Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • गुरुङलाई उम्मेदवार बनाउने निर्णय सच्याउन दबाब
लोकतान्त्रिक एसोसिएसनमा विवाद गुरुङलाई उम्मेदवार बनाउने निर्णय सच्याउन दबाब
ममता थापा
ममता थापा मंगलबार, माघ २२, २०८१

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन फेरि किचलोमा फसेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटको विषयले एसोसिएसनमा आबद्ध व्यवसायीहरु विभाजित भएका हुन् । 

अघिल्लो निर्वाचनमा आन्तरिक किचलोकै कारण संघको नेतृत्व गुमाएको एसोसिएसनले यसपटक पनि त्यही नियति दोहो¥याउने संकेत गरेको छ । एसोसिएसनले संघको अध्यक्षमा भुवनसिंह गुरुङलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको छ । तर, असन्तुष्ट एवं अध्यक्ष पदका अन्य आकांक्षीहरुले गुरुङलाई उम्मेदवार बनाउने निर्णय नसच्याए संस्थाबाटै अलग्गिने चेतावनीसमेत दिएका छन् । गत निर्वाचनमा गुरुङले वागी उम्मेदवार बनेर एसोसिएसनको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको उनीहरुको आरोप छ । 

गुरुङलाई उम्मेदवार बनाउने निर्णयको विरोधमा अन्य छ जना आकांक्षी उभिएका छन् । वर्तमान महासचिव मेघनाथ भुर्तेल, एसोसिएसनका पूर्वअध्यक्ष कुमुद खनाल, चिरञ्जीवी बस्याल, प्रज्ञान न्यौपाने, सुजितकुमार श्रेष्ठ र किशोर केसी अध्यक्षको उम्मेदवार बन्न दाबेदार रहेका छन् ।आकांक्षीमध्येका खनालले लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने संस्थाले विद्रोहीको आवाजलाई नजरन्दाज गरे संस्थामा बसिरहनुको औचित्य नहुने चेतावनी दिएका छन् । उनले गुरुङलाई उम्मेदवार बनाउने निर्णय कार्यसमितिको निर्णय एकपक्षीय भएको दाबी गरे । पार्टी प्रतिनिधिको रोहबरमा गर्नुपर्ने निर्णय अध्यक्षलगायत सीमित पदाधिकारी मध्यरात बसेर गरेको उनको आरोप छ । 

‘कतिपय आकांक्षीले भोटिङमा जाऔं भन्दा पनि कार्यसमितिका १२–१५ जना व्यक्तिहरुले सार्वजनिक बिदाको दिन मध्यरातमा निर्णय गरे,’ खनालले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीलाई पनि भेटेर निर्णय सच्याउन माग गरेका छौं । पार्टीको पोखराको कार्यक्रम २४ गते सकिएपछि यसको निक्र्योल हुन्छ ।’पार्टीको प्रतिनिधिको अनुपस्थितिमा गरिएको निर्णय मान्य हुने हो भने शुभेच्छुक संस्थालाई खारेज गर्नुपर्ने उनले बताए । एसोसिएसनका अध्यक्ष दीपक थापा अघिल्लो निर्वाचनको बागी उमेदवार रहेका गुरुङको प्रलोभनमा परेर टिकट दिएको आरोपसमेत खनालले लगाए । ‘म नै पार्टी सभापति हुँ भनेजसरी अध्यक्षले एकलौटी निर्णय लिनुभएको छ, यो निर्णय सच्यानुपर्छ,’ उनले भने, ‘उहाँ कस्तो प्रलोभनमा लोभिनुभयो थाहा छैन ।’

Hardik health

अर्का आकांक्षी भुर्तेलले यदि अघिल्लोपटक संस्थाको निर्णयविपरीत जाने उमेदवारलाई पुनः उठाए त्यसले गलत थिति स्थापित गर्ने बताए । सामान्य छलफलसमेत नगरी निर्णय गरिनु अलोकतान्त्रिक हुनुका साथै शंकास्पद भएको उनको भनाइ छ । ‘विगतमा आकांक्षी र पूर्वअध्यक्षहरु एक ठाउँमा बसेर छलफल गरेपछि पनि निष्कर्षमा नपुगे पार्टीको प्रतिनिधिले टुंग्याउने गरिन्थ्यो,’ भुर्तेलले भने, ‘यसपालि अघिल्लो दिनसम्म आकांक्षीबीच छलफल हुँदै गर्दा एक्कासि निर्णय भएछ, भोलिपल्ट समाचारमा आउँदामात्र थाहा भयो ।’ गुरुङले अघिल्लोपटक बागी उठेर संस्थालाई पराजय भोग्न बाध्य गराएको उनले बताए । यद्यपि गुरुङको उमेदवारीमा प्रश्न चिह्न खडा भए पनि लोकतान्त्रिक प्रक्रियाबाट गुरुङको नाम टुंगिए मान्न तयार रहेको भुर्तेलले बताए ।

यता कार्यसमितिबाट अध्यक्षका उम्मेदवार बनेका गुरुङले यो निर्णय गराउन एसोसिएसनमा आफूले कसैलाई पनि प्रभावमा नपारेको प्रस्ट पारे । अरु आकांक्षीसरह प्रक्रियागत हिसाबले गएकामा कार्यसमितिले आपूmलाई छनोट गरेको उनले बताए । ‘म पनि एउटा आकांक्षी त हो नि, मैले निर्णय गर्ने हो र ? एसोसिएसनको कार्यसमितिले गर्ने निर्णयमा मैले के गर्न सक्छु,’ गुरुङले भने ।
 
उम्मेदवार छनोट निष्पक्षरुपमा गरिएको हो : अध्यक्ष थापा

एसोसिएसनका अध्यक्ष थापाले कार्यसमितिले निष्पक्ष हिसाबले उमेदवार टुंग्याएको बताए । ‘उमेदवारको कार्यपत्र प्रस्तुतीकरणपछि कार्यसमितिको बैठक बसेर, सदस्यले यो–यो उमेदवार ठीक हुन्छ भनेका आधारमा कार्यसमितिले निर्णय लिएको हो,’ अध्यक्ष थापाले भने, ‘दिउँसो १ बजे सुरु भएको छलफल राति साढे नौ बजेसम्म चलेको थियो, त्यसलाई मध्यरात भन्न मिल्दैन ।’ 

अघिल्लो निर्वाचनमा कार्यसमिति नै आधा–आधामा विभाजित भएको अवस्थामा दुवै पक्षले आफू आधिकारिक भनेर दाबी गरेकाले पार्टीले नै ‘जो जितेर आउँछ उही आधिकारिक हो’ भनेको उनको भनाइ छ ।यदि पार्टी महामन्त्रीसँग बसेर छलफल गर्नुपरे पनि आफूहरु तयार रहेको उनले बताए । पार्टीको प्रतिनिधि नराखी निर्णय गरेको आरोपबारे प्रश्न गर्दा उनले भने, ‘पार्टीको प्रतिनिधि विभागीय प्रमुख प्रकाश रसाइलीले कसलाई छान्ने भन्ने विषयमा कार्यसमितिले निर्णय गर्ने हो, जस्तो निर्णय हुन्छ त्यो कांग्रेसको आधिकारिक निर्णय हुन्छ भनेर कार्यसमितिलाई जिम्मा दिनुभएको हो ।’रसाइली उक्त दिन उपस्थित नभए पनि छलफलका क्रममा उपस्थित भएको अध्यक्ष थापाको भनाइ छ ।


निर्वाचन प्रचारप्रसार समिति गठन
लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । एसोसिएसनले संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटको संयोजकत्वमा १५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको हो ।

समितिमा सात जना उपसंयोजक बनाइएको छ । जसमा यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, हंसराज वाग्ले, नरेन्द्रप्रसाद ढकाल र कुमुद खनाल रहेका छन् । लोकतान्त्रिक एसोसिएसनमा आबद्ध सम्पूर्ण महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, पूर्वपदाधिकारीलगायत समितिमा राखिएको एसोसिएसनले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:३४
#लोकतान्त्रिक_एसोसिएसन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ बिहीबार, पुस १७, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP