Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
कृषि
  • Home
  • कृषि
  • बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०८१

भैरहवा-  कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । 

भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजानुहुन्छ । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’  पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उहाँसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ । 

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उहाँहरुको रुचि यसबाट घट्न थालेको छ । “पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ ।” पालले भन्नुभयो, “केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले सङ्ख्या घटाएर ३५ मात्र पालेको छु ।”

Hardik health

यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उहाँहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ । भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउँछन् । 

“पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो ।” उनले भने, “अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।”भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उहाँको बुझाइ छ । 

यसबाहेक अहिले तराईमै भेडाहरुको लागि चरन क्षेत्रको समस्या पनि छ । “पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो”, स्थानीय नापु पालले सुनाउनभयो, “चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।” मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरु उल्लेख्य सङ्ख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरुले पालेको पाल  बताउहुन्छ । चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उनको गुनासो छ । 

भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिए। ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए। 


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP