Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
समाचार
  • Home
  • समाचार
  • जनमत परीक्षणको घडी निकट
स्थानीय तह उपनिर्वाचन जनमत परीक्षणको घडी निकट
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, मंसिर १४, २०८१
  • उपचुनावअन्तर्गत मौन अवधि सुरू
  • चुनावी सभा र घरदैलो अभियान सम्पन्न
  • मौन अवधिमा आचारसंहिता तोडिए कारबाही
  • कतै गठबन्धन त कतै एक्लाएक्लै लड्दै दलहरू

काठमाडौं– दलीय जनमत परीक्षण हुने ठानिएको स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । मतदानको ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुने निर्वाचन कानुनमा उल्लेख भएअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

मौन अवधिमा दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्नेगरी कुनै पनि खालका क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । उनले प्रभावसँग भनिन्, ‘मौन अवधिमा आचारसंहिताविपरीतका गतिविधि भए कारबाही हुन्छ ।’

मौन अवधिमा दल र उम्मेदवारलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कुनै पनि क्रियाकलाप गर्न आयोगले रोक लगाएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । यसो गरिए स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने आयोगले जनाएको छ ।  उपचुनावअन्तर्गत मतदान आगामी आइतबार (मंसिर १६) हुँदै छ । ४१ पदका लागि हुने उपचुनावमा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कूल २० वटा राजनीतिक दलका उम्मेदवारबाहेक १०२ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानका लागि दुई लाख २६ हजार मतदाता सहभागी हुने भएका छन् । 

Hardik health

उपचुनावमा आफ्ना उम्मेदवारलाई जित दिलाउन राजनीतिक दलहरूले बिहीबार उपचुनाव हुने क्षेत्रमा सभा गरेका छन् । आफ्ना पार्टीका उम्मेदवारहरूलाई मत दिन मतदातासँग अपिल गरेका छन् । स्वतन्त्र उम्मेदवारहरू पनि घरदैलो अभियानमा निस्किए । मतदातासँग मत मागे । यस उपनिर्वाचनमा नगरपालिकातर्फ प्रमुख पदका लागि काठमाडौंको कीर्तिपुुर नगरपालिकामा मात्रै चुनाव हुँदै छ । यहाँ प्रमुख पदका लागि २० जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धु्रव महर्जन उम्मेदवार छन् । जनता समाजवादी पार्टी नेपालबाट दीपक महर्जन, नेकपा एकीकृत समाजवादीबाट भानु रिजाल, नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन, जनमतबाट केशव श्रेष्ठ उम्मेदवार छन् । 

प्रमुख पदको प्रतिस्पर्धामा स्वतन्त्र १० जना उम्मेदवार छन् । उनीहरू राजमान महर्जन,  नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी मैदानमा छैन । स्रोतका अनुसार यहाँ रास्वपाले माओवादी उम्मेदवार महर्जनलाई सहयोग गर्ने भएको छ । 

वि.सं. २०५४ र २०७४ मा यहाँ एमालेले चुनाव जितेको थियो । तर, २०७९ मा कांग्रेसले जित्यो । यसपटक एमाले पुरानो विरासत फर्काउने पक्षमा छ । कांग्रेस जितलाई निरन्तरता दिने दाउमा छ । रास्वपाको अघोषित समर्थनमा माओवादी पहिलोपटक विजयको झण्डा फहराउने ध्याउन्नमा छ । यहाँ स्वतन्त्र उम्मेदवार राजमान मानवले पनि दलीय उम्मेदवारहरूलाई कडा टक्कर दिने देखिएको छ ।

यस्तै, मोरङको ग्रामनाथ गाउँपालिकाको अध्यक्षमा एक जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी छ । यहाँ कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास खवास, राप्रपाबाट दिनेशकुमार थन्दार, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र जसपा नेपालबाट सुरेशकुमार राजवंशी उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन थारु, नेमकिपाले परशुराम विश्वास थारु, मंगोल नेसनल अर्गनाइजेसनले भरत राई, जनमतले विनोदकुमार थारु, नेपाल समाजवादीले रामकुमार चौधरी, राप्रपा नेपालले राजु मुसहर, समावेशी समाजवादी पार्टीले बोधनारायण माझी र जसपा नेपालले राजवंशीलाई उम्मेदवार बनाएको छ । नमनारायण माझी स्वतन्त्र उम्मेदवार छन् । यहाँ पनि कांग्रेसले जितलाई निरन्तरता दिन चाहेको छ । एमालेले पुरानो विरासत फर्काउन जोड गरेको छ । कांग्रेसबाट पूर्ववडाध्यक्षलाई पार्टीमा भित्र्याएर माओवादीले पनि पहिलोपटक यहाँ चुनाव जित्ने कोसिस गरेको छ । 

दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जनाको उम्मेदवारी कायम छ । निर्वाचन आयोगका अनुसार सात जना दल र नौ जना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसले पासदिकी तामाङ, एमालेले उमा शेर्पा, माओवादीले निमलेकी शेर्पा, रास्वपाले गोमा श्रेष्ठ, राप्रपाले मनकुमारी श्रेष्ठ, एकीकृत समाजवादीले रविना खड्का र जसपाले सपना कार्की खड्कालाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारहरूमा अम्बिका श्रेष्ठ, मधुरा कार्की, दिलबहादुर बस्नेत, दीपक तामाङ, शिवशम्भु तामाङ, अप्सरा विश्वकर्मा, द्वारिका बुढाथोकी, पुष्प कार्की र सर्कीमा शेर्पा छन् । 

यहाँ कांग्रेसले पूर्वउपाध्यक्ष स्व. श्यामसुुन्दर तामाङकै श्रीमती पासदिकीलाई उम्मेदवार बनाएर सहानुभूूतिको मत प्राप्त गर्दै विजयलाई निरन्तरता दिने प्रयास गरेको छ । तर, एमाले र माओवादी कांग्रेसलाई रोक्दै आ–आफूू जित्ने पक्षमा लागेका छन् ।उता, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । यहाँ कांग्रेसकी केशकुमारी तुलाचनलाई एमालेले समर्थन गरेको छ । जबकि, कांग्रेस महामन्त्री गगनकुमार थापा गठबन्धनको चर्का विरोधी हुन् । यतिसम्मकी कांग्रेसको महासमिति बैठकमात्रै होइन केन्द्रीय समिति बैठकबाट कांग्रेसले चुनावमा गठबन्धन गर्दैन भन्ने निर्णय नै गराएका थिए । तर, निर्णयको मसी सुक्न नपाउँदै प्रमुख विपक्षी दल माओवादीविरुद्ध दुुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन गरेर यहाँ उपचुनाव लड्दै छन् ।

यहाँ कांग्रेस–माओवादीका उम्मेदवारविरुद्ध नेकपा माओवादीले नरपुरा बुढालाई उठाएको छ । त्यस्तै, एकीकृत समाजवादीले सुनिता बुढा मगरलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ । अन्य दलबाट यहाँ उम्मेदवारी परेको छैन । स्वतन्त्र उम्मेदवार कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार छन् । यसअघि माओवादीले चुनाव जितेको यहाँ एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवारलाई समर्थन गरिसकेको छ । 

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । कांग्रेसले सविता बुढा, नेकपा एमालेले जना शाही, माओवादीले देवकी तिमल्सिना, रास्वपाले बाँचा बुढा, राप्रपाले संगीता शाहीलाई उम्मेदवार बनाउँदा स्वतन्त्ररूपमा रामसरा खड्का र नरेश शाहीको उम्मेदवारी परेको छ । यहाँ पनि माओवादीले जितलाई निरन्तरता दिन चाहेको छ । कांग्रेस, एमाले, रास्वपा, राप्रपालगायत दलले भने पहिलो जित निकाल्न चाहेका छन् । 

जाजरकोटको नलगाड उपप्रमुखका लागि हुने उपचुनावमा छ जना प्रतिस्पर्धामा छन् । कांग्रेसले इन्द्राचन्द्र सिंह, एमालेले सुनिता बोहोरा, माओवादीले देवका लामिछाने, रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएका छन् । यहाँ यसअघि कांग्रेसकी सरिता सिंह उपप्रमुख निर्वाचित भएकी थिइन् । तर, भूूकम्पमा परी उनको निधन भयो । यसपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले जितलाई निरन्तरता दिन चाहेको छ । तर, एमाले, माओवादीलगायत दलले कांग्रेसलाई रोक्दै जित निकाल्न खोजिरहेका छन् ।  

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । यहाँ सबै दलबाट मात्रै उम्मेदवार छन् । कांग्रेसले झलकबहादुर भण्डारी, एमालेले जंगबहादुर शाही, माओवादीले जंगबहादुर बराल मगर, रास्वपाले प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दुर्गाबहादुर मगरलाई उम्मेदवार बनाएका छन् । यहाँ कांग्रेसबाट यसअघि लछुुमन गुुरुङ निर्वाचित भएका थिए । तर, उनको निधनपछि हुन लागेको निर्वाचनमा कांग्रेसले युवा नेतालाई अघि सारेर चुनाव जित्न चाहेको छ । अन्य दलले भने यसपटक कांग्रेसलाई पराजित गर्दै जित दर्ता गर्न खोजिरहेका छन् । 

यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पनि सबै जना दलीय र महिला उम्मेदवार छन् । कांग्रेसले पुल्तीसरा शाही, एमालेले सुलोचनाकुमारी भण्डारी, माओवादीले राजुकुमारी विक, राप्रपाले सुनादेवी थापा भोटे र एकीकृत समाजवादीले जवा शाहीलाई उम्मेदवार बनाएको छ । तर, यहाँ माओवादी उम्मेदवार र गाउँपालिका कमिटीले एमाले उम्मेदवार भण्डारीलाई समर्थन गरेको छ । पार्टी केन्द्रले पनि अस्वीकार गरेको छ । बरु, एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई समर्थन गर्न निर्देशन दिएको छ । यहाँ गत निर्वाचनमा कांग्रेसले जित निकालेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:३५
#स्थानीय-तह #स्थानीय तह उपनिर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो मंगलबार, मंसिर १६, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
मानवअधिकार सम्मान र पुरस्कार घोषणा
मानवअधिकार सम्मान र पुरस्कार घोषणा मंगलबार, मंसिर १६, २०८२
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि
कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि मंगलबार, मंसिर १६, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ मंगलबार, मंसिर १६, २०८२
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त
राजदूत तुलाधर गैरआवासीय राजदूतमा नियुक्त मंगलबार, मंसिर १६, २०८२
गाडीसहित बेपत्ताको शव भेटियो
गाडीसहित बेपत्ताको शव भेटियो मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP