Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अधिवक्तामाथिको आक्रमण निन्दनीय
अधिवक्तामाथिको आक्रमण निन्दनीय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

बुधबार अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालतमा नियमित बहसमा सहभागी भएर फर्कंदै थिए । सोहीक्रममा उनीमाथि एक समूहले आक्रमण गर्यो । धन्न त्यसबेला त्यहाँ प्रहरी थियो र उनी जोगिए । नभए त्रिपाठीमाथि सांघातिक हमला हुने थियो ।

त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही हुनुपर्ने भन्दै सरकारी पक्षबाट बहस गर्न सहभागी वकिल हुन् । उनले पोखरासम्म पुगेर पनि लामिछानेविरुद्ध बहस गरेका थिए । रविको विपक्षमा उनीमात्र बहसमा उत्रिएका छैनन् अरु अधिवक्ता पनि छन्, यद्यपि त्रिपाठी भने तारो बने ।

यसको मुख्य कारण उनलाई कांग्रेसनिकट अधिवक्ता मानिन्छ । यसैगरी विभिन्न टेलिभिजन कार्यक्रममा त्रिपाठीले लामिछानेविरुद्ध अभिव्यक्ति पनि दिएको देखिन्छ । जसका कारण रास्वपाका कार्यकर्ता उनीमाथि आक्रोशित हुनु स्वाभाविक हो । तर, अदालतमा वकालत गरेकै कारण उनीमाथि आक्रमण हुनु स्वाभाविक हैन । अदालतमा जोसुकै आरोपी पुगे पनि पक्षधर र विपक्षीको बहस पैरवी हुन्छ । अधिवक्ताको यो कर्म हो धर्म हो ।

Hardik health

अदालत हुनु भनेकै विधिको शासन हो । कानुन व्यवसायीको पेसागत धर्म पनि हो, मुद्दामा पैरवी गर्नु । सहकारीको विषयमा लिएर अहिले देशभर मानिस विभाजित छ । यो विषयमा सहकारीमा रकम राखेका वचतकर्ताको रकम फिर्ता प्रमुख मुद्दा हो । यस विषयमा सरकारले, अदालतले पनि विशेष ध्यान दिनैपर्छ ।

सर्वसाधारण र आक्रोशितले बुझ्नुपर्ने कुरा, देशका शीर्ष नेता तल्लोस्तरमै उत्रेर गालीगलौचमा उत्रन्छन् । सरकार कुहिएर झर्नेसम्मको अभिव्यक्ति विपक्षी दलका नेताले दिँदा प्रधानमन्त्री हाँसेर टार्छन् । सत्ता उनीहरुले घुमाइरहेका छन् । कहिल्यै हातपात र आक्रमणमा उत्रँदैनन् । तर सर्वसाधारण भने आफ्नो आइडलमाथि आरोप लाग्यो भनेर बित्थामा आक्रोशित भएर निन्दनीय कार्यमा उत्रन्छन् ।

अधिवक्ता त्रिपाठीमाथि भएको घटना यसकै उदाहरण हो । यसले त्रिपाठीलाई शारीरिक चोट लाग्ला तर उदाउँदै गरेको दललाई भने गम्भीर असर पुग्छ नै । विधिको शासन भन्दै पाठ पढाउँदै प्रश्न गर्दै हुर्किरहेको पार्टीकै कार्यकर्ताबाट यस्तो कार्य हुँदा नयाँले कस्तो शासन खोजेको हो भनी प्रश्न उठ्छ । कुनैबेला यस्ता अराजक घटना हुँदा श्रव्यदृश्य छायांकन हुने व्यवस्था थिएन । अहिले हरेक घटनाको प्रमाण छायांकन हुन्छ । भोलि यस्तै घटनाले पिरोल्न सक्छ । त्यसैले संयमित बनौं । 
 


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP