Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • दुर्गा प्रसाईंविरुद्ध साढे सात वर्ष कैद सजाय माग
दुर्गा प्रसाईंविरुद्ध साढे सात वर्ष कैद सजाय माग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, मंसिर २७, २०८१
  • विद्युतीय कारोबार मुद्दामा डेढी सजाय माग
  • जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस

काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । डेढी सजाय माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी कसूरमा मुद्दाको अभियोजन गरेको हो । 

प्रसाईंविरुद्ध यसअघि पनि विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको र हाल विचाराधीन अवस्थामा छ । त्यही भएर डेढी सजायको माग दाबी गरिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले बताए । ‘नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनमार्फत दिएको सुझावको आधारमा मुद्दाको अभियोजन गरेका हौं,’ उनले प्रभावसँग भने, ‘फेरि, प्रसाईंविरुद्ध यसअघि पनि सोही कसूरमा मुद्दा दर्ता भएर विचाराधीन हुनाले डेढी सजायको माग दाबी गरेका छौं ।’

काठमाडौं जिल्ला अदालतमा प्रसाईंको थुनछेक बहस आज (बिहीबार) हुने भएको छ । बहसपछि अदालतले थुनामा राख्ने वा थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश गर्ने छ । यो मुद्दामा अदालतले थुनाबाहिर राख्ने आदेश दिए पनि उनी छुट्न भने तत्कालै पाउने छैनन् । कारण, उनीविरुद्ध सिआइबीले अदालतबाट पक्राउ अनुमति लिएरै अर्को मुद्दामा अनुसन्धान गरिरहेको छ । 

त्यो हो– आपराधिक लाभ र संगठित अपराध । व्यवसायीलाई धम्क्याएर रकम असुल्न खोजेको आरोपमा उनीसहितका व्यक्तिविरुद्ध सिआइबीले अनुसन्धान गरिरहेको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईं पछिल्लोपटक यही ४ मंसिरमा भक्तपुरको निकोसेरास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ पर्नुको कारण कम्बोडियाको स्मार्ट एजियाटा नामक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेकाले हो ।

Hardik health

उनले ३ मंसिरमा पत्यार नलाग्ने खालका भिडियो सामग्री उनकै शब्दमा ‘विशेष पत्रकार सम्मेलन’मार्फत सार्वजनिक गरेका थिए । भिडियोमा देखाइएको कागजातमा उल्लिखित ओलीको नाम र हस्ताक्षर मिल्दो देखिँदैन थियो ।यसपछि प्रसाईं सिआइबीको टोलीबाट पक्राउ परे । अनुसन्धानका क्रममा उनले आफूले सार्वजनिक कागजात कसैले दिएको बताइसकेका छन् । तर, ती व्यक्ति आफूले नचिनेको बयान दिएका छन् ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसूरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्न मागदाबी गरिएको छ । यसअघि पनि उनीविरुद्ध दुई पटक साइबर अपराधमै मुद्दा दायर भइसकेकाले थप सजायको प्रावधान आकर्षित हुने भएको हो । ऐनको दफा ४७ को (२) अनुसार पटक–पटक साइबरसम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ । सो व्यवस्थाअनुसार उनलाई साढे सात वर्षसम्म कैद माग गरिएको हो ।

उनी यसअघि गत १५ असोजमा रिहा भएका थिए । त्यसबेला उनले गाली बेइज्जती र साइबर अपराधसम्बन्धी दुईवटा कसूरमा ५०–५० हजार बुझाउनुपरेको थियो । ६ असोजमा उनी गाली बेइज्जती र साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि एक जना केन्द्रीय सदस्यलाई जापानमा वेश्यावृत्ति गरेको आरोप लगाएका थिए । रास्वपाकी ती केन्द्रीय सदस्य झापाकै हुन् । उनले प्रसाईंले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि  प्रहरीले पक्राउ गरेको थियो । 

त्यसबेला प्रसाईं समर्थकहरू झापामा आन्दोलित भएका थिए । त्यसक्रममा उनका समर्थकले झापामा केही ट्रकमाथि आगजनी गरे, जसमा गम्भीर घाइते भएका चालक मृत्यु भयो । चालकको मृत्यु प्रकरणले पनि प्रसाईंलाई कानुनी चुनौती थपिने भएको छ । उनी युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा चर्को र विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने मेडिकल व्यवसायी हुन् । 

कहिले राजा ल्याउने घोषणा त कहिले व्यवस्था (गणतन्त्र) फाल्ने उनको दाबी थियो । कहिले लघुवित्तपीडितलाई विभिन्न आश्वासन दिएर सडकमा उतारे त कहिले कहिले बैंकर्सलाई कालो मोसो दल्ने अभियान चलाए । कहिले नागरिकमा सरकार र दलहरूप्रति कायम वितृष्णा र आक्रोशमा टेकेर युट्युबमा घृणास्पद, लाञ्छनायुक्त र अन्टसन्ट अभिव्यक्ति दिए । पछिल्लो एक वर्षयता उनी धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानको समूहका संयोजक थिए । जुन समूहमार्फत उनी वर्तमा राज्यव्यवस्थाप्रति आक्रोश ओकल्थे । 

‘हजुरबा’लाई निशाना बनाउँदा ...
पछिल्ला वर्षहरूमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली दुर्गा प्रसाईंको निशानामा थिए । ओलीमाथि उनको आरोपैआरोप थियो । कम्बोडियाको टेलिकममा लगानी गरेको देखि देशकै सबैभन्दा भ्रष्ट नेतासम्म भन्थे । यसपछि ओली प्रसाईंसँग रुष्ट थिए । जबकि, प्रसाईं ती व्यक्ति हुन्, एमाले राजनीतिमा दशकौंदेखि लागेका नेताहरूलाई छाडेर दसौं महाधिवेशनमा प्रसाईंलाई ओलीले केन्द्रीय सदस्य बनाएका थिए । तर, गत वर्ष झापाको मेची पुलमा देशको अन्तिम राजा ज्ञानेन्द्र र उनको परिवारका सदस्यलाई साँक्षी राखेर देशमा राजतन्त्र फर्काउने र हिन्दूराष्ट्र कायम गरिछाड्ने घोषणा गरे । यसपछि उनलाई ओलीले केन्द्रीय सदस्यबाट हटाए । त्यससँगै प्रसाईं ओली, उनको दल एमालेका नेताहरूप्रति कडा रुपमा प्रस्तुत भए । 

त्यत्तिकैमा गत वर्षको २२ असोज दिउँसो जमलस्थित होटल एल्लो प्यागोडामा युट्युबरलाई आफ्ना कुरा सुनाएर बाहिर निस्कने क्रममा प्रसाईंलाई ओली दल एमालेनिकट युवा संघका कार्यकर्ताले कालो मोसो दलिदिए । १३ फागुन २०७९ मा चितवनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दल्न दस्ता बनाएका प्रसाईं आफैं कालो मोसोले पोतिए । कालो मोसोको बदला प्रसाईंका समर्थकले झापामा लिए । गत वर्षको २५ असोजमा झापा अर्जुनधारामा युवा संघको नगर अधिवेशन थियो ।

त्यहाँ प्रसाईंका समर्थकले युवा संघका नेताहरूको गाडीमा तोडफोड गरे । यसपछि गत वर्षकै ७ मंसिरमा उनले बल्खुमा ठूलो प्रदर्शन गरेका थिए । त्यसबीचमा ओलीमाथि पटक–पटक उनले अनेक आरोप लगाए । अन्ततः रुष्ट प्रधानमन्त्री ओलीले उनलाई पक्राउ गराए । हाल हिरासतमा रहेका उनी रिहा हुन्छन् कि पुर्पक्षका लागि थुनामा जान्छन् ? टुंगो छैन ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP