Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • बेपत्ता विपीन जोशी ‘जीवित’
बेपत्ता विपीन जोशी ‘जीवित’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, मंसिर २१, २०८१


अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ ।
शमुलिक ए. वास
नवनियुक्त इजरालयी राजदूत

 

  • २० असोज २०८० मा विपीनलाई अलमिम किवुजबाट बन्धक 
  • विपीन गाजा क्षेत्रको भूमिगत सुरुङमा रहेको जानकारी

काठमाडौं– नेपाली विद्यार्थी विपीन जोशी इजरायलबाट बेपत्ता भएको १४ महिना बित्यो । प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली सम्वतअनुसार २० असोज २०८० मा बेपत्ता पारेका थिए । उनै जोशीको हालसम्म अत्तोपत्तो छैन ।

जोशीका परिवारसहित सिंगो नेपालीजन दुःखी छन् । तर, बिहीबार नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताए । द्वन्द्वको एउटा पक्ष इजरायली राजदूतको यस्तो भनाइ जोशी परिवार र सिँगो नेपालीजनका लागि खुसीको कुरा हो । वासले पत्रकार सम्मेलनमा भने, ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ ।’उनले नेपाल र इजरायलका लागि विपिन निकै महत्वपूर्ण रहेको बताए । विपीन छिट्टै नेपाल फर्किने उनको दाबी गरे । 

Hardik health

सास कि लास भन्दै आएका परिवार विपीनको व्यग्र प्रतीक्षामा छ । सरकारले कूटनीतिक संयन्त्रमार्फत उनको रिहाका लागि पहल गरिरहेको छ । तर, स्थिति सार्वजनिक भएको छैन । पटकपटक युद्धविरामको बेला इजरायली र प्यालेस्टाइनीको रिहा आपसमा गरिए पनि विपीनको भएको छैन । विपीनलाई प्यालेस्टाइनी लडाकु समूह हमासले लगेको भनिँदै आएको छ । उनलाई ७ अक्टोबर २०२३ ( २० असोज २०८०) मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई हमासले गाजा क्षेत्र लगेको थियो । त्यसपछिको उनको स्थितिबारे हालसम्म इजरायल न नेपाललाई जानकारी छ ।यहीबेला नवनियुक्त इजरायली राजदूतले विपीन जोशी जीवित रहेको र उनी चाँडै नेपाल फर्किने बताएका हुन् ।

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको बताइन्छ । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भइसकेका छन् । ८ जनालाई भने इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ । बाँकी ९६ जना अझै हमासको भूमिगत सुरुङमा बन्धक रहेको र त्यसैमध्येमा विपीन रहेको इजरायलले जनाएको छ । 

हमाससँगको लडाइँमा इजरायललाई सहयोग गर्दै आएको देश अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता गर्न प्रयास गरिरहेका छन् । युद्धविराम भएको अवस्थामा विपीनको रिहा हुने आशा नेपालको छ । यसअघि गत वर्षको कात्तिक १२ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल–हमास युद्धमा बेपत्ता भएका जोशीको सकुशल घर फिर्तीको कामना गरेका थिए । उनले बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्ने बताएका थिए । 

हजारौं माइल परको मध्यपूर्वमा भएको हिंसाले नेपालीलाई पनि प्रत्यक्ष असर पारेको भन्दै उनले त्यसबेला दुःख व्यक्त गरेका थिए । विपीन कञ्चनपुरका बासिन्दा हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी हुन् । उनीसहित ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० को भदौ अन्तिम साता इजरायल गएका थिए । तर, एक महिना पनि नभई असोज २० गते हमासले इजरायलमा आक्रमण ग¥यो । आक्रमणमा परेर सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विपीनलाई रिहा गर्न इजरायलसँग पटकपटक अनुरोध गरेका थिए । कतारसहितका अरब देशहरूसँग पनि रिहाका लागि पहल गरिदिन अनुरोध गरेका थिए । उनलाई विपीनको आमाबुबाले भेटेर रिहाका लागि थप पहल गर्न आग्रह पनि गरे । वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणाले असंलग्न राष्ट्रहरू सम्मिलित संगठनको मन्त्रिस्तरीय बैठकलाई गत असोज ८ मा अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् । 

उनले नेपाल बिपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन् । यस्तोमा नवनियुक्त इजरायली राजदूत वासले विपीन जीवित रहेको र उनी चाँडै नेपाल फर्किने भनेका हुन् । जोशीका बुबा महानन्द जोशीले आफूहरू विपीन सकुशल घर आइपुगुन् भनेर भगवानसँग प्रार्थना गरिरहेको बताए ।

‘हाम्रो छोरालाई सपनामा देख्छौँ । उनी घर आउन चाहेको देख्छौँ । विपनमा हुँदैनन् र दुःख लाग्छ’, उनले प्रभावसँग भने, ‘भगवान ! हाम्रो छोरा सकुशल घर आइपुगुन् भनेर दिनरात प्रार्थना गरिरहेका छौँ ।’हमासको आक्रमणपछि इजरायलले जवाफी आक्रमण गरिरहेको छ । हालसम्म झण्डै ५० हजार प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिएका छन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP