Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एकीकृत समाजवादीमा फुट टर्यो तर उत्साह मर्यो
एकीकृत समाजवादीमा फुट टर्यो तर उत्साह मर्यो
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, मंसिर ३०, २०८१

पार्टीमा विभिन्न कारणले केही नेता असन्तुष्ट हुनुहुुन्थ्यो । उहाँहरूलाई सम्बोधन गर्दै स्थायी कमिटीलाई ४१ सदस्यीय बनाएका छौं । अब उहाँहरूलाई जिम्मेवारी तोकिन्छ । 
Jagannath-1734239701.jpg
जगन्नाथ खतिवडा
उपाध्यक्ष, एकीकृत समाजवादी

 

  • असन्तुष्ट १७ जना नेतालाई स्थायी कमिटी सदस्य बनाएपछि पार्टी फुटबाट जोगियो 
  • अझै हुन सकेन नेताहरूको कार्यविभाजन
  •  जिल्ला र प्रदेश इञ्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका पद लिन नेताहरूबीच हानाथाप

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी फुटबाट जोगिएको छ । असन्तुष्ट १७ जना नेतालाई स्थायी कमिटी सदस्य बनाएपछि पार्टी फुटबाट जोगिएको हो । यसअघि स्थायी कमिटी सदस्य २४ जना थिए । असन्तुष्ट नेताहरूलाई थपिएपछि ४१ भएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।‘पार्टीमा विभिन्न कारणले केही नेता असन्तुष्ट हुनुहुुन्थ्यो । उहाँहरूलाई सम्बोधन गर्दै स्थायी कमिटीलाई ४१ सदस्यीय बनाएका छौं । आजै उहाँहरूलाई जिम्मेवारी तोकिन्छ,’ उनले शनिबार प्रभावसँग भने ।

गत असारको तेस्रो साता एकीकृत समाजवादीको पहिलो महाधिवेशन भएको थियो । महाधिवेशन हलले दिएको ‘म्यान्डेट’ विपरीत केन्द्रीय समितिको आकार ठूलो बनाइएको थियो । यसमा पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल जिम्मेवार रहेको असन्तुष्ट नेतृ रामकुमारी झाँक्रीलगायतले आरोप लगाएका थिए ।

Hardik health

यहीबीच पार्टीको पोलिटब्युरो र पदाधिकारीमा एकपछि अर्को चुनाव भयो । चुनावी प्रतिस्पर्धामा झाँक्रीसहितका नेताहरू पराजित भए । यसपछि पार्टीमा असन्तुष्टि चुलियो । त्यहीबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न झाँक्री र सांसद कृष्णकुमार श्रेष्ठ (किसान)बारम्बार गए । स्रोतका अनुसार उनीहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ओलीलाई दबाब दिएका थिए । अध्यादेश ल्याए पार्टी विभाजन गर्नेसम्मको तयारीमा उनीहरू थिए । तर, स्रोतको दाबीमा प्रमुख सत्ताघटक कांग्रेसका सभापति शेरबहादुर देउवा अध्यादेश ल्याउन तयार भएनन् । यसपछि अध्यादेश ल्याउने ओली चाहना अधुरै रह्यो ।


एकीकृत समाजवादीमा असन्तुष्ट नेताहरू पार्टी फुटाएर अलग हुन सके न पार्टीमा क्रियाशील हुन सके । एक जना नेताका अनुसार पार्टी संरचना नै ‘प्यारालाइज्ड’ भयो । तर, स्थायी समितिमा असन्तुष्ट नेताहरूको चयनले पार्टीको सम्भावित फुट तत्कालका लागि टरेको र पार्टी संगठन चलायमान हुने नेताहरूको विश्वास छ ।स्थायी समितिमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा. वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रूधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई मनोनीत गरिएको छ ।  

दुई वर्षअघि भएको आमचुनावमा राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादी बिस्तारै खिइँदै जाँदा विवाद झाँगिएको थियो । सानो पार्टीको ठूलो विवादले पार्टी विभाजन हुने स्थितिमा पुगेको थियो । नेताहरू तीनतिर फर्केका थिए । कोही एमाले त कोही माओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा पनि उभिएका थिए । कतै त पार्टीको सिंगो जिल्ला समिति नै एमालेमा विलय भएको थियो । पार्टीको सबै संरचना चलायमान नभएको नेताहरू स्वीकार्छन् । 

प्रभावसँगको कुराकानीका क्रममा कर्णाली संसद्मा ‘फ्लोर क्रस’ गरेर एकीकृत समाजवादी निर्माणको आधार खडा गरेका नेता अम्बरबहादुर थापाले यस्तो पार्टी होला भन्ने लागेको भए त्यसरी विद्रोह नगर्ने थिएँ भनेका थिए । अन्ततः स्थायी समितिमा असन्तुष्ट नेताहरूलाई समेटिएपछि तत्काल विवाद सामसुम भएको हो । पार्टी उपाध्यक्ष घनेन्द्र बस्नेतले महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउनेगरी मापदण्ड बनेको बताए । उनले भने, ‘कार्यदलले पेस गरेको प्रस्ताव पदाधिकारी बैठकले पास गरेपछि केन्द्रीय कमिटीले पास गर्छ अनि यो व्यवस्था लागू हुन्छ ।’


तर, एकीकृत समाजवादीमा अहिलेसम्म नेताहरूको कार्यविभाजन भएको छैन । पार्टीमा जिल्ला र प्रदेश इञ्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानाथाप छ । संगठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले दाबी गरेका छन् । एउटै विभागमा उपाध्यक्ष, महासचिवले दाबी गर्दा कार्यविभाजनमा समस्या भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।


एक व्यक्ति एक पद 
आन्तरिक विवाद हल गर्न नेकपा एकीकृत समाजवादीले गठन गरेको सात सदस्यीय कार्यदलले पार्टी अध्यक्ष बाहेककालाई ‘एक व्यक्ति, एक पद’को अवधारणा अघि सारेको छ । त्यसो गरिए विवाद समाधान हुने राय कार्यदलले दिएको उपाध्यक्ष घनेन्द्र बस्नेतले बताए । ‘पार्टीमा एक ठाउँमा कार्यकारी भूमिका भएकालाई अर्कोे ठाउँमा कार्यकारी भूमिका नदिने गरी प्रस्ताव तयार भएको छ । यो विवाद अन्त्यको माध्यम हुन सक्छ,’ उनले भने । 

यद्यपि, पार्टीमा असन्तुष्टि भने पूर्णतः सम्बोधन भएको छैन । अध्यक्ष माधवकुमार नेपालको नेतृत्व शैलीमा कुनै परिवर्तन नआएको भन्दै पार्टीको निर्वाचनमा पराजित मात्र होइन, विजयी भएकालेले पनि असन्तुष्टि पोख्दै आएका छन् । यसको सोझो प्रभाव विद्यार्थी र युवा संघमा देखिएका छन् । दुवै संगठन निष्क्रियजस्तै बनेका छन् । युवा संघमा त समानान्तर कमिटी नै बनेको थियो ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP