Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एक खर्बभन्दा बढीको लागत अनुमान
विपद्पछिको पुनर्निर्माण एक खर्बभन्दा बढीको लागत अनुमान
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ १, २०८१
  •  डोटी र जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्राथमिकतामा
  •  सुरुमा डोटी भूकम्पबाट प्रभावित जिल्लामा यही २ माघबाट पहिलो किस्ताका लागि सम्झौता थालिने
  •  भूकम्प र बाढीपहिरोले क्षति गरेका एक लाख १५ हजार निजी आवास पुनर्निर्माण गर्नमात्रै ४० अर्ब रुपैयाँ लाग्ने अनुमान
  •  सडक र पुलतर्फ २९ अर्ब रुपैयाँको लागत आकलन
  •  पुनर्निर्माण सम्पन्न गर्न साढे दुई वर्ष लाग्ने

काठमाडौं– सरकारले विपद्पछिको पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । पुनर्निर्माण साढे दुई वर्षमा गरिसक्ने सरकारको लक्ष्य छ ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भीष्मकुमार भुसालले भूकम्प र बाढीपहिरोले क्षति गरेका एक लाख १५ हजार निजी आवास पुनर्निर्माण गर्नमात्रै ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । सडक र पुलतर्फ २९ अर्ब रुपैयाँको लागत आकलन गरिएको छ ।

उनका अनुसार आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले लागत रकमको आकलन गरेको हो । बैठकले माघदेखि उच्च प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गर्ने निर्णय पनि गरेको भुसालले बताए । यीबाहेक विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सिँचाइ आयोजना, खानेपानीलगायत भौतिक संरचनाको पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । 

डोटी र जाजरकोटमा भूकम्पपछिको पुनर्निर्माण माघदेखि सुरु गरिने छ र निर्माण भइसकेका संरचना भूकम्पप्रतिरोधी छन् कि छैनन् मूल्यांकन गरी एकमुष्ट रकम दिइने निर्णय गरेको छ ।
Bhisma-Bhusal-1736832291.jpg
भीष्मकुमार भुसाल
सहसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

प्राधिकरणको तथ्यांकमा मनसुनजन्य विपद्मामात्रै १९ हजार ७७१ निजी आवासमा क्षति पुगेको थियो । ९० वटा स्वास्थ्य संरचना, एक हजार ५६२ शिक्षाका संरचना, ८१३ खानेपानी तथा सिँचाइ र ३३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको थियो । भुसालले २०७९ मा डोटी केन्द्रबिन्दु भएर गएको भूकम्प र २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले प्राथमिकता राखेको बताए ।

Hardik health

‘डोटी र जाजरकोटमा भूकम्पपछिको पुनर्निर्माण माघदेखि सुरु गरिने छ र निर्माण भइसकेका संरचना भूकम्पप्रतिरोधी छन् कि छैनन् मूल्यांकन गरी एकमुष्ट रकम दिइने निर्णय गरेको छ,’ उनले सोमबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा भने । २०७९ मा डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले डोटीसँगै अछाम, बझाङ, बाजुरा र डडेलधुरामा क्षति पुगेको थियो । २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोटसँगै रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्लालगायत १२ वटा जिल्ला प्रभावित भएका थिए । 

यस्तै, २०८१ को मनसुनबाट २० जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ । तर, सुरुमा डोटी भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास पुनर्निर्माणको काम यही २ माघदेखि सुरु गरिने भएको छ । त्यसका लागि डोटी भूकम्पको विस्तृत क्षति आकलन (डिडिए) सम्पन्न भइसकेको छ । डोटी भूकम्पले ती पाँच जिल्लाको कूल नौ हजार ६८२ घरधुरी प्रभावित भएको भनिएकोमा विस्तृत क्षति आकलनबाट दुई हजार ६३७ घर पुनर्निर्माण गर्नुपर्ने उल्लेख छ । बाँकी छ हजार ६२४ प्रबलीकरण गर्नुपर्ने पाइएको प्राधिकरणले जनाएको छ । 

भूकम्पबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण गर्न सरकारले हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईका जिल्लामा तीन लाख रूपैयाँ रकम दिने भएको छ । यातायातको सहज पहुँजमा आधारित रहेर भेगीय रूपमा सरकारले राहत रकम निर्धारण गरेको हो । सोहीअनुसार अब सुरुमा डोटी भूकम्पबाट प्रभावित जिल्लामा यही २ माघबाट पहिलो किस्ताका लागि सम्झौता थालनी गरिने भएको भुसालले बताए । पुनर्निर्माणको काम भने जिल्लामा प्राधिकरणको समन्वयमा स्थानीय तहले अघि बढाउने भएको छ । 

जाजरकोट भूकम्पले १२ जिल्लाका ९१ हजार ८६२ घरधुरी प्रभावित भएका थिए । ती जिल्लामा भने विस्तृत क्षति आकलन गर्न बाँकी नै छ । मनसुनजन्य विपद्बाट भने २० जिल्ला प्रभावित भएका थिए । सर्वाधिक क्षति भने काभ्रेपलाञ्चोकमा भएको थियो । त्यसपछि पाँचथर, ललितपुर, उदयपुर, रौतहट, सर्लाही, इलाम, ओखलढुंगा, खोटाङ, चितवन, दोलखा, धादिङ, मकवानपुर, महोत्तरी, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, सोलुखुम्बु र सप्तरीमा क्षति पुगेको थियो ।

प्रदेशगतरुपमा हेर्दा बागमतीमा पहिरोबाट सर्वाधिक क्षति पुगेको थियो । विपद् प्राधिकरणको तथ्यांकमा काभ्रेपलाञ्चोकमा नौ हजार ४१४ घरधुरीमा क्षति पुगेको थियो । यसैगरी प्राधिकरणका अनुसार अन्य जिल्लासमेतका गरी कूल १९ हजार ७७१ घरमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त संरचना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डोटी र जाजरकोट भूकम्पका कारण ३२ सडक र पुलमा क्षति पुगेको थियो । मनसुनजन्य विपद्बाट ३४९ गरी ३८१ सडक तथा पुलमा क्षति पुगेको हो । सबैभन्दा बढी बागमती प्रदेशमा २६० वटा पुल र सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । 

भूकम्प र मनसुनजन्य विपद्बाट १७६ वटा सरकारी भवन तथा सहरी पूर्वाधारमा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रमा ठूलो क्षति भएको छ । मनसुनजन्य विपद्बाट दुई हजार सात र भूकम्पबाट ११२ विद्युत्, वैकल्पिक ऊर्जा र सिँचाइ आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । एक हजार ५६२ शैक्षिक पूर्वाधारहरू, ९० वटा स्वास्थ्य संस्था, खानेपानी, सरसफाइ तथा स्वच्छताका ८१३ योजनामा विपद्ले क्षति पु¥याएको छ । ३३ वटा पुराताŒिवक सम्पदामा क्षति पुगेको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP