Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलमानको दाबी–बक्यौता नतिर्न उद्योगीले ‘इमोसनल ब्ल्याकमेलिङ’ गरे
डेडिकेटेड ट्रंकलाइन महसुल विवाद कुलमानको दाबी–बक्यौता नतिर्न उद्योगीले ‘इमोसनल ब्ल्याकमेलिङ’ गरे
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, कात्तिक २९, २०८१
  •  १५ दिनभित्र उद्योगीहरूले बक्यौता नतिरे लाइन फेरि काट्ने चेतावनी
  •  बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्ने भनाइ
  •  यसअघि पठाएकै बिल आधिकारिक भएको र सोहीअनुसार बक्यौता चुक्ता गर्नुपर्ने अडान
  •  उद्योगीहरूले बक्यौतालाई लिएर राजनीतिकरण गरेको आरोप
  •  विद्युत् लाइन काटेर उद्योगमैत्री वातावरण बिगारेको आरोपको
  •  बक्यौता उठाउन नसके प्राधिकरण धराशायी बन्ने चेतावनी


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’को बक्यौता १५ दिनभित्र नतिरे कानुनअनुसार उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् । बक्यौता नउठाइ मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उद्योगहरूमा लाइन जोड्नु परेपछि असन्तुष्ट देखिएका घिसिङले बारम्बार उद्योगीहरूलाई मौका नदिइने प्रस्ट पारे ।

‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुनबमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नू भन्यो, हामीले मान्यौं,’ बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अब सरकारको निर्देशनअनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौं ।’प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र बक्यौता उठाउने र २४ घण्टाभित्र काटिएका उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेको थियो । यसपछि मंगलबार ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले पनि लाइन जोड्ने निर्णय गर्‍यो ।

अन्ततः बक्यौता नतिरेका उद्योगहरूमा लाइन जोड्न प्राधिकरण बाध्य भयो । यसलाई लिएर प्रबन्ध निर्देशक घिसिङले यदि १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्ने बताए ।‘हामीलाई सरकारले २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएपछि लाइन काटिएका उद्योगमा पुनः लाइन जोडेका हौं । सरकारले १५ दिनभित्र बक्यौता उठाउने भनेको छ । तर, बक्यौता समयसीमाभित्र उठेन भने त्यसको जिम्मेवारी सरकार र ऊर्जा मन्त्रालयले नै लिनुपर्छ,’ घिसिङले भने । 

बक्यौताबारे सरकारले टाइम अफ डे (टिओडी) मिटरको बिल उद्योगहरूमा पठाउने र त्यसको आधारमा उठाउने निर्णय गरेको छ । घिसिङले भने पहिल्यै टिओडी मिटरकै आधारमा बिल पठाएको र त्यसकै आधारमा बक्यौता उठाउने अडान दोहोर्‍याए । उद्योगी र प्राधिकरणबीच बिलको बारेमा विवाद उत्पन्न भएपछि विद्युत् नियमन आयोगले बिललाई स्वीकृत गरेको र सर्वोच्च अदालतले पनि पटक–पटक बिललाई मान्यता दिनेगरी फैसला गरेकाले अर्को बिल उद्योगीलाई नपठाउने बताए । उनले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोग र आयोगको प्रतिवेदनको कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले गरेको निर्णयलाई चुनौती दिए । 

Hardik health

‘नियमन आयोगले भर्खरै एक किस्ता नबुझाएसम्म लाइन नजोड्नू र यो बिलअनुसार बक्यौता उठाउनू भनेर निर्देशन दिएको छ,’ उनले भने, ‘हाम्रो कानुनी संरचना भनेको नियमन आयोग हो र अदालतहरू नै हो । अरू प्रशासनिक निकायले यो बिल ठीक छैन भन्न मिल्दैन ।’उद्योगीहरूले बक्यौता नतिरेर राजनीति गरेको भन्दै घिसिङ असन्तुष्ट देखिएका छन् । बक्यौताको विषयलाई पनि विवादित बनाउन उद्योगीहरू लागेको उनको भनाइ थियो । उद्योगीहरूले ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्दै आएको आरोप पनि उनले लगाए ।

‘बक्यौतालाई झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम भएको छ । जुनबेला लाइन काटिन्छ त्यसअघि जति पनि प्रडक्ट उत्पादन गरेको हुन्छ, पूर्ण क्षमतामा चलेको हुँदैन । जहिलेसम्म त्यो बिक्री हुँदैन उहाँहरू लाइन जोड्न यहाँ आउनुहुन्न,’ उनले भने, ‘अनि बेरोजगारी बढायो, आर्थिक अवस्था तहसनहस भयो भनेर इमोसनल ब्ल्याकमेलिङ गर्नुहुन्छ । यो राम्रो कुरा होइन ।’

घिसिङले प्राधिकरणले ऐन र कानुनअनुसार विद्युत् महसुल उठाउन खोज्दा उद्योगको आर्थिक अवस्था तहसनहस भयो भन्ने उद्योगीहरूको भनाइ गलत भएको बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पनि प्राधिकरणलाई २४ घण्टाभित्र काटिएका उद्योगहरूमा लाइन जोड्न निर्देशन दिने निर्णय गर्दा प्राधिकरणले लाइन काटेका कारण औद्योगिक वातावरण तहसनहस भएको र त्यसले बेरोजगारी बढाएको उल्लेख गरेको थियो ।

यसप्रति घिसिङले असहमति जनाए । बरु, उनले विद्युत् महसुलको बक्यौता उद्योगहरूबाट उठाउने विषय सार्वजनिक सरोकारको विषय भएको भन्दै जनताको साथ खोजे । ‘अब यो विषय नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् प्राधिकरणको मात्रै नभएर आममिडिया र पब्लिकको सरोकारको विषय भयो,’ उनले भने, ‘आमजनसरोकारको विषय भएकोले यसलाई आमपब्लिकबाट पनि गम्भीररूपमा उठ्ने छ भन्ने मलाई लागेको छ ।’

उद्योगीहरूले विद्युत्को महसुल नतिर्ने प्रवृत्ति बढ्दा त्यसको सोझो असर प्राधिकरणको वित्तीय क्षेत्रमा पर्ने बताए । कतिपय सर्वसाधारण ग्राहकले त अर्बौं महसुल नतिर्ने उद्योगीहरूबाट बक्यौता नउठाउने अनि हामीले मात्रै तिर्नुपर्ने भन्न थालेको गुनासो गरे । महसुल नतिर्ने प्रवृत्ति बढ्दै गए विद्युत् प्राधिकरण नै टाट पल्टिने उनको चेतावनी छ । उनका अनुसार प्राधिकरणले हरेक महिना विद्युत् उत्पादकहरूलाई करिब आठ अर्ब भुक्तानी दिनुपर्ने, दुई अर्ब प्राधिकरणको देशभर रहेका कार्यालय सञ्चालनमा प्रशासनिक खर्चसँगै उपकरण किन्ने, मर्मतसम्भार गर्नेमा खर्च हुने र एक अर्ब जति सरकारलाई कर तिर्नुपर्ने बताए । त्यसो हुँदा महसुल नतिर्ने प्रवृत्ति बढ्दै गए र कम्तीमा ११ अर्ब मासिक महसुल नउठे प्राधिकरण वित्तीयरुपमा थला पर्ने घिसिङले चेतावनी दिएका हुन् ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १०:२९
#कुलमान_घिसिङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP