Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ई–७ भिसामार्फत कोरियामा कामदार पठाउन म्यानपावरलाई अनुमति
पुरानो कार्यविधि ब्युँताउँदै श्रममन्त्री भण्डारी ई–७ भिसामार्फत कोरियामा कामदार पठाउन म्यानपावरलाई अनुमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं– सरकारले म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउनेसम्बन्धी कार्यविधिलाई पुनः ब्युँताएको छ । गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको विशेष निर्णयबाट ‘दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ लाई संशोधन गर्दै ई–७ भिसामा म्यानपावरबाटै कामदार कोरिया पठाउन पाउने व्यवस्थालाई सक्रिय बनाइएको हो ।

सीपयुक्त कामदार कोरिया पठाउने सम्बन्धमा स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी म्यानपावर कम्पनीको मनोमानी हुनेगरी बाटो खोलिदिएको भन्दै यसअघिका श्रममन्त्री डोलप्रसाद अर्यालले गत वर्ष फागुन १७ गते जारी कार्यविधि स्थगित गरेका थिए । यद्यपि, सरकार फेरबदलका कारण अर्यालको कार्यकाल चार महिनामा नै सकिएपछि पुनः श्रममन्त्री बनेका भण्डारीले आफ्नो १०० दिने कार्यअवधिलगत्तै उक्त कार्यविधि सक्रिय बनाउने निर्णय गरेका हुन् ।

अर्यालअघि पनि भण्डारी नै श्रममन्त्री रहँदा म्यानपावरबाट कोरियामा ई–७ भिसामार्फत सीपयुक्त कामदार पठाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भई जारी भएको थियो । जारी भएको उक्त कार्यविधिअनुसार ई–७ भिसामा कामदार पठाउन सुरु गरिए रोजगार अनुमति प्रणाली (इपिएस) नै प्रभावित हुने जोखिम रहेको भन्दै चौतर्फी आलोचना भएको थियो । तर, सरकार परिवर्तन भएर अर्याल मन्त्री बनेपछि अध्ययन समिति बनाएरै तयार पारिएको प्रतिवेदनअनुसार कार्यविधि स्थगित गर्ने निर्णय गरेका थिए ।


मन्त्रालयले जारी गरेको संशोधित कार्यविधि भने पनि त्यस्तो उल्लेख्य थपघट बुँदाहरु केही छैन । मात्रै १५ दिनभित्र सम्बन्धित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरेमा रोजगारदाताले वैदेशिक रोजगार विभागबाट प्रमाणीकरण गराउनसक्ने व्यवस्था गरिएको संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । यसबाहेक सम्पूर्ण व्यवस्था पुरानै कायम गरिएको छ । कोरियासँग भएको जिटुजी सम्झौताअन्तर्गत सरकारले नै कोरियामा कामदार पठाउने इपिएस सम्झौता नवीकरण गर्ने अन्तिम तयारी भइरहेको अवस्थामा मन्त्रालयले ई–७ भिसामा सीपयुक्त कामदार म्यानपावरमार्फत पठाउनेगरी कार्यविधि पुनः जारी गरेको छ ।

Hardik health

कार्यविधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले तोकिएको मापदण्ड पूरा गरेमा ई–७ भिसा प्रणालीअन्तर्गत कोरियामा श्रमिक पठाउन सकिने व्यवस्था गरेको छ । यसका लागि भाषा र सीपका लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग गर्न सकिनेगरी करार सम्झौता गरी लिएको तालिम केन्द्र भएको हुनुपर्ने व्यवस्था गरिएको छ । जसमा भाषा प्रशिक्षण तालिम केन्द्रमा कोरियाली भाषा पढाउने सम्बन्धमा कोरियाली भाषा प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुई जना भाषा प्रशिक्षक भएको हुनुपर्ने सर्त राखिएको छ ।

यसैगरी कार्यविधिमा नेपाली इजाजतपत्र प्राप्त संस्थाले ई–७ भिसा प्रणालीको माग संकलन, प्रमाणीकरण तथा सहजीकरण एवं नेपाली कामदारका लागि आवश्यक कल्याणकारी सेवा तथा कार्यहरु गर्ने प्रयोजनका लागि कोरियामा कानुनीरुपमा दर्ता भएको आफ्नै सम्पर्क शाखा या अनुमति प्राप्त एसोसिएसनसँग सम्झौता गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै कार्यविधिबमोजिम कोरियामा नेपाली नागरिकलाई रोजगारीका लागि पठाउँदा लाग्ने हवाइभाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने भनिएकोमा सोहीअनुरुप हुने र अन्यको हकमा मन्त्रालयले तोकेबमोजिम हुने उल्लेख छ । साथै दूतावासमा मागपत्र प्राप्त भएको १५ दिनमा प्रमाणीकरण नभएमा त्यस्तो मागपत्र विभागमा पठाई प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

इपिएस प्रणाली नवीकरणसँगै कोरियामा ई–७ भिसामा पनि सरकारले नै सीपयुक्त कामदार पठाउन समझदारी गर्न सक्ने अवस्था हुँदाहुँदै म्यानपावर कम्पनीलाई पोस्नेगरी मन्त्री भण्डारीले हतारहतार संशोधित कार्यविधि भन्दै पुरानै कार्यविधिलाई ब्युँताएको मन्त्रालयकै एक उच्च अधिकारीले बताए । ‘सरकारी तवरबाटै ई–७ भिसामा सीपयुक्त कामदार लैजाने पक्षमा कोरियाका अधिकारीहरु सकारात्मक थिए,’ उनले भने, ‘तर कामदारको हितभन्दा पनि व्यवसायीहरुलाई फाइदा पुग्नेगरी हतारिँदै इपिएस सम्झौता नवीकरण गर्नुअगावै कार्यविधि पुनः जारी गरियो ।’ 

ती अधिकारीका अनुसार मन्त्री भण्डारीले जापानसँग भएको समझदारीविपरीत म्यानपावरमार्फत सीपयुक्त कामदार पठाउन पाइनेगरी निर्देशिका जारी गरेका थिए । सोही निर्देशिकालाई सामान्य हेरफेर गरी कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि तयार गरिएको हो । अहिले जापानमा कामदार पठाउने सम्बन्धमा बनाइएको निर्देशिका पनि स्थगित अवस्थामा छ । यसलाई पनि संशोधनसहित छिट्टै जारी गर्ने तयारी मन्त्री भण्डारीले गरेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती सोमबार, फागुन २५, २०८२
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस् शुक्रबार, फागुन २२, २०८२
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली बुधबार, फागुन २०, २०८२
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस मंगलबार, फागुन १९, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP