Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • १५ विधेयक विधाराधीन, संघीयतासम्बन्धी कानुन छिटो बनाउन प्रदेशको दबाब
कानुन निर्माणमा विलम्ब १५ विधेयक विधाराधीन, संघीयतासम्बन्धी कानुन छिटो बनाउन प्रदेशको दबाब
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस १४, २०८१

काठमाडौं– संघीय संसद्अन्तर्गतका विभिन्न समितिमा १५ वटा विधेयक विचाराधीन छन् । लामो समयदेखि छलफल भए पनि ती विधेयकहरू विचाराधीन अवस्थामै छन् ।कानुन निर्माणमा विलम्ब भइरहेको भन्दै सार्वजनिकरूपमा भने सांसदहरूको आलोचना भइरहेको छ । यस्तोमा विधेयकहरू छलफलका नाममा अड्किरहेका छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अर्थ समितिमा भन्सार विधेयक २०८०, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ विचाराधीन छन् । राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० र संघीय निजामती सेवा विधेयक २०८० माथि छलफल चलिरहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, पूर्वाधार विकास समितिमा विद्युत् विधेयक २०८० र जलस्रोत विधेयक २०८१ माथि छलफल भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० विचाराधीन छन् । 

वर्तमान संसद् गठन भएदेखि हालसम्म ४० वटा विधेयक दर्ता भएका छन् । त्यसमध्ये ३७ वटा सरकारी विधेयक हुन् । तीनवटा गैरसरकारी विधेयक रहेको संसद् सचिवालयले जनाएको छ । १७ वटा भने संसद्को दुवै सदनबाट पारित भइसकेको प्रवक्ता गिरीले बताए । संसद्को पहिलो अधिवेशनमा १० वटा विधेयक दर्ता भएका थिए । दोस्रोमा ११ वटा, तेस्रोमा नौवटा र चौथो अधिवेशनमा १० विधेयक दर्ता भएका थिए । दर्ता भएकामध्ये राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सरकारले फिर्ता लिइसकेको छ । 

Hardik health

यसपछि ओली सरकारले संसद् बैठक नचलेको मौका छोपेर राजनीतिक दल विभाजन खुकुलो पार्नेगरीको अध्यादेश ल्याउन खोजेका थिए । माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी विभाजन गर्ने उनको चाहना थियो । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक देखिए । अन्ततः ओलीले अध्यादेश अघि बढाएनन् । अर्कातिर, दलसम्बन्धी विधेयक पनि सरकारले फिर्ता लियो ।  

यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, विधायनसम्बन्धी विधेकय, २०८० र बैंकिङ कसूर तथा सजाय विधेयक (दोस्रो संशोधन) विधेयक, २०८० समितिको प्रतिवेदनसहित सदनमा पेस भएका छन् ।

 

विचाराधीन विधेयकहरू
अर्थ समितिमा 
१. भन्सार विधेयक २०८०
२. बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०
३. सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०
४. धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ 
५. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ 

राज्य व्यवस्था समितिमा
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७
२. भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७
३. निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०
४. संघीय निजामती सेवा विधेयक २०८०

शिक्षा समिति
१. विद्यालय शिक्षा विधेयक २०८०
२. सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०

पूर्वाधार विकास समिति
१. विद्युत् विधेयक २०८० 
२. जलस्रोत विधेयक २०८१ 

कानुन, न्याय तथा मानवअधिकार समिति
१. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० 

उद्योग तथा वाणिज्य समिति 
१. विद्युतीय व्यापार विधेयक २०८०


‘फूल हाउस’मा फोकस 
सत्तारूढ मुख्य दल कांग्रेस र एमाले विधाराधीन विधेयकहरूलाई आगामी हिउँदे अधिवेशनको सुरुमै ‘फुल हाउसमा पेस गर्न केन्द्रित भएका छन् । त्यसका लागि दुई दलले संसदीय समितिका बैठकहरूलाई प्रभावकारी र नतिजामुखी बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।एमाले प्रमुख सचेतक महेश बर्तौलाले समितिको बैठक नियमित राख्ने र हरेक बैठकअघि सम्बन्धित समितिका सभापति, प्रमुख सचेतक र सचेतकमार्फत पार्टीका सांसदलाई जानकारी दिन भनिएको बताए । उनले सत्तापक्षका सांसद अनुपस्थित भएर समिति बैठकमा कोरम पुगेन भन्ने छुट नभएको पनि बताए । 

‘संसदीय समितिलाई परिणामुखी बनाउन सत्तारूढ दलका तर्फबाट एक प्रकारको आन्तरिक ह्विप नै जारी गरिएको छ, संसदीय मामिलामा अनिवार्य उपस्थिति भएर बैठकमा सहभागी हुने, विधेयकमा सक्रियताका साथ भूमिका निर्वाह गर्ने र छिटोभन्दा छिटो विचाराधीन विधेयकलाई प्रतिवेदनसहित सदनमा पेस गर्न निर्देशन दिएका छौं,’ प्रमुख सचेतक बर्तौलाले प्रभावसँग भने । पछिल्ला दिनमा भने संसदीय समितिहरूको बैठक लगातार बसिरहेका छन् । संसद्का प्रवक्ता गिरीका अनुसार हाल प्रतिनिधिसभाका विभिन्न समितिमा १५ र राष्ट्रिय सभाको विधायन समितिमा चारवटा विधेयक छलफलकै क्रममा छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एउटा विधेयक विचाराधीन छन् । 

हालै गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुखहरूको भेलाले ‘छिटो संघीयतासम्बन्धी कानुन देऊ’ भन्दै संघीय सरकारलाई दबाब दिएका थिए । संघीयतासम्बन्धी कानुनहरू संघले निर्माण नगर्दा प्रदेशले पनि आवश्यक कानुन निर्माण गर्न नसकेको उनीहरूको भनाइ थियो ।यस्तो बेला सत्तारूढ दुई दल कांग्रेस–एमालेले संसदीय समितिको बैठकलाई परिणाममुखी बनाउन आ–आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । बैठकमा विधेयकमाथिको छलफलमा सक्रियतापूर्वक सहभागिता जनाउन पनि निर्देशन दिएका हुन् । 
 


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP