Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपति गुहार्न पुगे प्रतिपक्षी दल
राष्ट्रपति गुहार्न पुगे प्रतिपक्षी दल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, कात्तिक ८, २०८१
राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका प्रतिपक्षी दलका नेताहरु । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय
  • सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने त्रासमा प्रतिपक्षी दलहरु
  • सरकारले अध्यादेश ल्याए रोकिदिन राष्ट्रपतिसमक्ष आग्रह
  • प्रधानमन्त्री ओली प्रतिपक्षी दलहरु फुटाउन लागिपरेको आरोप
  • कुनै दल फुटाउने मनसाय नभएको ओलीको भनाइ


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गरेको तयारीले प्रतिपक्षी दलहरू आत्तिएका छन् । प्रधानमन्त्री ओलीलाई अध्यादेश नल्याउन भन्दै सोमबार ज्ञापनपत्र बुझाएका प्रतिपक्षी नेताहरू बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई गुहार्न पुगे । उनीहरुले राष्ट्रपतिलाई भेटेर अध्यादेश आए रोक्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले संविधान र बहुदलीय प्रणालीलाई ध्वस्त पार्नेगरी आउने अध्यादेश जुनसुकै हालतमा रोक्नुपर्ने भनिएको बताए । यसमा राष्ट्रपति पौडेल सकारात्मक देखिएको उनको भनाइ छ ।

‘बहुदलको पक्षमा लड्दा तपाईं (पौडेल)ले पनि जेलनेल भोग्नुभएको छ । त्यसैले यसमाथि धावा बोल्न दिनुहुँदैन । तर, बहुदलीय प्रणालीलाई मास्नेगरी दल फुटाउन सजिलो हुने अध्यादेश प्रमाणित नगर्नुहोला भन्यौं,’ उनले प्रभावसँग भने, ‘राष्ट्रपतिले चाहिँ तपाईंहरूको कुरा ठिकै हो । नआई त के भन्ने र आओस् न पहिले । आएपछि तपाईंहरुसँग पनि परामर्श लिउँला भन्नुभयो ।’

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजंग गुरूङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर गएका थिए ।मंगलबार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने तयारी गरेका थिए । उक्त दिन साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेशको मस्यौता पेस गर्ने चर्चा थियो ।

Hardik health

अन्तिममा आएर मन्त्रिपरिषद् बैठक नै स्थगित भयो । अध्यादेश आएन ।स्रोतका अनुसार प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण अध्यादेश रोकिएको हो । उनी दल फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउने पक्षमा छैनन् जसले ओलीको टाउको दुःखेको छ ।

यद्यपि, प्रतिपक्षी दलका नेताहरू कुनै पनि बेला ओलीले अध्यादेश ल्याउने र दलहरू फुटाउनसक्ने भन्दै आतंकित छन् । त्यही भएर गत शुक्रबार बसेको प्रतिपक्षी दलहरूको बैठकले अध्यादेश रोक्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर आग्रह गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै उनीहरूले प्रधानमन्त्री ओलीपछि राष्ट्रपति पौडेलसँग भेटेरै अध्यादेशको औचित्य नभएको भन्दै आएका हुन् । 

भेटका क्रममा प्रधानमन्त्री ओलीले कुनै दल फुटाउने मनसाय नभएको बताएका थिए । तर, ओलीको यो भनाइसँग प्रतिपक्षी दलका नेताहरू सहमत छैनन् । कांग्रेस सभापति देउवाले सहमति दिएको दिन अध्यादेश आउने प्रतिपक्षी दलहरूको विश्लेषण छ । अध्यादेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेको स्रोतको भनाइ छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी फुटाउन प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवालाई मनाएर अध्यादेश ल्याउन खोजिरहेको स्रोतको दाबी छ । सोही कारण उक्त दलका नेताहरूले यसअघि नै देउवासँग भेटवार्ता गरेर अध्यादेश रोक्न आग्रह गरिसकेका छन् । 

अध्यादेशबारे आइतबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल भएको थियो । त्यसपछि एमालेले पार्टीभित्रसमेत छलफल गरेको थियो । तर, देउवा सकारात्मक नहुँदा तत्कालका लागि अध्यादेश टरेको छ । यति हुँदा पनि प्रतिपक्षी दलहरूमा अध्यादेश आतंक कायमै छ । 

हाल प्रचलित राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै पनि राजनीतिक दल फुटाएर नयाँ बनाउनका लागि केन्द्रीय समिति र संघीय संसद्मा ४०÷४० प्रतिशत सदस्यको सहमति अनिवार्य हुनुपर्छ । तर, यसअघि २०७८ भदौमा देउवा प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत उक्त व्यवस्था संशोधन गरिएको थियो । संशोधनमार्फत केन्द्रीय समिति वा संघीय संसद्का २० प्रतिशत सदस्य सहमत भए पार्टी फुटाउन सक्ने व्यवस्था राखिएको थियो ।

अध्यादेश जारी भएपछि एमाले विभाजन भएर एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेका थिए । दल विभाजन भएपछि उक्त अध्यादेशलाई संसदले अनुमोदन नगरेका कारण स्वतः निष्क्रिय भएको थियो ।पूर्ववर्ती दाहाल सरकारले १८ माघ २०८० मा प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक दर्ता गरेको थियो । यो विधेयक हाल राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा छ । तर, यतिबेला संसद अधिवेशन छैन । त्यसैकारण ऐनका कतिपय निष्क्रिय प्रावधानलाई सम्बोधन गर्नेगरी अध्यादेश ल्याउने पक्षमा सरकार छ । 

प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसँगै, जनमत, लोसपा र नागरिक उन्मुक्तिसहितका दलहरू फुटाउन लागेको चर्चा छ । उपेन्द्र यादव नेतृत्वको जसपा (नेपाल)बाट अलग भएर अशोककुमार राई नेतृत्वमा गठित जसपालाई वैद्यता दिन पनि अध्यादेश ल्याउन लागेको बताइएको छ । यदि, अध्यादेश ल्याए नेकपा एस सबैभन्दा पहिले फुट्ने राजनीतिकवृत्तमा चर्चा छ । त्यहाँका सांसदहरू भानुभक्त जोशी, किसान श्रेष्ठ, अम्बरबहादुर थापालगायतले पार्टी छाड्न लागेको बताइएको छ । नेकपा एस र जसपाको सांसद मात्रै एमाले भित्र्याउन पाए संसद्को यही कार्यक्रममा पहिलो ठूलो दल बन्ने ओलीको चाहना छ । तर, ओलीले भने कुनै दल विभाजन गर्ने पक्षमा नभएको दाबी गरेका छन् । 

 


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो
पर्सा निकुञ्‍जमा बाघ गणना थालियो बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP