Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वगृहमन्त्री लामिछानेको मानवअधिकार हनन् ! 
पूर्वगृहमन्त्री लामिछानेको मानवअधिकार हनन् ! 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर २४, २०८१

अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः बर्जित छ । अहिले रवि लामिछानेलाई मध्यरातमा सुत्न पनि नदिएर स्थान्तरण गरेको भन्ने कुरा जुन आएको छ, त्यो सरासर गलत कार्य हो । विधिको शासनविपरीतको कार्य हो ।
डा. भीमार्जुन आचार्य
संवैधानिक कानुनका जानकार


काठमाडौं– ५३ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै सर्वत्र विरोध भएको छ । सुत्न पनि नदिएर रातारात अड्डासार गरेर चितवनदेखि पोखरा लगेको भन्दै रास्वपासँगै सत्ता पक्ष र विपक्षका नेताहरूले सरकारको विरोध जनाएका छन् । अदालतसमेतले रविको मानवअधिकार हननको सवालमा चासो राखेको छ । 

संवैधानिक कानुनका जानकार डा. भीमार्जुन आचार्य पञ्चायतकाल र देशको अन्तिम राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा थुनुवा र बन्दीलाई रातारात अड्डासार गर्ने गरिन्थ्यो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुँदा रविमाथि त्यस्तै व्यवहार हुनु भत्र्सनायोग्य भएको बताउँछन् । ‘अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः बर्जित छ,’ उनले प्रभावसँग भने, ‘अहिले रवि लामिछानेलाई मध्यरातमा सुत्न पनि नदिएर स्थान्तरण गरेको भन्ने कुरा जुन आएको छ, त्यो सरासर गलत हो । विधिको शासनविपरीतको कार्य हो ।’

रवि कास्की, रुपन्देही र काठमाडौं प्रहरीको हिरासतमा बसेर गत साता चितवन पुगेका थिए । उनको चुनाव क्षेत्रसमेत चितवन नै हो । त्यहाँ लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि जाने क्रममा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन नगर्ने केन्द्रीय नीतिलाई तोडेका थिए । प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भए । त्यही बेला बढ्दो सुरक्षा संवेदनशीलतालाई भन्दै प्रहरीले उनलाई रातारात पोखरा पु¥यायो । सुत्न नदिएर रातारात अड्डासार गर्नु मानवअधिकार हननको कार्य भएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । कतिसम्म भने रविको डायरी नै प्रहरीका अनुसन्धान अधिकृतले गायव पारेको उनको भनाइ छ । हिरासतमा छँदा रविको मानवअधिकार हनन् भएको भन्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा रास्वपाले उजुरी दिएको थियो । 

Hardik health

महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १९ गते दिनभर चितवनस्थित सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो । उहाँ (रवि)लाई २० गते बिहान ११ बजे हवाई जहाजमार्फत कास्की लगिने बताइएको थियो । तर, १९ मंसिर राति सुतिरहेकै बेला अचानक ११ बजे उठाएर मध्यरातमा चितवनबाट सडकमार्ग हुँदै राति ३ बजे पोखरा पु¥याइयो ।’ यसको छानबिन गर्न रास्वपाको माग छ ।गत १९ मंसिर बिहानै बयानका लागि सरकारी वकिल कार्यालय पु¥याइएका लामिछानेको राति ९ बजेमात्रै बयान सकिएको थियो । त्यसपछि भोलिपल्ट ११ बजे हवाई जहाजमार्फत पोखरा लैजाने जानकारी आफूहरूलाई दिइएको रास्वपा समर्थकको दाबी छ ।

लामिछाने गृहमन्त्री हुँदा उनको प्रेस संयोजक रहेर काम गरेका प्रमोद न्यौपाने पनि त्यस दिन चितवनमै थिए । उनका अनुसार भोलिपल्ट बुधबार ११ बजे पोखराको टिकटसमेत काटेर लाने कुरा थियो । तर, आफूहरुले सुइँकोसमेत नपाएको उनले बताए । पोखरा लाने भन्ने प्रहरीले जानकारी गराएपछि लामिछानेले यसबारे आफन्त तथा पार्टीका नेताहरू र आफ्ना कानुन व्यवसायीलाई खबर गर्न भन्दासमेत प्रहरीले नमानेको आरोप छ । चितवन प्रहरीका प्रवक्ता तथा डिएसपी भेषराज रिजालले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेलाई राति १२ः५ बजे सुरक्षितरूपमा पोखरा लगिएको बताएका छन् । यसले रास्वपाको आरोप सत्य रहेको देखाएको छ ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले रविलाई चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्नुअघि रविलगायतको पछिल्लो अवस्थाबारे चासो राखेको थियो । इजलासमा आइतबार रविसँगै पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी (गितेन्द्रबाबु) राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाइलगायतले आफ्नो कुरा राखे । त्यसपछि रविका तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी र अधिवक्ता नारायण कँडेलले रविमाथि अन्याय भएको भन्दै न्यायाधीश बेल्वासेको ध्यानाकर्षण गराएका थिए । 

त्यसलगत्तै न्यायाधीश बेल्वासेले पालैपालो रवि, छवि र पछाइको अवस्थाबारे सोधेका थिए । त्यसक्रममा बोल्दै रविले आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको गुनासो गरेका थिए । उनले राति ११–१२ बजे आफूलाई ‘माथिको आदेश भन्दै मादक पदार्थ सेवन गरेका प्रहरीले झिंगलझ्याँगल पार्दै पोखरा लगेको बताएका छन् । आफूले भने प्रहरीलाई भोलिपल्ट बिहान बरू ७ बजे नै जाऔंला, आराम गर्न दिनूस् भन्दा आफ्नो कुराको सुनुवाइ नभएको उनको गुनासो छ । उनले पोखरा पुग्नेबित्तिकै अस्पताल गएको र प्रेसर बढेको देखिएको भन्दै कागजातसमेत रविले अदालतमा देखाएका थिए । प्रतिशोधको भावनाले आफूलाई ज्यादती गरिएको, परिवारमाथि पनि तनाव दिइएको रविले गुनासो गरेका थिए । 

यसअघि शनिबार राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले हिरासतमा रविको मानवअधिकार उल्लंघन भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । पोखरास्थित राष्ट्रिय मानवअधिकार आयोगको शाखा कार्यालयले पनि रविसँग सोधपुछ गरेको प्रहरीले जनाएको छ । रवि २ कात्तिकमा काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । ३ गते बिहान कास्की पु¥याइएको थियो । उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा छ । यी मुद्दाहरूमा बयान दिने क्रममा रविले भने इन्कारी बयान दिएका छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारी ठगीबारे उनको बयान प्रहरीले लिएको छ । अब पर्खाको सानो पाइला सहकारी ठगीमा पनि रविलाई बयानका लािग त्यहाँ लाने तयारी छ । 

 


प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP