Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
समाचार
  • Home
  • समाचार
  • मुक्कुम्लुङमा केबलकार बनाउन ‘बलजफ्ती’
थप चर्किंदै ‘नो केवलकार’ आन्दोलन मुक्कुम्लुङमा केबलकार बनाउन ‘बलजफ्ती’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस २२, २०८१
पाथीभरा केबलकार खारेजीको माग गर्दै आइतबार मेची राजमार्ग बन्द गराउनेक्रममा आन्दोलनरत स्थानीय । तस्बिरः केबलकार खारेजी संघर्ष समितिको पेजबाट
  • पक्राउ परेका आन्दोलनकारी रिहाइसँगै तमोर करिडोर र मेची राजमार्ग बन्द स्थगित
  • पक्राउ परेका आन्दोलनकारीलाई कुटपिट गरी शारीरिक यातना दिएको आरोप
  • आन्दोलनका अन्य कार्यक्रम जारी राख्ने र आन्दोलनलाई थप सशक्त बनाउने निर्णय

काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केवलकार निर्माण नगर्न दबाब दिँदै आएको संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । सुरक्षाकर्मीको फिर्ती माग राखेर अनिश्चित्कालीन यातायात बन्द गरेको समितिले आइतबार मेची राजमार्ग र तमोर कोरिडोर सडकमा सवारी आवागमन ठप्प पारेको थियो । यी दुई सडकखण्डको ठाउँठाउँमा आन्दोलनकारीहरू बसेका थिए, जसले गर्दा सवारीसाधन आवागमन आइतबार प्रभावित बनेको थियो । 

संघर्ष समितिमा रहेकी किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोका अनुसार स्थानीय आदिवासी लिम्बू (याक्थुङ) समुदायको मागलाई बेवास्ता गर्दै सुरक्षाकर्मी परिचालन गरेर बलपूर्वक केवलकार निर्माण गर्न लागिएको बताएकी छन् । त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहने उनले चेतावनी दिइन् । 
‘तल्लो फेदीमा प्रदेश सरकारले नै प्रहरी खटाएको छ । सशस्त्र प्रहरी लगेर राखिएको छ । एक जना होटल व्यवसायीलाई विस्थापित गरेर सुरक्षाकर्मी राखिएको छ,’ उनले प्रभावसँग भनिन्, ‘जबकि त्यहाँ सुरक्षाकर्मी नै चाहिँदैन । तर, आन्दोलनकारीमाथि दमन गराउन सुरक्षाकर्मी लगेर राखिएको छ । हामी भन्दै छौं छिटो सुरक्षाकर्मी हटाइयोस्, त्यसकै लागि हामीले चक्काजाम गरेका थियौं ।’आइतबार आन्दोलनकारीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन गरेर तल्लो फेदीबाट सशस्त्र र नेपाल प्रहरीलाई हटाउन दबाब दिए । तर, शर्मा दुवै सुरक्षा निकायलाई हटाउन तयार देखिएका छैनन् । 

तुम्बापोले भने आदिवासीको थातथलोमा कुनै संरचना बनाउनुपरे सरकार पक्षले पहिले प्रहरी लाने, त्यसपछि सशस्त्र प्रहरी हुँदै अन्ततः सेना लगेर बलपूर्वक संरचना निर्माण गराउने गरेको बताइन् । हाल मुक्कुम्लुङमा सरकारले त्यसै गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले अहिले त्यहाँ केही मान्छेलाई सरकारले नै आन्दोलनकारीविरुद्ध खडा गरेको दाबी गरिन् । 

आन्दोलनकारीमाथि दमन गराउन सुरक्षाकर्मी लगेर राखिएको छ । हामी भन्दै छौं छिटो सुरक्षाकर्मी हटाइयोस्, त्यसकै लागि हामीले चक्काजाम गर्यौं ।
निरन्ती तुम्बापो
महासचिव, कियाचु

Hardik health

गत २३ कात्तिकमा केवलकार निर्माणका लागि मेसिन लगेर शिलान्यास गरिएको थियो । त्यसबेला सरकारपक्षबाट बल प्रयोग भएको थियो । मजदुर अर्जुन लिम्बूमाथि ठेकेदारपक्षबाट खुकुरी प्रहार भएको थियो । अर्जुन घाइते भए । तर, किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयले लिएन । जिल्ला अदालतले पनि दर्ता गर्न अस्वीकार गर्यो । हतियार प्रहार भएका अर्जुनले कर्तव्य ज्यान उद्योगसम्बन्धी जाहेरी दिएका थिए । यसपछि अर्जुन उजुरीका लागि उच्च अदालत इलाम आए । त्यहाँ भने दर्ता भएको छ । तर, अदालतले मुद्दामाथिको कारबाही थालेको छैन । 

अर्कातिर यही १५ पुसमा मुक्कुम्लुङ संघर्ष समितिका टोलीसँग गएका तीन जनामाथि केवलकार निर्माणका लागि स्थानीय ठेकेदार रहेका इन्द्र केदेमपक्षले कुटपिट गरे । उल्टै उनीहरूलाई प्रहरीले हिरासतमा राखे । उनीहरू हुन्, जनम इधिंगो लिम्बू र दुईजना बालक सुशील नुगो र सञ्जोक नुगो । तर, नुगोद्वयलाई प्रहरीले गैरकानुनीरूपमा हिरासतमा राखेको आन्दोलनरत पक्षको भनाइ छ । दुवै पाँचथरको ओयामका हुन् । उनीहरूलाई प्रहरी प्रशासनले रिहा गर्न आनाकानी गरेपछि आइतबार तमोर करिडोर र मेची राजमार्ग आन्दोलनकारीहरूले बन्द गरेका हुन् । यद्यपि, आइतबार साँझ उनीहरू रिहा भए । 

उनीहरुको रिहाइसँगै तमोर करिडोर र मेची राजमार्ग बन्द स्थगित गरिएको आइतबार साँझ प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यद्यपि, आन्दोलनका अन्य कार्यक्रम जारी राख्ने र आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको सातवटा संघ संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।यस्तै, आन्दोलनका क्रममा आइतबार नै झापामा पक्राउ परेका आन्दोलनकारीहरू काङ्सोरे लावती र यलम्बर याक्थुङ्बा पनि साँझ रिहा भएका छन् । तर, तल्लो फेदीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी शर्मा तयार देखिएका छैनन् । शर्माले भने, ‘अहिले सुरक्षाकर्मी हटाउनेबारे केही सोचिएको छैन ।’

यसअघि आन्दोलनकारीको दबाबपछि तल्लो फेदीबाट सशस्त्र प्रहरी हटेका थिए । यद्यपि, प्रहरी र सशस्त्र दुवै सुरक्षा निकायलाई लगेर पछिल्लोपटक सरकारले राखेको हो । यसलाई आन्दोलनकारीहरूले जबर्जस्ती केवलकार निर्माण गर्न सरकारी पक्ष अघि बढेको अर्थमा बुझेका छन् । आन्दोनलकारीहरूले पवित्र मुन्धुमीस्थलमा केवलकार बनाउनु अनुचित भन्दै आएका छन् । हुन पनि केवलकार निर्माण गर्दा त्यहाँ हजारौं रुख कटान भइसकेका छन्, जसले  पर्यावरणीय सन्तुलनमै खल्खल पुर्याउन सक्ने चिन्ता प्रकट भइरहेको छ । अर्कातिर हाल मुक्कुम्लुङका कारण करिब ८०० परिवारले जीवन निर्वाह गर्दै आएका छन् । उनीहरूले अशक्त र अपांगता भएकालगायतलाई बोकेर मुक्कुम्लुङ पुर्याउँछन् । त्यसबापत निश्चित शुल्क लिन्छन् । त्यसले ठूलो परिवारलाई रोजगारी प्रदान गरेको छ ।

केवलकार निर्माणविरुद्धको संघर्ष समितिमा रहेकी तुम्बापो भन्छिन्, ‘यदि चन्द्र ढकालले त्यहाँ केवलकार निर्माण गरे ८०० भन्दा बढी परिवारले रोजगार गुमाउँछन् । उनीहरू बाध्य भएर विदेसिनुपर्छ । अहिले त कमसेकम रोजगारी पाएका छन् । पछि गुम्छ ।’मुक्कुम्लुङ देशकै तेस्रो बढी भेटी संकलन हुने धार्मिक केन्द्र हो । भेटीलाई राज्यकोशमा जग्मा गर्ने गरिन्छ । टाढाटाढादेखि मनोकांक्षा पूरा होस् भनेर जाने भक्तजनहरूले भेटी चढाउने गरेका छन् । आस्थाको केन्द्र भएकाले शीर निहुर्याएर मनोकांक्षा पूरा होस् भन्छन् । तर, त्यस्तो पवित्र धार्मिक केन्द्रमाथि केवलकार कुदाउनु गलत हुने उनीहरू बताउँछन् । 

केवलकार निर्माण परियोजनाले तीनवटा स्थानीय तह प्रभावित हुन्छन् । फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजंघा गाउँपालिका प्रभावित हुनेमा पर्छन् । हालसम्म फुङलिङबाहेकका दुवै स्थानीय तहले केवलकार निर्माणका लागि सहमति दिएका छैनन् । तर, पनि परियोजना निर्माण कार्य दमन गराएर भए पनि अघि बढाउने पक्षमा ठेकेदार कम्पनी देखिएको छ । यही १५ पुस र २३ कात्तिकको घटनाले त्यही पुष्टि गराउँछ । यसप्रति नागरिक समाजले विरोध गरेको छ । विकासको नाममा दमन बन्द गर्न सरकारलाई चेतावनी दिएको छ । 

विज्ञप्ति जारी गरेर नागरिक समाजले ऐतिहासिक–सांस्कृतिक सम्पदा मुन्धुमी भूमि ताप्लेजुङस्थित मुक्कुमलुङको बृहत्तर संरक्षणका लागि त्यहाँका आदिवासी लिम्बूलगायत स्थानीय समुदायहरू विगत सात वर्षदेखि निरन्तर संघर्षरत जनाएको छ । विकासको नाममा भ्रम छर्दै बहुप्रजातियुक्त जल, जंगल, जमिन, संस्कृति, सम्पदाहरू मासेर निश्चित लगानीकर्ता र कम्पनीलेमात्रै नाफा कमाउने पाथीभरा दर्शन केवलकार बनाउने कार्यको विरोधमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा आन्दोलनरत रहेको उल्लेख गरेको छ । तर, शान्तिपूर्ण विरोधलाई संवाद र सहमतिमा रुपान्तरण गर्नुको सट्टा शक्ति र सत्ताको आडमा जुनसुकै स्थितिमा भए पनि  केवलकार बनाइछाड्ने बलमिच्याइ, सुरक्षा संयन्त्रको ज्यादतीपूर्ण हस्तक्षेप, मनोमानी ढंगले निहत्था नागरिकहरूलाई पक्रिनु र कुटपिट गरिनुजस्ता कार्यप्रति गलत भएको समाजले विज्ञप्तिमा उल्लेख गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमुक्तिलगायत दलले पनि दमनको विरोध गरेका छन् ।

यसरी बनाइँदै छ केवलकार
मुक्कुम्लुङ (पाथीभरा)को फेदी काफ्लेपाटीमा केबलकारको तल्लो स्टेसन रहने छ । यो सदरमुकाम फुङलिङबाट २२ किलोमिटर टाढा छ । यहाँ स्टेसन निर्माणका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले करिब ६० रोपनी जग्गा किन्ने प्रक्रिया अघि बढाइसकेका छन् ।तल्लो स्टेसनमा मेकानिकल र इलेक्ट्रिकल हाउस, ड्राइभिङ मेसिनसरी, टिकट घर, कन्ट्रोल रुम र केबलकारको पार्किङस्थल रहने भनिएको छ । त्यहाँ कार पार्किङ एरिया र ढकालले सञ्चालन गर्ने रेस्टुरेन्ट र पसलहरू सञ्चालन गरिने छ । यो तल्लो स्टेसनमा केबलकारको मुख्य ड्राइभिङ स्टेसन रहने छ ।

फेदीबाट २.७ किलोमिटरको दूरीमा मन्दिर छेउको माथिल्लो स्टेसनमा पुगिने छ । एकतर्फी केबलकार नौ मिनेटमा पार हुने छ । पाथीभरामा ४३ वटा गोन्डुला (केबलकारका डिब्बा) सञ्चालनमा ल्याइने छ । ढकालले सञ्चालनमा ल्याउने केबलकार र होटल दैनिक १० घण्टा सञ्चालन हुने छ । दैनिकरूपमा १० हजार यात्रु बोक्ने क्षमता रहने सञ्चालकको दाबी छ । वर्षमा ३५० दिन चल्ने र वार्षिकरूपमा तीन करोड ५० लाख यात्रु ओसार्न सकिने कम्पनीको दाबी छ ।

डेढ वर्षमा केबलकार सञ्चालनमा आइसक्ने दाबी गरिएको छ । पहिलो दुई वर्ष २० प्रतिशत क्षमतामा सञ्चालन हुने छ भने त्यसपछिका छ वर्षसम्म क्रमशः १० प्रतिशत क्षमता बढ्दै जाने र सातौं वर्षदेखि ६० प्रतिशत क्षमतामा केबलकार चल्ने बताइएको छ ।




 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु शुक्रबार, मंसिर १९, २०८२
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, मंसिर १९, २०८२
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की शुक्रबार, मंसिर १९, २०८२
छ जना राजदूतले दिए राजीनामा
छ जना राजदूतले दिए राजीनामा शुक्रबार, मंसिर १९, २०८२
‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’
‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’ शुक्रबार, मंसिर १९, २०८२
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै शुक्रबार, मंसिर १९, २०८२
बिमाका लागि पशुको नामसारी अनिवार्य
बिमाका लागि पशुको नामसारी अनिवार्य शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP