Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • मुक्कुमलुङ फेरि तनावग्रस्त
मुक्कुमलुङ फेरि तनावग्रस्त
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन ९, २०८१

 

  • प्रहरी र आन्दोलनकारीबीच झडप, १२ जना घाइते
  • प्रहरीले अश्रुग्याससँगै पानीको फोहरा प्रहार गर्दा आन्दोलनकारीद्वारा ढुङ्गा प्रहार
  • राजेन्द्र महतो, डकेन्द्र थेगिमलगायत मुक्कुमलुङ क्षेत्रमा
  • क्षमा पूजाका लागि आन्दोलनकारी मुक्कुमलुङमा


काठमाडौं– संवादको माध्यमबाट विवाद समाधानमा सरकार गम्भीर नबनेपछि देशको पूर्वी क्षेत्रको जिल्ला ताप्लेजुङ फेरि अशान्त भएको छ । त्यहाँ आन्दोलनरत ‘नो केबुलकार’ पक्ष र सुरक्षाकर्मीबीच बिहीबार अपराह्न तनाव भयो । त्यस क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेका थिए । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार नो केबुलकार पक्षले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावपूर्ण भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रहार गर्नुपरेको शर्माले बताए । 

त्यस क्रममा दुवैतर्फ गरी १२ जना घाइते भए । ‘उहाँहरूले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुङ्गामुढा हान्नुभयो । ५० मिटरको दुरी पनि नराखी ढुङ्गा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्यास हान्नुपर्यो र त्यस क्रममा १२ जना घाइते भएको कुरा आयो,’ उनले प्रभावसँग भने । 

Hardik health

निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको नो इन्ट्री भनिएको ठाउँमै पुगेर आन्दोलनरत समूहका नेताहरूले भाषण गरेका थिए । भाषण गर्ने नेताहरू राजेन्द्र महतो, डकेन्द्रसिंह थेगिम, प्रेम एक्तेन, चन्द्र मादेन, राम मादेनलगायत थिए । उनीहरू क्षमा पूजा गर्न त्यहाँ पुगेका हुन् । सयौंको सङ्ख्यामा रहेका उनीहरू पैदल यात्रा गर्दै केबुलकारको निर्माणाधीन पहिलो स्टेसन क्षेत्र रहेको काफ्लेपाटी पुगेका थिए । 

मुक्कुमलुङ क्षेत्रमै रहेका किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्षसमेत रहेका एक्तेनले राज्यले एक जना व्यवसायीका लागि स्थानीय समुदायलाई दमन गरेको बताए । आदिवासी लिम्बू समुदायको आस्थाको मुख्य केन्द्र मुक्कुमलुङमाथिको अतिक्रमविरुद्ध शान्तिपूर्ण ढङ्गले आवाज उठाउँदा प्रहरी लगाएर दमन गरिएको भन्दै सरकार अलोकतान्त्रिक बाटोमा अघि बढेको टिप्पणी गरे । 

‘प्रकृतिको दोहन भएको छ । हजारौं लालिगुराँसका बोट काटिएका छन् । मुन्धुमीस्थलमाथि अतिक्रमण गरिएको छ र हामी क्षमा माग्नलाई मुक्कुमलुङ पुगेका थियौं तर हामीमाथि दमन भयो,’ उनले भने, ‘यो ओली सरकारको निरङ्कुशकताको पराकाष्ट हो ।’केबुलकार निर्माण खारेजीलाई नो केबुलकार पक्षले बटमलाइन बनाएको छ । पाथीभरा दर्शन केबुलकार प्रालिले भने सुरक्षा घेराबीच केबुलकार निर्माणको काम धमाधम गरिरहेको छ ।

यसअघि गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा सरकारी वार्ता टोली थियो । आन्दोलनरत पक्षबाट प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समितिबीच छ बुँदे सहमति भएको थियो । तर, केबुलकार निर्माणको काम सहमतिअनुसार नरोकिएको भन्दै केबुलकार विरोधी समूह असन्तुष्ट बन्यो । यदि संवादकै माध्यमबाट केबुलकार निर्माण विवाद टुङ्ग्याउने भए राजनीतिक नेतृत्वको नेतृत्वमा सरकारी वार्ता टोली गठनको माग आन्दोलनरत पक्षले गर्दै आएका छन् । तर, गृहमन्त्री रमेश लेखक त्यसका लागि तयार छैनन् । 

यसपछि आन्दोलनरत पक्षले सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो, जुन आज सकिँदै छ । यसबीचमा कोशीका सबै जिल्लामा रहेका ग्लोबल आईएमई बैंक बहिस्कार गर्नेलगायतका कार्यक्रम आन्दोलनरत पक्षले गर्यो । केबुलकार निर्माणमा प्रयोग हुने सामानको ढुवानी रोक्ने, केबुलकार निर्माणको अनुमति दिने ताप्लेजुङको फुङ्लिङ नगरपालिका घेराउ गर्नेजस्ता कार्यक्रम गरे । 

गत १२ माघमा आन्दोलनकारी पक्षमाथि सशस्त्र प्रहरीले बलुडाँडामा गोली चलाएको थियो । अझै पनि उक्त घटनाका तीन जना घाइतेहरू उपचारमै छन् । उनीहरूको छाती, पाखुरा र घुँडामा गोली लागेको थियो । त्यसपछि उनीहरूले एक साता लामो मेची राजमार्ग र तमोर कोरिडोर बन्द गरेका थिए । १९ र २० माघमा अरुण–सभाखोला पूर्वका जिल्लाहरूमा आमहड्ताल गरेका थिए ।

लगत्तै सरकारले भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सोही समितिसँग तुम्याहाङ नेतृत्वको वार्ता सहजीकरण समितिले २१ र २२ माघमा संवाद गरेर छ बुँदे सहमति गरेका थिए । तर, ती सहमतिहरूको अक्षरशः पालना नभएको आन्दोलनरत पक्षका एक नेता श्रीप्रसाद लिम्बूले बताए । सोही कारण लगत्तै आन्दोलनकारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए ।

संसद् नसुन्ने सरकार
केबुलकार निर्माणलाई लिएर मुक्कुमलुङ अशान्त बनेको भन्दै मङ्गलबार कांग्रेस सांसद डिकबहादुर लिम्बूले संसद् बैठकमै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनले आन्दोलनरत पक्षसँग संवाद गरेर समस्याको निकास खोजिनुपर्ने सुझाए । तर, सरकार नसुनेझैं गरिरहेको छ । लिम्बूकै दल कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् । मुक्कुमलुङमा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवाद संवादकै माध्यमबाट सम्बोधन गर्न उनी तयार देखिएका छ्रैनन् । 

यसप्रति असन्तुष्ट लिम्बूले भनेका थिए, ‘मुक्कुमलुङमा उत्पन्न विवाद उत्कर्षतिर उन्मुख छ । सरकारले वार्ता टोली गठन गरेको भन्ने थियो तर खै के भयो ? के सरकारले जनताको आवाज सुन्नु पर्दैन ? यसबारे सरकारको जवाफ चाहन्छु ।’रास्वपा सांसद सुमना श्रेष्ठले जनताको आवाजलाई दबाएर कुनै एक व्यापारीलाई पोस्ने गरी मुक्कुमलुङमा केबुलकार बनाउन सिंगो राज्य संयन्त्र नै परिचालन भएको भन्दै आपत्ति जनाइन् । उनले सरकार जनताको आवाज सुन्नै नसक्ने हुनु दुःखद् भएको बताइन् । 

‘जनता आन्दोलनमा छन् । आन्दोलित जनताको कुरा सुन्ने पक्षमा सरकार देखिएन । यस्तो हुनु ठीक होइन, दुःखद् हो,’ उनले भने । गत २४ माघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी सांसद दुर्गा राईलगायत सांसदहरूले पनि बारम्बार मुक्कुमलुङमा केबुलकार निर्माण गर्न नहुने बताउँदै आएका छन् । तथापि सरकारले भने केबुलकार निर्माणको कामलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि तीब्रता दिएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १०:४८
#मुक्कुमलुङ_केबलबार_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP