देश लुटिसके । हामीसम्म घिटीघिटी गाउँमै बसौंला । आफ्नो जीउ सुरक्षित राखेस् ।’

उता ठूला बाजेको सन्देशले भतिज खिन्न भयो । ‘हस् बरु त्यतातिर पनि ख्याल गर्नु ।’ दुवैले फोन काटे ।रामवीरे साइँला शाहीको अनुहारमा खुसी थिएन । होस पनि किन राजधानी बसेको भतिजले सुखैको कुरा सुनाउँला भन्ठानेका थिए । दुखकै कुरा सुनेपछि डाँडामाथिको घामजस्तै भएर बसेका उनको मन रुनु त स्वाभाविकै थियो । 

रामवीरे साइँलामात्र होइनन् नि । ७५ नाघेका धेरै बा आमाहरुको अवस्था उस्तै छ । कानले सुन्दैन । मस्तिष्कले बिर्सन थालेको छ । उमेरले नेटो काटिसकेको छ । जन्मेको माटो नै बिरानोजस्तै हुन थालेको छ । सीमित व्यक्तिको जयजयकार भइरहेको अहिलेको अवस्थामा । २०८१ को अन्त्यसम्म जसको जे भए पनि नयाँ वर्षसँगै देशको जय होस्, जनताको जय होस् । सबैको जय होस् ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP