Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • निषेधाज्ञा लगाएर केबलकारको काम धमाधम
पाथिभरा केबलकार विवाद थप चर्काउँदै सरकार निषेधाज्ञा लगाएर केबलकारको काम धमाधम
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, फागुन १२, २०८१

शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी तितरबितर भए । चन्द्र मादेनको घरको कोठामा बसेका आन्दोलनकारीलाई अश्रुग्यास प्रहार गरेर मरणासन्न कुटपिट गरेर पक्राउ गरियो ।
खगेन्द्र माखिम
आन्दोलनरत पक्षका नेता


काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवाद द्वन्द्वतर्फ धकेलिने जोखिम बढेको छ । केबलकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको पक्ष र  सुरक्षाकर्मीको घेरामा जबरजस्ती केबलकार बनाउन लागिपरेको राज्यपक्षबीच द्वन्द्व बढ्दै गएको हो । शनिबार साँझ ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच भएको झडपपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

आन्दोलनरत पक्षले शनिबारको झडपपछि दुई जना बेपत्ता भएका बताएको छ । आन्दोलनमै रहेका नेता खगेन्द्र माखिमका अनुसार बेपत्ता भएकामा होमराज आङ्बुहाङ र हरिराज खिम्दिङ छन् । पाँच जना गम्भीर घाइते रहेको उनले बताए । समर येङ्देन, शिशिर पोमु, एनके दर्नाल, राम राई र नेपाली सेनाका पूर्वमेजर असिम पालुङ्वाको अवस्था गम्भीर छ । घाइतेहरू १३ जना रहेको माखिमले बताए ।

उनका अनुसार १५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू ताप्लेजुङका नवीन पोमु, पाँचथरका यमन राई, मित्र लिङ्देन र सुनिता केरुङ, इलामका योगेन्द्र लाओती, झापाकी दिक्षा क्षेत्री, इक्सा लिम्बू र निहा चेम्जोङ छन् । मोरङका तुलाराम तामाङ र हरि लिम्बू, सुनसरीका विवेक लिम्बू, जुरन राई, अर्जुन तामाङ, अनुप सुब्बा र विशेष सुब्बा पनि पक्राउ परेका छन् । नेता माखिमले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको बताए ।

Hardik health

‘तल्लो फेदीबाट हिँडेर पदयात्रीहरू फुङ्लिङ बजारमा आइपुग्दा साँझ परेको अवस्था थियो । आइपुगेपछि हामीले शान्तिपूर्ण जुलुस गरिरहँदा एक्कासि प्रहरीले हस्तक्षेप ग¥यो,’ उनले प्रभावसँग भने, ‘हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भए र चन्द्र मादेनको घरको कोठामा बसेका आन्दोलनकारीलाई अश्रुग्यास प्रहार गरेर मरणासन्न कुटपिट गरेर पक्राउ ग¥यो ।’प्रहरीले भने आन्दोलनकारीहरूले सर्वसाधारणको घरघरमा मसाल फालेपछि स्थिति नियन्त्रणमा लिएको जनाएको छ । सम्भावित दुर्घटनालाई नियन्त्रणमा लिनु प्रहरीको कर्तव्य भएको र सोही कार्य गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले बताए । 

स्थिति थप भड्किन नदिन र उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अनिश्चितकालीन हो । 
नेत्रप्रसाद शर्मा
प्रजिअ, ताप्लेजुङ

‘आन्दोलनकारीहरूले घरघरमा आगो लगाउने प्रयास गरेपछि त्यो नियन्त्रणमा लिएको हो, हामीले दमन गरेको केही होइन । केहीलाई नियन्त्रणमा लिएका छौं, बेपत्ता पारेको भन्ने कुरामा सत्यता छैन,’ डिएसपी रावलले भने । केबलकार निर्माण भएको फुङ्लिङ नगरपालिकाको वडा नम्बर ११ स्थित काफ्लेपाटीमा हो । त्यहाँ केबलकारको पहिलो स्टेसन निर्माणाधीन छ । केबलकार पक्ष र सुरक्षाकर्मीबीच त्यहाँ शुक्रबार झडप भएको थियो । त्यसपछि तल्लो फेदी क्षेत्रमा आन्दोलनरत नो केबलकार पक्ष शनिबार साँझ सदरमुकाम फुङ्लिङ झरेका थिए । सोही क्रममा उनीहरूले राँके जुलुससहित कोणसभाको तयारी गरेका थिए । त्यहीबेला प्रहरीले दमन गरेको माखिम बताउँछन् ।

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शनिबार मध्यरातिदेखि नै जारी गरेको निषेधाज्ञा अझै फिर्ता लिएको छैन । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा अनिश्चितकालीन भएको बताए । ‘स्थिति थप भड्किन नदिन र उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेका हौं,’ उनले भने । निषेधाज्ञामा उल्लेख भएअनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुने छ । जिल्ला प्रशासन कार्यालयको सूचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

सूचनामा सदरमुकाम फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङ्लिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजंघा टोलसम्म निषेधाज्ञा तोकिएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ ।

ती क्षेत्रहरूमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ । उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।आन्दोलनरत पक्षले भने निषेधाज्ञा फिर्ता लिन माग गरेको छ । घाइतेहरूको उपचार, पक्राउ परेकाहरूको रिहा र बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने प्रमुख जिल्ला अधिकारी शर्मा र प्रनाउ रावललाई कारबाहीका लागि माग भएको छ । केबलकार निर्माण खारेजीको माग गरेका छन् । तर, सुरक्षा घेराबीच काफ्लेपाटी क्षेत्रमा केबलकार निर्माणको काम तीव्र गतिमा भइरहेको छ । केबलकार निर्माणको मुख्य लगानीकर्ता चन्द्र ढकाल हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । ताप्लेजुङ नै घर भएका ईश्वरी पौडेल पनि लगानीकर्ता छन् । उनी एमाले सचिव योगेश भट्टराईनिकट मानिन्छन् । केबलकार निर्माणको काम हप्तौंदेखि आन्दोलन भइरहँदा पनि जारी राखिएको छ ।


केबलकार निर्माण रोक्न संसद्बाटै माग
प्रतिनिधिसभा बैठकमा सांसदहरूले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा जनताको सहमतिविपरीत केबलकार निर्माण थालिएको भन्दै तत्काल रोक्न माग गरेका छन् । सम्भावित दुर्घटनालाई टार्न भए पनि निर्माण कार्य रोकेर आन्दोलनरत पक्षसँग वार्ताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले खेलाँचीले ताप्लेजुङ दिनानुदिन रणमैदान भएको भन्दै सांसदहरूले चिन्ता प्रकट गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा मुक्कुम्लुङ रणमैदानमा परिणत भएको बताए । एक व्यापारी (चन्द्र ढकाल)को स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम सरकारले गरेको भन्दै आक्रोश पोखे । ‘सरकारले किन अनदेखा गरेको ? मन्त्रीस्तरको वार्ता गर्न सरकार किन तयार नभएको,’ उनले भने, ‘सरकारी तवरबाटै पाथीभरा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रूपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो ।’

उनले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर केबलकार निर्माण अघि काम बढिरहेको बताउँदै जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए । तर, लिङदेनलेभन्दा पहिले बोलेका ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुंग्याउनुपर्ने उल्लेख गरे । 

उनी आन्दोलनकारीहरूविरुद्ध खरो रूपमा प्रस्तुत भए । ‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ तर विरोधका पनि सीमा हुन्छ । शनिबार राति ताप्लेजुङ सदरमुकाममा जसरी राँके जुलुसको आगो घरघरमा फाल्ने काम भयो, सुरक्षाकर्मीमाथि आक्रमण भएको छ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सांसद डा. तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने बताइन् । सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन् । उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन् ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी, जनता समाजवादी पार्टी नेपालकी सांसद सुशीला श्रेष्ठ र कोशीका माओवादी सांसद इन्द्र आङ्बोलगायतले सरकारी वार्ता टोली मन्त्रीस्तरीय गठन गरेर आन्दोलनकारीलाई वार्तामा बोलाउन दबाब दिए । यसअघि सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो । उक्त टोलीसँग आन्दोलनरत नो केबलकार पक्षबाट वार्ता सहजीकरण गर्न गठित समितिले यसअघि माघको तेस्रो साता संवाद गरेको थियो । त्यसक्रममा २२ माघमा छ बुँदे सम्झौता दुई पक्षबीच भएको थियो । तर, राज्य पक्षले केबलकार निर्माण नरोक्ने र पक्राउ परेकालाई ससर्त रिहा गरेपछि आन्दोलनरत पक्ष थप आन्दोलित भएको हो । आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टोलीसँग मात्रै वार्ता गर्ने जवाफ फर्काउँदै आएको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP