Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘गाउँको सिंहदरबार’मा मौलाउँदै भ्रष्टाचार
भ्रष्टाचारको प्रवृत्ति र प्रकृति फेरिँदा चुनौती ‘गाउँको सिंहदरबार’मा मौलाउँदै भ्रष्टाचार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ २९, २०८१
  • भ्रष्टाचारजन्यमध्ये ५२ प्रतिशत उजुरी स्थानीय तहको
  • स्थानीय तहको शिक्षा र स्वास्थ्य क्षेत्र बढी भ्रष्टाचारको अखडा
  • भ्रष्टाचार गर्ने प्रवृत्ति र प्रकृतिमा बद्लाव

काठमाडौं– स्थानीय तह गठन भएकै गाउँगाउँमा सिंहदरबार पु¥याउन हो । जनताको नजिकको सरकारको रूपमा रहेर सार्वजनिक सेवा प्रदान गर्न हो ।तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्ला वर्षहरूमा परेका उजुरीमध्ये आधाजसो भने स्थानीय तहकै छ । यसले गाउँगाउँमा सिंहदरबारमात्रै होइन भ्रष्टाचार पनि सँगै गएको देखिएको छ । आयोगका अनुसार स्थानीय तहको उजुरीमात्रै ५२ प्रतिशत छ, जुन १९ हजारको हाराहारी हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरे भने स्थानीय तहमा बढेको भ्रष्टाचारजन्य उजुरीलाई सामान्य रूपमा लिन्छन् । उनले प्रभावसँग भने, ‘हामीसँग स्थानीय सरकार ७५३ वटा छन् । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर दैनिक सेवा प्रवाह गर्ने भएकाले पनि जनगुनासो उच्च पाइन्छ ।’

हामीसँग स्थानीय सरकार ७५३ वटा छन् । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर दैनिक सेवा प्रवाह गर्ने भएकाले पनि जनगुनासो उच्च पाइन्छ ।
नरहरि घिमिरे
प्रवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आयोगले सोमबार ३४औं स्थापना दिवस मनायो । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । तर, भ्रष्टाचार नियन्त्रण त के यसको प्रवृत्ति र प्रकृतिमा निरन्तर बद्लाव आएको देखिएको छ । सरकारी निकायहरूमा सफ्टवेयर खरिद, डिपीआर निर्माणजस्ता नयाँ विषयमा भ्रष्टाचार बढ्दो रहेको अख्तियारले जनाएको छ ।

Hardik health

विगतमा भौतिक पूर्वाधार र विकास निर्माणमा केन्द्रित रहेको भ्रष्टाचार अहिले सफ्टवेयर खरिद, डिपीआर निर्माण, विद्यालय खाजा कार्यक्रम र तालिम सञ्चालनजस्ता क्षेत्रमा बढी रहेको अख्तियार प्रमुख प्रेमकुमार राईले बताएका छन् । स्थानीय तहको पनि ५० प्रतिशत भ्रष्टाचार शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेको उनको भनाइ छ । 

उनले जता स्रोत बढ्छ, त्यता भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए । प्राप्त उजुरीहरूमाथि अनुसन्धानको क्रममा केही वर्षयता स्थानीय तहमा बजेट निर्माणकै समयदेखि समस्या देखिन थालेको अख्तियारका अधिकारीहरु बताउँछन् । कयौं जनप्रतिनिध भ्रष्टाचारका मुद्दाका कारण निलम्बित भएका छन् । स्थानीय तहमा हुने धेरैजसो भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक दल र कार्यपालिकाको नेतृत्वको भूमिका महŒवपूर्ण हुने पनि स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख राईले बताए । 

उनले कार्यक्रममा भने, ‘सार्वजनिक सुनुवाइ, आन्तरिक नियन्त्रण प्रणाली, सामाजिक परीक्षणजस्ता नागरिक समाजोन्मुख आफ्नो कामको पारदर्शिता देखाउने उपायहरू हुन सक्छन् ।’स्थानीय तहका व्यवस्थापिकामा सभा तथा समितिले एकअर्कालाई शक्ति सन्तुलनमा राख्ने प्रणालीले काम गर्नुपर्ने विज्ञहरूको मत छ । यद्यपि, भ्रष्टाचार न्यूनीकरणको छाँट देखिएको छैन । कारण, चालु आर्थिक वर्ष २०८१/८२ को छ महिना नाघिसक्दा हालसम्म भ्रष्टाचारसँग जोडिएका उजुरीको संख्या १५ हजार नाघेको देखिएको छ । गत आर्थिक वर्षमा झन्डै २७ हजार वटा नयाँ र नौ हजार वटा पुराना उजुरी परेका आयोगको तथ्यांक छ । तीमध्ये उक्त वर्षमा तीन चौथाइ उजुरी फस्र्योट भएको आयोगले जनाएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले बर्सेनि सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा कयौं वर्षदेखि नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको रूपमा देखापर्ने सूचीमा छ । सन् २०२३ मा नेपाल १०८औं स्थानमा थियो । त्यसअघि सन् २०२२ मा ११०औं र सन् २०२१ मा ११७औं थियो । सन् २०२४ को भने आज सूचकांक सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।उक्त निकायले १८० देशमा त्यहाँका जनताले भ्रष्टाचार कति व्याप्त रहेको ठान्छन् भन्ने जान्नका लागि १–१०० को स्केलमा जाँच्ने गर्छ । कम अंक हुनुलाई खराब अवस्था मानिन्छ । नेपालले गत वर्ष ३५ अंक प्राप्त गरेको थियो ।

 


 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP