Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
समाचार
  • Home
  • समाचार
  • सिकार आरक्षकाे माग गर्दै कार्मारोङ पालिका
सिकार आरक्षकाे माग गर्दै कार्मारोङ पालिका
दानबहादुर बुढा
दानबहादुर बुढा बुधबार, पुस १७, २०८१

मुगु- मुगु जिल्लामा कार्मारोङ पालिकाले छुट्टै निकुन्ज संरक्षण क्षेत्र वा सिकार आरक्षकाे माग गरेकाे छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै मुगुम कार्मारोङ गाउँपालिकाले हाल से फोक्सुण्डो राष्ट्रिय निकुन्जले ओगटेको मुगु जिल्लाको क्षेत्रलाइ समेटेर नेपाल सरकारले  अर्को निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्ष मध्य कुनै एक बनाउन माग गरेकाे हाे ।

मुगु जिल्लामा अर्को निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्ष बनाइए कार्मारोङको सम्वृद्धिको आधार तयार हुने गाउँपालिकाले जनाएको छ । 

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले हस्ताक्षर गरिएकाे विज्ञप्तिमा भनिएको छ,''मुगुम कार्मारोङ गाउँपालिका स्थापना भएदेखि हरेक गाउँसभामा से फोक्सुण्डो कार्यालय डोल्पामा रहेका कारण गाउपालिका भित्रका निकुन्ज तथा मध्यवर्तीक्षेत्रमा पर्ने डोल्फु,किम्री,ताखा,खारी,कार्तीका जनताहरुले राष्ट्रिय निकुन्जबाट पाउनु पर्ने सबै खाले सुविधा तथा प्रशासनिक सेवा प्राप्तिका लागि भौगोलिक कठिनाइ र दूरिका कारण एक हप्तासम्मको पैदल दुरि हिाडेर जानुपर्ने असहज परिस्थितीलाई मध्यनजर गर्दै उक्त से फोक्सुण्डो राष्ट्रिय निकुन्जले यस पालिका अन्तरगत ओघटेको ९०६ वर्गकिलोमिटर क्षेत्रफललाइ समेटी अलग राष्ट्रिय  निकुन्ज वा संरक्षण क्षेत्र स्थापनाका लागि संघिय सरकारसङ्ग पहल गर्ने विषयमा यस क्षेत्रका बुद्धिजिवी,सरोकारवाला र जनप्रतिनिधिहरुको उपस्थितिमा हरेक गाउँ सभामा निर्णय समेत हुँदै आएको र उक्त निर्णय तथा मागको आधारमा नेपाल सरकार वन तथा वातावरणले सो प्रकृया अगाडि बढाउन विस्तृत अध्ययनका लागि प्राविधिक समिती गठन गर्नु स्वागतयोग्य छ ।"

Hardik health

"यस्तै गाउँपालिकाका जनताले वर्षौं देखि भोगचलन तथा संरक्षण गर्दै आएको सो क्षेत्रलाई अध्ययन समितिले छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षित क्षेत्र स्थापनाका लागि सिफारिस गरेको खण्डमा नेपाल सरकारको प्रशासनिक संरचना स्थापनाभै गाउँपालिकाको सम्मृद्धीको मेरुदण्डको रुपमा यस क्षेत्रको प्राकृतिक तथा जैविक विविधताको दिगो संरक्षण तथा उपभोगका साथै निकुन्जबाट प्रवाह हुने सेवा सुविधाको सहज प्राप्ति र यस क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुग्ने कुरामा हामी सबै विश्वस्त हुन जरुरी छ । " 

विज्ञप्तिका अनुसार प्राकृतिक स्रोत माथि स्थानियबासी कै अग्राधिकार रहने कुरा नेपालको संविधान र  विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुन तथा सन्धिहरुले समेत सुनिश्चित गरेको र यस कुरामा स्वयम् गाउँपालिका प्रतिवद्ध र सचेत रहेको कुरा जानकारी गराउँदै छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्रको स्थापनाले यस क्षेत्रका आम नागरिकको हित विपरित हुने,वस्ती नै अर्को ठाउँ सारिने,अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नु पर्ने जस्ता आधारहिन भ्रम फैलाउने र यस क्षेत्रको धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने जस्ता अनावश्यक कुराहरु प्रचार प्रसार नगरिदिनहुन आम सरोकारवाला सबैमा आग्रह गरेकाे छ। 

अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले भनै , "से फोक्सुण्डो राष्ट्रिय निकुन्जले मुगु जिल्लाको ओघटेको क्षेत्र समेटेर राष्ट्रिय निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्षण बनाउन वन तथा वातावरण मन्त्री एैन बहादुर शाहिको मन्त्री स्तरिय निर्णय गर्दै   सोमबार विस्तृत अध्ययन कार्यदल गठन गरेका थिए  ।"

गठित  कार्यदलमा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत संयोजक, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत सदस्य, मुगु डिभिजन वन अधिकृत सदस्य र राष्ट्रिय वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ । 

जिल्ला समन्वय समिति र मुगुम कार्मारोङ गाउपालिकाबाट पटक पटक निकुञ्ज वा संरक्षण क्षेत्र स्थापनाको लागि माग गरिए अनुसार वन तथा वाताबरण मन्त्रालयले त्यसको कार्यन्वयनको लागि अध्ययन कार्यदल गठन गरेको थियो ।


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ मंगलबार, चैत २४, २०८२
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक मंगलबार, चैत २४, २०८२
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ मंगलबार, चैत २४, २०८२
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग मंगलबार, चैत २४, २०८२
चितुवाको आक्रमणबाट दुई घाइते
चितुवाको आक्रमणबाट दुई घाइते मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा  भट्ट नियुक्त गर्ने
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त गर्ने मंगलबार, चैत २४, २०८२
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै मंगलबार, चैत २४, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP