Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • लप्सिफेदी सवस्टेसनलाई लिएर लिङ्देन–नापितबीच नोकझोक
लप्सिफेदी सवस्टेसनलाई लिएर लिङ्देन–नापितबीच नोकझोक
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ १०, २०८१

राप्रपा अध्यक्ष लिङ्देनलाई नगरप्रमुख नापितको आग्रह– तपाईंले कुलमान घिसिङलाई भनिदिनुपर्यो र सवस्टेसन छिटो हटाउन लगाउनुपर्याे ।’ लिङ्देनको आक्रोश– कुलमान मेरै मान्छे हो तर सवस्टेसन सार्नु भन्दिनँ । तपाईंलेचाहिँ तुरुन्त त्यहाँको विवाद मिलाउनुपर्यो । किन त्यहाँ मान्छे उचाल्दै हुनुहुन्छ ?


काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सवस्टेसन बनाइरहेको शंखरापुर नगरपालिका–३ लप्सिफेदीस्थित बोझेनीका स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । उनीहरूको एक सूत्रीय माग सवस्टेसन सार्नुपर्ने भन्ने छ । 

प्राधिकरणले भने उल्टै सुरक्षाकर्मी लगेर आन्दोलित स्थानीयवासीलाई धरपकड गर्दै जबर्जस्ती सवस्टेसन निर्माण कार्य अघि बढाएको छ । स्थानीयको माग सुन्ने पक्षमा प्राधिकरण देखिएको छैन । बरु, छ जना स्थानीयलाई पक्राउ गरेर अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । केही दिनयता आन्दोलनकारीहरूले पक्राउ परेकालाई विनासर्त रिहाइको माग गरिरहेका छन् । तर, उनीहरूलाई रिहा गरिएको छैन । अझ घरघरमै प्रवेश गरेर अन्य स्थानीयलाई कुटपिट गर्नेजस्ता अमानवीय व्यवहार भइरहेको र उनीहरू असुरक्षाका कारण जंगलमै बास बस्नुपर्ने अवस्था आएको वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बताए । 

त्यहाँका नगरप्रमुख रमेश नापित गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भएका हुन् । उनै मेयर नापितलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवस्टेसनलाई लिएर उत्पन्न विवाद मिलाउन फोनमार्फत गत साता दबाब दिए । त्यसपछि नापित र उनको साथमा आन्दोलित स्थानीयको एक टोली धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय आए । राप्रपाका एक सचिवालय सदस्यले प्रभावलाई दिएको जानकारीअनुसार नापितले सुरुमै भने, ‘अध्यक्षज्यू, तपाईंले कुलमान घिसिङलाई भनिदिनुपर्यो र सवस्टेसन छिटो हटाउन लगाउनुपर्यो ’। 

Hardik health

अध्यक्ष लिङ्देनले एकाएक आक्रोशित हुँदै भने, ‘कुलमान मेरै मान्छे हो तर सवस्टेसन सार्नु भन्दिनँ । तपाईंलेचाहिँ तुरुन्त त्यहाँको विवाद मिलाउनुपर्यो । किन त्यहाँ मान्छे उचाल्दै हुनुहुन्छ तपाईं ?’लिङ्देनले झन् ठूलो स्वरमा थर्काउँदै नापितलाई आफूले मेयरको टिकट दिएर जितेको मान्छेले भनेको मान्नुपर्ने बताए । यसपछि नापितले पनि आक्रोशित भए । उनले भने, ‘तपाईंले टिकट दिए पनि जिताएको तपाईंले होइन, मलाई स्थानीय जनताले जिताए । अहिले उनीहरूको माग सम्बोधन गर्न तपाईंले पहलकदमी लिनुपर्यो ।‘

मेयर नापित यतिमै रोकिएनन् । उनले लिङ्देनलाई औंला ठड्याउँदै भने, ‘म पनि यो पार्टीको कार्यकर्ता हो । मैले पनि यो पार्टीमा रगत पसिना बगाएको छु । र, निर्वाचित मेयर हुँ । यो पार्टी तपाईंको मात्रै होइन, सबैको हो । ठूला कुरा नगर्नुहोस् ।’ती सचिवालय सदस्यका अनुसार निकै बेरसम्म अध्यक्ष लिङ्देन र मेयर नापितबीच भएको भएको भनाभन भयो । लिङ्देनकै छेउमा बसेर यो भनाभन राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले सुनिरहे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान बुद्धिमानकै ज्वाइँ हुन् । 

कुलमानकै अग्रसरतामा पटक–पटक प्राधिकरण र स्थानीयवासीबीच वार्ता भएको छ । तर, वार्ताले सहमतिको मिलनबिन्दु पहिल्याउन सकेको छैन । यसपछि २०७९ सालदेखि नै आन्दोलित स्थानीयले आन्दोलन रोेकेका छैनन् । बोझेनीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिनमा तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौंलगायतमा वितरणका लागि ४००, २२० र १३२ केभी स्टेसन बन्ने योजनासहित त्यहाँ निर्माणको काम जारी छ । तर, स्थानीयवासी सवस्टेसन निर्माणले आफ्नो बास उठ्नसक्ने भन्दै अन्यन्त्र सार्न माग गरेर आन्दोलित छन् । 

त्यहाँ सवस्टेसनका लागि भन्दै पटक–पटकको अधिग्रहणपछि ७० जना स्थानीयको १७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको छ । उनीहरूले मुआब्जा लिइसकेका छन् । तर, पछिल्लो समय भने ती जग्गाधनीहरू जग्गा फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिँदा सवस्टेसन निर्माणमा जटिलता थपिएको हो ।तर, सवस्टेसन निर्माणको सन्दर्भमा स्थानीयलाई सही सूचना नदिएको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार एमसिसी परियोजनाअन्तर्गत निर्माण गरिने अन्तरदेशीय विद्युत् प्रसारणलाइनको प्रारम्भिक बिन्दु लप्सिफेदीमा तोकिनेबारे पहिले जानकारी दिइएको थिएन । 

२०७८ को अन्तिममा संसद्बाट एमसिसी परियोजना पारित भएपछि त्यसको प्रारम्भिक बिन्दु लप्सिफेदीमा हुने स्थानीयले थाहा पाएका हुन् । त्यसअघि नै उनीहरूबाट प्राधिकरणले जग्गा दिइसकेका थिए । त्यससँगै स्थानीय आक्रोशित भए । उनीहरू हालसम्म आन्दोलनमै छ्रन् । प्राधिकरणका अधिकारीहरूका अनुसार माथिल्लो तामाकोशीलगायतमा उत्पादित विद्युत् बाह्रबिसे सवस्टेसनमा जोड्न प्रसारणमार्गको आवश्यकता पर्छ । त्यहीँबाट काठमाडौं विद्युत् आपूर्ति गर्न चाँगुनारायण सवस्टेसन जोड्ने अर्को पनि प्रसारणलाइन आवश्यक पर्छ । 

लप्सिफेदीबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ को भोटेचौर हुँदै जाने एमसिसीका लागि नाङ्लेभारेतिरको प्रसारणलाइन छँदै छ । यसरी तीनतिर विद्युत् प्रसारणलाइन जडान गरिँदा लप्सिफेदी गाउँको आकाश प्रसारणलाइनको तारले माकुराको जालोजस्तो हुने र त्यसले जोखिम बढ्ने भन्दै स्थानीयले सवस्टेसन सार्न माग गरेर आन्दोलिन भएका हुन् । शंखरापुर–३ का वडाध्यक्ष तामाङले वातावरणीय प्रभाव मूल्यांकन र सार्वजनिक सुनवाइ प्रभावित क्षेत्रमा नभएको बताए ।

उनले वातावरणीय प्रभाव मूल्यांकन हुँदा काभ्रेको मण्डनदेउपुरमा सवस्टेसन निर्माण गर्नुपर्ने भनिएको थियो । तर, सुटुक्क लप्सिफेदीमा सवस्टेसन बनाउने कार्य गरिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । केही महिनाअघि त्यहाँ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ पनि पुगेका थिए । त्यसबेला उनले प्राधिकरणको कमजोरी भएको स्वीकारेका थिए । तर, सवस्टेसन हटाउन घिसिङ नेतृत्वको प्राधिकरणले चाहेको छैन ।
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध मंगलबार, पुस २९, २०८२
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी मंगलबार, पुस २९, २०८२
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक मंगलबार, पुस २९, २०८२
समानुपातिक सूचीमा रहेका १६४ जनाले लिए उम्मेदवारी फिर्ता
समानुपातिक सूचीमा रहेका १६४ जनाले लिए उम्मेदवारी फिर्ता मंगलबार, पुस २९, २०८२
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन मंगलबार, पुस २९, २०८२
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु मंगलबार, पुस २९, २०८२
दुई करोड २४ लाखका भेप बराबद
दुई करोड २४ लाखका भेप बराबद मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP