Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • बिआरआईले बिग्रियो भारतसँगको सम्बन्ध
एकै वर्ष तीन सरकार बिआरआईले बिग्रियो भारतसँगको सम्बन्ध
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, पुस १७, २०८१

काठमाडौं– सन् २०२४ को सुरुमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सत्तामा थिए । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले दाहाललाई साथ दिएको थियो । उक्त वर्षको ४ मार्चमा तत्कालीन प्रधानमन्त्री दाहालले कांग्रेसबाट अर्थमन्त्री भएका डा. प्रकाशशरण महतले काम गर्न अड्चन गरेको र दीर्घकालीनरूपमा वाम एकताको आधार बनाउने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए । कांग्रेससँगको करिब १४ महिने सहकार्य तोडियो ।

यसको मूल कारण तत्कालीन अर्थमन्त्री महतले माओवादी पूर्वलडाकुलाई व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गर्न अस्विकार गरेकोमा दाहाल रुष्ट हुनु थियो । उता देउवा दाहालसँग बिच्किए । दाहालले धोका दिएको भनेर देउवाले सार्वजनिक तिक्तता पोखे । जतिबेला एमाले–माओवादी गठबन्धनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थियो । शक्तिशाली गठबन्धन बन्दा दाहाल निकै हौसिए । कतिसम्म भने गठबन्धन २०८४ सम्मै टिक्ने हाँक लगाए । तर, जुलाई २ सत्ता संघर्षको नयाँ मिति बन्यो । देउवा र ओलीले हात मिलाए । दाहाललाई हुत्याएर सडकमा पु¥याए । यसो गर्नुको उद्देश्य सरकारमा स्थायित्व, राजनीतिक स्थिरता, विकास निर्माणलाई गति दिन, संविधान संशोधन र सुशासन कायम गर्नुलगायत भनिएको थियो । उता दाहालले बिचौलियाले आफ्नो सरकार ढालेको भन्न भ्याए ।

पछिल्ला दिनमा दाहाल भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्दा सडकमा पु¥याएको बताउँछन् । यसरी दाहालले आफू सत्ताविमुख हुनु पर्नाको अनेक कारण दर्शाए । तर, संसदीय राजनीतिक प्रणालीमा असंगतपूर्ण लाग्नेगरी संसद्को पहिलो दल कांग्रेसका सभापति देउवा र दोस्रो दल एमालेका अध्यक्ष ओलीबीच सहमतिपछि सत्ता सहकार्य भएको हो । ओली जुलाई २४ यता प्रधानमन्त्री छन् । दुई नेताबीच सत्ता सहकार्य संसद्को आधा–आधा कार्यकाल गर्ने भन्ने छ । यो सरकारलाई समर्थन जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीले समर्थन गरेका छन् । यी मसिना दलहरूको समर्थनले ओली दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्रीको हैसियतमा छन् । 

यति हुँदाहुँदै ओली नेकपा सरकारको प्रधानमन्त्री हुँदाजस्तो ‘रापिला’ छैनन् । जनतामा आशा जगाउनेगरी ‘बोल्ड एक्सन’ चाल्न ओली धकाएका छन् । मतलब, उनलाई प्रमुख सत्ताघटक कांग्रेसले पाइलापाइलामा अठ्याउने गरेको छ । यस्तोमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियान रोकेको आरोप लगाउने गरेका छन् । हुन पनि दाहाल सरकार छँदा चर्चित रहेका गिरिबन्धु टि–स्टेट काण्ड, बाँसबारी काण्ड, टीकापुर जग्गाकाण्डदेखि भुटानी शरणार्थीलगायत काण्ड सामसुम भए । यी काण्डहरूको छानबिन प्रभावित भएको छ, जसले दाहालले ओलीलाई सुशासन र भ्रष्टाचारविरोधी प्रधानमन्त्री भन्न मौका दिएको छ ।

Hardik health

हुन पनि संघदेखि प्रदेशसम्मै कांग्रेस–एमाले गठबन्धनको शक्तिशाली सरकारहरू छन् । संघमा उस्तै छ । यति हुँदाहुँदै पनि यस अवधिमा प्रदेश सरकार सबैभन्दा बढी अस्थिर बने ।
यस्तै, सन् २०२४ को जुन १० मा जनता समाजवादी पार्टी नेपालको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई नै निर्वाचित ग¥यो । यादवलाई अध्यक्षमा चुनौती दिने प्रभावशाली नेता देखिएनन् । त्यससँगै २०६३ यता यादवको नेतृत्व लगातार भयो । 

तर, यादव नेतृत्वको जसपा नेपाल फुट्यो । एमाले फुटाएर आएका नेता अशोककुमार राईले जसपा नेपाल फुटाए । जतिबेला प्रधानमन्त्री माओवादी अध्यक्ष दाहाल थिए । उनी र एमाले अध्यक्ष ओली आफ्नो दल फुटाउन जिम्मेवार रहेको यादवको आरोप थियो । हाल राईले नेतृत्व गरेको दल जसपाविरुद्ध कानुनी चुनौती अदालतमा छ । राईको दल भने ओली सरकारमा सहभागी छ ।  

अर्कातिर, सन् २०२४ मा जसपा नेपालसँगै महाधिवेशन गर्ने दल नेकपा एकीकृत समाजवादी पनि हो । यो दल माधवकुमार नेपाल नेतृत्वको हो । एमालेबाट २०७८ भदौमा विभाजित भएका नेपालसहितका नेताहरू रहेको यो दलले जुलाई पहिलो साता काठमाडौंमा महाधिवेशन ग¥यो । तर, महाधिवेशन प्रक्रिया, त्यसको म्यान्डेटअनुसार पोलिटब्युरो र पदाधिकारी चुनाव नहुँदा उक्त दल फुट्नबाट धन्नले जोगियो । नेतृ रामकुमारी झाँक्री, डा. विजय पौडेलसहितका एउटा पंक्ति नै असन्तुष्ट थियो । पार्टी फुटाएर एमालेमा जान मिल्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीलाई झाँक्रीसहितले भेटेरै आग्रह गरेका थिए । तर, कांग्रेस सभापति देउवा असहमत भए । माओवादी अध्यक्ष दाहालसहितका नेताहरू अध्यादेश नल्याउनका लागि दबाब दिन बालुवाटार नै पुगे । अन्ततः अध्यादेश रोकियो । पार्टी फुटको सम्भावना तत्कालका लागि ट¥यो । 

माओवादीबाट विभाजन भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन पनि डिसेम्बर चौथो साता भयो । महाधिवेशनले मोहन वैद्यलाई महासचिवमा सर्वसम्मत चयन ग¥यो । वैद्य हाल बिरामी छन् । गत अगस्टमा सरकार बनाउन र भत्काउन समय खर्चेका प्रमुख दलले शान्ति प्रक्रियाको बाँकी काम निष्कर्षमा पु¥याउन टिआरसी विधेयक पारित गरे । शान्ति प्रक्रियाको यो महŒवपूर्ण कार्यभार हो । तर, पारित भएको कानुनअनुसार टिआरसीसम्बन्धी आयोगमामा पदाधिकारी सिफारिस गर्न सकेको छैन । 

टिआरसी ऐनमा मानवअधिकारका गम्भीर उल्लंघनबाहेकका मानवअधिकार उल्लंघनका दोषीलाई माफी दिएर पीडक र पीडितबीच मेलमिलाप गराउने प्रावधान छ । मानवअधिकारको गम्भीर उल्लंघनमा संलग्न देखिएका व्यक्तिउपर मुद्दा चलाउनुपर्ने देखिए घटना हुँदाको परिस्थिति, कारण, छानबिन, प्रतिवेदन र प्रमाणसहित महान्यायाधिवक्तासमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटनाबाहेकका मानवअधिकारको गम्भीर उल्लंघनका अन्य घटना वा मानवअधिकार उल्लंघनका घटनामा प्रचलित कानुनबमोजिम २५ प्रतिशत सजायको मागदाबी लिनसक्ने व्यवस्था छ । फौजदारी अपराध संहिताअनुसार हत्याको कसूरमा जन्मकैदको सजाय हुन्छ, जुन २५ वर्ष हो । विधेयकले कानुनको रूप लिएपछि द्वन्द्वकालमा क्रूरतापूर्वक वा नियतपूर्वक कसैको हत्या गरेको कसूरमा दोषी करार हुनेलाई अब छ वर्ष तीन महिनामात्रै जेल सजाय हुन सक्ने छ ।

यस्तै, प्रधानमन्त्री ओलीले डिसेम्बर पहिलो साता चीन भ्रमण गरे । त्यहाँ उनले बहुचर्चित बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) फ्रेमवर्कमा ‘एड फाइनान्सिङ’ शब्द थपेर सम्झौता गरे । सम्झौतालाई लिएर प्रमुख सत्ताघटक कांग्रेसका केही नेता लगातार विरोध गरिरहेका छन् । यसलाई कतिपयले गठबन्धनमा विभाजन रेखा कोर्ने आधार मानेका छन् । यसबाहेक प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत झनै रुष्ट बनेको छ । किनभने ओलीले अघोषितरुपमा प्रधानमन्त्री भएपछि भारत पहिले भ्रमण गर्ने परम्परा तोडेका थिए । यससँगै झनै रुष्ट बनेपछि भारतले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको छैन । 

अर्कोतिर, प्रमुख प्रतिपक्षी दलले भ्रष्टाचारविरोधी अभियान रोकेको आरोप लगाएका बेला सहकारी ठगी अभियोगमा रास्वपाका सभापति रवि लामिछाने अक्टोबर १८ मा पक्राउ परे । गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक भएका बेला पोखरा, रूपन्देही, चितवन, पर्सा र काठमाडौंका विभिन्न सहकारीमा बचत भएको सर्वसाधारणको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । हाल उनी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन् भने हाल कास्की जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

सन् २०२४ को डिसेम्बर अन्तिम साता स्थानीय तहको उपनिर्वाचन भयो । उपनिर्वाचनबाट माओवादीले स्थानीय तहमा आकार बढायो । कांग्रेसले घटायो । स्वतन्त्र र नयाँ दलप्रतिको विकर्षण देखियो । अर्थात् पुराना दलप्रति नै जनमत देखियो । ४४ स्थानका लागि भएको उपनिर्वाचनमा पहिलो कांग्रेस १९, दोस्रो माओवादी ११, तेस्रो एमाले आठ पद जित्न सफल भएका थिए । 

डिसेम्बरको अन्तिमतिर भने एमाले अध्यक्ष ओलीले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाइदिए । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनालाई छ महिना निलम्बन गरे । विवादित व्यवसायी मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालय बनाउन जग्गा दिने र दिएको जग्गामा कार्यालय बनाउने भन्ने निर्णयको उनीहरूले विरोध गरेका थिए । उनीहरूले प्रतिनिधि परिषद् बैठक र पोलिटब्युरो बैठकले एमाले आफैंले पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेको भन्दै आफैं बनाउनुपर्ने भनेका थिए । अन्ततः ओलीले उनीहरूमाथि कारबाहीको डण्डा चलाए । कारबाहीलाई लिएर एमालेमा आन्तरिक लोकतन्त्र संकटमा रहेको टिप्पणी भइरहेको छ ।
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP