Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नैतिकता सिकाउने कोशीका पूर्वमन्त्री अधिकारी कठघरामा
नैतिकता सिकाउने कोशीका पूर्वमन्त्री अधिकारी कठघरामा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, कात्तिक २६, २०८१

 

  • मोरङबाट पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौंमा ल्याएर अनुसन्धान गर्दै प्रहरी
  • अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति  
  • लिखत किर्तेसँगै मानव तस्करीको कसुरमा पनि अनुसन्धान सुरु
  • गम्भीर विवादमा तानिएपछि अधिकारीलाई एमालेबाट पनि कारबाही

काठमाडौं– सरकारी लिखत किर्तेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लव अधिकारीविरुद्ध मानव तस्करीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको छ । आइतबार मोरङमा पक्राउ गरी काठमाडौं ल्याइएका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीनिकट मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतमले धादिङका महेश पाण्डेसँग मिलेर अधिकारीले नै नेतृत्व गरेको तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जापान जान तीन जना युवाको नक्कली कागजात बनाएको खुलेको र उनीहरूसँगै अधिकारी जापान गएको फेला परेपछि प्रहरीले मानव तस्करीको कसुरमा अनुसन्धान थालेको छ ।

अधिकारी मानव तस्करीमा जोडिएको किटान गर्न मिल्ने अर्को तथ्य पनि प्रहरीले बयान लिने क्रममा पक्राउ परेका एक युवकबाट फेला पारेको छ । त्यो हो– मानव तस्करहरूले जापान पठाएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटालाई सिंगापुरमा ट्राञ्जिट हुने र त्यहाँ एक जना व्यक्तिलाई भेट्नु भनेर फोटो पठाएका थिए । त्यो फोटोमा भएको व्यक्ति तत्कालीन मन्त्री अधिकारी थिए । जुन पछिमात्रै थाहा भएको ती युवकको बयान छ । त्यसपछि अधिकारीलाई भेटेपछि उनीसँगै जापानको राजधानी टोकियो उडेको ती युवकको बयान उद्धृत गर्दै एक जना अनुसन्धान अधिकृतले बताए । 

Hardik health

प्रारम्भिक अनुसन्धानकै क्रममा प्रहरीले मानव तस्करहरूले जापान पठाएकामध्ये एक युवकसँग अधिकारीको एउटै होटल बुकिङ भएकोसमेत तथ्य फेला परेको छ । यो तथ्यले अधिकारीको मानव तस्करहरूसँग सम्बन्ध हुनसक्ने प्रहरीले जनाएको छ ।काठमाडौं प्रहरी परिसरका प्रमुख नवराज अधिकारीका अनुसार अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (२) अनुसारको अभियोग लगाइएको छ । यसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनीयतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासीलाई नक्कली वा झूठा कागजात बनाई वा झुक्याइ विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानुनीरूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराए कसुर हुने’ भनिएको छ । 

यही कसुरमा अधिकारमाथि अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख अधिकारीले प्रभावलाई बताए । ‘सुरुमा हामीले सरकारी लिखत किर्तेमा अनुसन्धान गर्ने तयारी गरेका थियौं तर पक्राउ परेका युवाहरूको बयानले गर्दा माननीय लिलाबल्लव अधिकारी मानव तस्करीमा पनि संलग्न हो कि भन्ने भयो र अनुसन्धान थालेका हौं,’ अधिकारीले भने ।

पूर्वमन्त्री अधिकारीले जापान जानुअघि प्रदेश तथा संघीय मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएका थिएनन् । उनले नै यसअघि पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार उनी मानव तस्करले काटिदिएको हवाई टिकटमा जापानको राजधानी टोकियो पुगेका थिए । जहाँ आर्ट काउन्सिलद्वारा आयोजित ‘कल्चर एट होम’ कार्यक्रममा मन्त्रीको हैसियतमा सहभागी हुन भन्दै कार्यक्रमसँग असम्बन्धित खोटाङका दावा शेर्पा र जनक राईसँगै रसुवाका कञ्चन देवकोटालाई लिएर सिंगापुरबाट जापान गएका थिए । तर, मन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुन कुनै औपचारिक पत्र नुहुनु तथा भ्रमण टोलीमा गएकाहरूको विश्वास नलागेपछि जापानको अध्यागमन कार्यालयले मानव तस्करीको आशंकामा उनीहरू सबैलाई ४८ घण्टा रोकेर नेपाल फर्काइदिएको थियो । उनीहरू १७ कात्तिकमा क्याथे प्यासिफिकको उडान नम्बर ६०३ बाट काठमाडौं फर्केका थिए ।

यसरी मन्त्रीजस्तो व्यक्तिले प्रदेश मन्त्रिपरिषद्, संघीय मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयबाट भ्रमण स्वीकृति नलिएका कारण पनि अधिकारी मानव तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सोही आधारमा उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको हो । तर, १७ कात्तिकको दिन भने उनले आफूलाई मानव तस्करको गिरोहले फसाएको भनी झूठ बोलेर उम्केका थिए । आफूसँग जापानको विमानस्थलबाट डिपोर्ट गरिएका तीन जनालाई हङकङमा भेटेको दाबी अधिकारीले गर्दै आएका छन् । तर, जापान पुगेर टोकियोको एउटा होटलमा मन्त्रीसहित देवकोटा बस्ने खुलेसँगै योजनाबद्ध सेटिङ उजागर भइसकेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अधिकारीसँगै लगिएका तीन जनालाई जापानमै छोड्नु मानव तस्कर गिरोहको मूल उद्देश्य थियो । यसमा तत्कालीन मन्त्री अधिकारीको भूमिका के थियो ? खुलेको छैन । तर, हिरासतमा रहेका धादिङका पाण्डेले जापान पुर्‍याइदिने आश्वासन दिएर जनही १३ लाख रुपैयाँसम्म असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पाण्डे पूर्वमन्त्री अधिकारीकै चिनजानका व्यक्ति हुन् । १३ कात्तिकमा विमानस्थलमा बिदाइ गर्न जाँदा तत्कालीन मन्त्री अधिकारीसँग पाण्डेसहितका व्यक्तिले कफी भेट गरेका थिए ।

यद्यपि, अधिकारीले आफूलाई मोरङ घर भई काठमाडौं बस्ने गोपाल गौतमले जापान जाने कार्यक्रमको प्रबन्ध मिलाइदिएको बताउँदै आएका छन् । अनुसन्धानमा गौतम पनि तानिने देखिन्छ । यद्यपि, प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई लागेको मानव बेचविखनको आरोपभन्दा एमाले सांसद अधिकारीसँगै त्रिभुवन विमानस्थलबाट जापानका लागि उडेकाहरूको सवाल बढी गम्भीर रहेको बताउँछन् । यसबाहेक अधिकारीका कारण देशको प्रतिष्ठामासमेत असर परेको उनको भनाइ छ । प्रदेशमन्त्रीलाई मित्र मुलुकको विमानस्थलले अवाञ्छित व्यक्तिका रूपमा सीधै डिपोर्ट गरिदिनु उनको मात्र होइन, देशकै बेइज्जत भएको त्रिपाठीले बताए । 

आरोपी अधिकारी आइतबार मोरङस्थित घरबाटै पक्राउ परेका हुन् । पक्राउ गर्नुअघि विराटनगरस्थित अधिकारीको घर क्षेत्रमा बिहानैदेखि सादा पोसाकका प्रहरी देखिएका थिए । यसरी प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि उनी आफैं काठमाडौं आएर प्रहरीलाई अनुसन्धानमा सघाउन तयार भए । अनि केही सहयोगीमार्फत मिडियासम्म सूचना प्रवाह गरे । तर, यो सूचना प्रवाह भएको केहीबेरमै प्रहरीले उनलाई नियन्त्रणमा लिएको बतायो । आफू प्रहरीकोमा गएको भिडियो सार्वजनिक गरेर आफैं गिरफ्तारी दिएको सन्देश प्रवाह गर्न उनले चाहेका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेको भनेर जानकारी दियो । नाटकीयजस्तो लाग्ने यस्ता घटनाक्रपछि अन्ततः उनी पक्राउ परे ।

त्यसपछि उनलाई सीधै विराटनगरदेखि काठमाडौं ल्याइएको हो । काठमाडौं जिल्ला अदालतले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उता पार्टीले उनलाई संगठित सदस्यबाटसमेत हटाएको छ । विवाद बढ्दै जाँदा मन्त्रीबाट राजीनामा दिइसकेका छन् । प्रदेश संसदीय दलले उनलाई निलम्बन किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको छ । एमाले केन्द्रले पनि उनीमाथि अनुसन्धान आवश्यक रहेको जनाइसकेको छ । यस्तोमा अधिकारीमाथि मानव तस्करीसम्बन्धी कसुरमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको हो । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP