Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • आज मनोनयन दर्ता, तालमेलको तयारीमा दलहरु
स्थानीय तह उपनिर्वाचन आज मनोनयन दर्ता, तालमेलको तयारीमा दलहरु
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, मंसिर २, २०८१

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनमा दलहरुबीच तालमेल हुने भएको छ । समाजवादी मोर्चामा आबद्ध चार दलले सहकार्य गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच चुनावी सहकार्य हुने भएको हो । यी चारै दल समाजवादी मोर्चामा छन् । मोर्चामा आबद्ध दलहरूले उम्मेदवार भने दलीयरूपमा घोषणा गरिसकेका छन् । साझा उम्मेदवार तय गरेका छैनन् । 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि केही स्थानमा तालमेल गर्ने तयारी गरेका छन् । विशेषगरी माओवादी पकड क्षेत्रमा तालमेल गर्ने तयारीमा दुई दल लागेका हुन् । उपनिर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन (दर्ता) आज हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ । 

माओवादी सचिव चक्रपाणी खनालले छिट्टै मोर्चाको बैठक बसेर चुनावी सहकार्यबारे निर्णय लिने र साझा उम्मेदवार तय गरिने बताए । ‘अहिलेलाई दलगत हिसाबमा उम्मेदवारी दर्ता हुन्छ । फिर्ता गर्न दिने समयसम्ममा मोर्चा घटक दलहरूबीच छलफल गरेर कसको उम्मेदवारी कायम र कसको फिर्ता लिने भन्ने टुंगो लाग्छ, अहिलेलाई यति भनौं कि समाजवादी मोर्चा सँगै चुनावमा हुन्छ,’ उनले प्रभावसँग भने ।

मंसिर १६ गते देशभरका ४४ स्थानमा उपचुनाव हुँदै छ । मोर्चाले उपचुनावका लागि सहकार्यको निर्णय गर्ने अधिकार वडा, पालिका, जिल्ला र प्रदेशलाई दिएको छ ।सहकार्यमा रहनेमध्येको एउटा दल नेकपाको भने उपचुनावमा उम्मेदवार हुने छैन । यस्तोमा नेकपाले मोर्चा घटक दलका उम्मेदवारहरूलाई सघाउने छ । यसअघि पनि पटक–पटक नेकपाले निर्वाचन बहिष्कार गरेको थियो । यसपटक भने निर्वाचनमा सहभागी नहुने तर मोर्चामा रहेका तीन दलका उम्मेदवारलाई सघाउने रणनीति अपनाएको उक्त दलका पोलिटब्युरो सदस्य असल क्षेत्रीले बताए । ‘उपचुनावमा हाम्रा उम्मेदवार हुँदैनन् । हामी मोर्चाका उम्मेदवारहरूलाई सघाउँछौं,’ उनले भने ।

Hardik health

यसो हुँदा उम्मेदवार मोर्चामा रहेका दलहरू माओवादी, एकीकृत समाजवादी र जसपाको मात्रै हुने भएका छन् । क्षेत्रीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने निर्णय नेकपाको छ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पनि रिक्त छ । २०७९ वैशाखमा भएको चुनावमा माओवादीले जितेकाले यसपटक उसैलाई मोर्चाले सघाउने निर्णय भएको छ । माओवादीले जितेर रिक्त भएकामध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रुकुम पूर्वको  पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष, २ नम्बर वडाध्यक्ष, जाजरकोटको कुशे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको  दुहुँ गाउँपालिका–५ हुन् । तर, माओवादीले सबैभन्दा बढी प्रतिष्ठाको विषय कीर्तिपुर नगरपालिकालाई बनाएको छ ।

कीर्तिपुरको प्रमुख माओवादीले लिने शनिबार एकीकृत समाजवादीसँग समझदारी भएको छ । समझदारीअनुसार एकीकृत समाजवादीले प्रमुखमा सहयोग गर्ने र माओवादीले काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा एकीकृत समाजवादीलाई सहयोग गर्ने भएको छ । कीर्तिपुरको प्रमुखमा माओवादीबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन् । एकीकृत समाजवादीबाट काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा मीनबहादुर मानन्धर उम्मेदवार छन् । सहकार्यसम्बन्धी पत्रमा शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।


कांग्रेस–एमाले पनि तालमेलमा !
एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनावी तालमेल गर्ने तयारी गरेका छन् । यी दुई दलबीचको तालमेल माओवादी केन्द्रको पकड क्षेत्रमा हुने बताइएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिकाको २ नम्बर वडाध्यक्षसँगै जाजरकोटको कुशे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको  दुहुँ गाउँपालिका–५ र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा चुनावी सहकार्य गर्ने पक्षमा दुई दलबीच संवाद चलिरहेको एक नेताले बताए ।

कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत र एमालेसचिव पद्मा अर्याल यस कार्यमा खटिएका छन् । तर सहकार्य कहाँ–कहाँ गर्ने ? टुंगो लाग्न बाँकी रहेको केन्द्रीय सदस्य प्रकाश रसाइलीले बताए । उनका अनुसार सहकार्यको मोडालिटीबारे भने छलफल हुन बाँकी नै छ । कोशी प्रदेशमा झापाको कन्काई नगरपालिका–६, ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ओखलढुंगाको मेलुङ गाउँपालिका–५ र उदयपुरको बेलका नगरपालिका–९ र त्रियुगा–१२ को वडाध्यक्ष पद रिक्त छ । ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख पद पनि रिक्त छ ।

यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको  धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपाल नगरपालिका–२, रौतहटको इशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६, गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पद पनि रिक्त छ ।काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखसँगै १ र ४ तथा काठमाडौं महानगरपालिकाको–१६ नम्बर वडा, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका–२, हेटौंडा उपमहानगरपालिका–१२ मा पनि पद रिक्त छ ।गण्डकी प्रदेशमा पर्ने गोरखा नगरपालिका–५ को वडाध्यक्ष पद रिक्त छ । लुम्बिनी प्रदेशअन्तर्गत पर्ने गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुण्टीगढी गाउँपालिका ४, कपिलबस्तुको शुद्धोधन गाउँपालिका १, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा उपचुनाव हुँदैछ । 

कर्णाली प्रदेशमा पर्ने दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दुल्लु नगरपालिका १३,  कालीकोटको तिलागुफा नगरपालिका ४ जाजरकोटको कुसे गाउँपालिका ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, हुम्लाको सर्केगाँड गाउँपालिका उपप्रमुख पनि रिक्त छ ।सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६, दार्चुलाको दुहुँ गाउँपालिका ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा रिक्त पदमा उपचुनाव हुँदै छ । 


आचारसंहिता लागू 
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । शनिबार बसेको आयोगको बैठकले आज (आइतबार)देखि लागू हुनेगरी आचारसंहिता लागू गरेको हो । यससँगै उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुने भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

आयोगका अनुसार संघीय सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्ने छ ।

राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्ने छ ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।आयोगकी प्रवक्ता पोखरेलले भनिन्, ‘निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनेमा आयोग विश्वस्त छु ।’

आचारसंहिता विपरीतका कार्य भए÷गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदै छ ।

प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पदका लागि घोषित उम्मेदवार

कीर्तिपुर नगरपालिका प्रमुख, काठमाडौं 
कांग्रेस– कृष्णमान डंगोल
एमाले – डा. सुरेन्द्र मानन्धर
माओवादी – प्रा.डा. शिवशरण महर्जन
राप्रपा – धु्रव महर्जन
स्वतन्त्र – राजमान मानव


नलगाड नगरपालिका उपप्रमुख, जाजरकोट
कांग्रेस – इन्द्रा चन्द सिंह
एमाले – सुनिता बोहोरा 
माओवादी – देवका लामिछाने
रास्वपा – पार्वती पुन


ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
कांग्रेस– बलराम सरदार
एमाले – तुल्सीराम विश्वास
माओवादी– नमोनारायण माझी


महाबु गाउँपालिका अध्यक्ष, दैलेख
कांग्रेस– झलकबहादुर भण्डारी
एमाले – जंगबहादुर शाही
माओवादी – जंग बराल
रास्वपा – प्रकाश बुढा 


गौरीशंकर गाउँपालिका उपाध्यक्ष, दोलखा
कांग्रेस– पासाङडिकी तामाङ
एमाले – उमा शेर्पा
माओवादी– निमलेकी शेर्पा
रास्वपा – गोमा श्रेष्ठ
राप्रपा – मनकुमारी श्रेष्ठ 


सर्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला
कांग्रेस – सविता बुढा
एमाले – जाना शाही
माओवादी – कोपिला बुढा
रास्वपा – सुजाता फडेरा (थापा)


स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बाजुरा
कांग्रेस– पुल्तिसरा शाही
एमाले – सुलोचना कुमारी भण्डारी बुढा
माओवादी – राजुकुमारी विक


पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्व
कांग्रेस– ? (एमालेसँग सहकार्य तयारी)
एमाले – केशकुमारी तुलाचन
माओवादी – ज्ञानदेवी पुन
 


प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP