Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • ४४ पदमा ४१० जना उम्मेदवार
स्थानीय तह उपनिर्वाचन ४४ पदमा ४१० जना उम्मेदवार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर ३, २०८१
  •  दुई जिसस प्रमुखका लागि तीन जनाको उम्मेदवारी दर्ता
  •  गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जना उम्मेदवार
  •  वडाध्यक्षको रिक्त ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी मनोनयन
  •  उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जना

काठमाडौं– आसन्न स्थानीय निर्वाचनको कार्यतालिका अन्तर्गत आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । दुई जिसस प्रमुखसहित विभिन्न ४४ पदका लागि हुने उपनिर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले यसलाई ‘उत्साहजनक’ भएको जनाएको छ । उपनिर्वाचन यही १६ मंसिरमा हुँदै छ ।

आयोगले उपनिर्वाचनका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको समय दिएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादीलगायत दलले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्ररूपमा पनि उम्मेदवारी परेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट धु्रव महर्जन उम्मेदवार छन् । जसपा नेपालबाट दीपक महर्जन, एकीकृत समाजवादीबाट भानु रिजाल, नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन, जनमतबाट केशव श्रेष्ठ तथा स्वतन्त्रबाट राजमान महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ रास्वपाले उम्मेदवार बनाएन । अन्य १० जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । उनीहरू नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धनर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन हुन् । 

मोरङको ग्रामनाथ गाउँपालिकाको अध्यक्षमा एक जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । त्यहाँ कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास खवास, राप्रपाबाट दिनेशकुमार थन्दार, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र जसपा नेपालबाट सुरेशकुमार राजवंशी उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन थारु, नेमकिपाले परशुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनले भरत राई, जनमतले विनोदकुमार थार, नेपाल समाजवादीले रामकुमार चौधरी, राप्रपा नेपालले राजु मुसहर, समावेशी समाजवादी पार्टीले बोधनारायण माझी र जसपा नेपालले  राजवंशी र नम नारायण माझी स्वतन्त्र उम्मेदवार छन् । 

Hardik health

दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा पनि १६ जनाकै उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सातजना दल र नौ जना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसले पासदिकी तामाङ, एमालेले उमा शेर्पा, माओवादीले निमलेकी शेर्पा, रास्वपाले गोमा श्रेष्ठ, राप्रपाले मनकुमारी श्रेष्ठ, एकीकृत समाजवादीले रविना खड्का र जसपाले सपना कार्की खड्कालाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारहरूमा अम्बिका श्रेष्ठ, मधुरा कार्की, दिलबहादुर बस्नेत, दीपक तामाङ, शिव शम्भु तामाङ, अप्सरा विश्वकर्मा, द्धवारिका बुढाथोकी, पुष्प कार्की र सर्कीमा शेर्पा छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । यहाँ कांग्रेसकी केशकुमारी तुलाचनलाई एमालेले समर्थन गरेको छ । माओवादी केन्द्रले नरपुरा बुढा र एकीकृत समाजवादीले सुनिता बुढा मगरलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ । अन्य दलबाट यहाँ उम्मेदवारी परेको छैन । बरु, स्वतन्त्र उम्मेदवार कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार छन् । 

यहाँ एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिने र माओवादी उम्मेदवारलाई समर्थन गर्ने माओवादी नेता लिलामणि पोखरेलले बताए । पोखरेलले भनेजसरी एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिए कांग्रेसकी तुलाचन र माओवादीका बुढाबीच मुख्यतः चुनावी प्रतिस्पर्धा हुने छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । कांग्रेसले सविता बुढा, एमालेले जाना शाही, माओवादीले देवकी तिमल्सिना, रास्वपाले बाँचा बुढा, राप्रपाले संगीता शाही र स्वतन्त्र रूपमा रामसरा खड्का र नरेश शाहीको उम्मेदवारी परेको छ । 

जाजरकोटको नलगाड उपप्रमुखका लागि हुने उपचुनावमा छ जनाको उम्मेदवारी परेको छ । छ जना नै महिला हुन् । कांग्रेसले इन्द्राचन्द्र सिंह, एमालेले सुनिता बोहोरा, माओवादीले देवका लामिछाने, रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । यहाँ सबै दलबाट मात्रै उम्मेदवार छन् । कांग्रेसले झलकबहादुर भण्डारी, एमालेले जंगबहादुर शाही, माओवादीले जंगबहादुर बराल मगर, रास्वपाले प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गाबहादुर मगरलाई उम्मेदवार बनाएका छन् । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पनि सबै जना दलीय र महिला उम्मेदवार छन् । कांग्रेसले पुल्तीसरा शाही, एमालेले सुलोचना कुमारी भण्डारी, माओवादीले राजुकुमारी विक, राप्रपाले सुना देवी थापा भोटे र एकीकृत समाजवादीले जवा शाहीलाई उम्मेदवार बनाएको छ । उपचुनाव हुने अन्य वडाहरूमा पनि उम्मेदवारी दर्ता भएको छ । आयोगकी प्रवक्ता पोखरेलले आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको बताइन् । त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । 

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।
सो दिन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।



ओखलढुंगा जिसस प्रमुख निर्विरोध 
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा टेकराज भट्टराई रहेका छन् । पालिका प्रमुख, उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष मतदाता हुने भएको र ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत पुग्ने भएकाले अन्य दलले उम्मेदवार तय गरेनन् । सोही कारण भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आफ्ना उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिएको छ । यद्यपि, निर्वाचन आयोगले उनी निर्विरोध भएको औपचारिकरूपमा घोषणा गरिसकेको छैन ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:२५
#स्थानीय तह उपनिर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि आइतबार, चैत ८, २०८२
सरकारी कर्मचारीका लागि  अब जिल्लाबाटै   'ई-पेन्सन' सेवा
सरकारी कर्मचारीका लागि अब जिल्लाबाटै 'ई-पेन्सन' सेवा आइतबार, चैत ८, २०८२
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने आइतबार, चैत ८, २०८२
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै आइतबार, चैत ८, २०८२
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत आइतबार, चैत ८, २०८२
विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग
विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग आइतबार, चैत ८, २०८२
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ आइतबार, चैत ८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP