Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #विश्व_टेलिभिजन_दिवस
  • #बोराबाध
  • #बेलीब्रिज
  • #नेपाल उद्योग वाणिज्य महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • जलवायुपरिवर्तन सम्मेलन ‘कोप–२९’ मा पाँच बुँदे घोषणपत्र
जलवायुपरिवर्तन सम्मेलन ‘कोप–२९’ मा पाँच बुँदे घोषणपत्र
दानबहादुर बुढा
दानबहादुर बुढा सोमबार, कात्तिक ५, २०८१

मुगु -‘कोप–२९’ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका बारेमा भएकाे दुई दिने कार्यशाला पाँच बुँदे घोषणा पत्र जारी गरेकाे छ ।

शनिबारदेखि मुगुको रारा तालको किनारमा संघिय वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथै फाउण्डेसनले आयोजना गरेको कोप-२९ को पुर्व तयारी र जलवायु परिवर्तन सम्मेलनमा पाँच बुँदे घोषणा पत्र जारी गरेकाे हाे ।

संयुक्त रुपमा आयोजना गरेको साे सम्मेलन दुई  दिन भएकाे थियाे ।  पुर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असर र अवसरबारे भएको सम्मेलनमा संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको उपस्थितीमा प्रदेश तथा स्थानिय प्रतिनिधि संघ संस्थाका प्रतिनिधिसहित विज्ञहरुको छलफलले पाँच बुँदे घोषणपत्र जारी गरेको हो ।

आईतबार जारी गरिएको पाँच बुँदे घोषणपत्रमा जलवायु परिवर्तनका कारण समग्र नेपाल उच्च जोखिममा भएको र कर्णाली प्रदेशमा जा्खिमता साथै यस क्षेत्रको जलवायु परिवर्तनसँग जुध्ने क्षमता अत्यन्त्य कम रहेको विषयमा सम्मेलनमा विशेष छलफल तथा अन्तरक्रिया गरेकाे छ । 

Hardik health

स्थानिय, प्रादेशिक र संघिय सरकारले कार्यान्वयन गर्ने नियमित विकास निमार्णका कार्यक्रमहरु जलवायु परिर्वतनसम्बन्धि जोखिम ब्यवस्थापन र जलवायु मैत्री क्रियाकलापहरु कार्यान्वयन गर्न विशेष प्राथमिकता साथ उठान गर्दै, जलवायु परिर्वनका कारण महिला,बालबालिका,युवा सिमान्तकृत समुदाय लगाएतमा परेको प्रभाव,जोखिमता र जलवायु न्याय सम्बन्धी विषयलाई अन्तराष्ट्रिय स्तरमा विशेष प्रथामिकता साथ उठान गरिने उक्त घोषणपत्रमा उल्लेख गरिएको छ । 

घोषणपत्रमा नेपालमा जलवायु  परिर्वतनले पारेको प्रभावसँग जुध्न साथै जलवायु मैत्री विकासका अवसर प्राप्त गर्न अनतराष्ट्रिय समुदायको सहकार्यलाई विशेष जोड दिईने छ । जलवायु परिर्वतनले स्थानीय जनजिविकामा पारेको असर र प्राकृतिक विपदको बैत्रानिक लेखाजोखा गर्दै जोखि ब्यवस्थापन र असर कम गर्दै राष्ट्रिय, प्रदेश र स्थानिय तहको क्षमता अभिवृद्धि गर्दै आसन्न कोप—२९ मा नेपालमा जलवायु परिर्वनले पारेका असर र प्राप्त हुन सक्ने अवसरहरुका साथै जलवायु मैत्री कार्यक्रमहरु कार्यान्यन गर्न जलवायु वित्तको आवश्यकताका बारे  विशेष पहल गरिने घोषण पत्रमा जारी गरिएको छ ।

कार्यक्रममा बोल्दै वन तथा वातारण मन्त्री शाहीले नेपालले केही गल्ती नै नगरी अन्याय भोग्नु परेकोले क्षेती पूर्तीको लागि सरकारले अन्तरष्टिय फोरममा आवाज उठाउने बताउनु भएको छ ।उहाँले संयुक्त राष्टसंघिय जलवायु संम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्ती स्वरुप पाउनको लागि आवश्यक गृहकार्य भई रहेको जानकारी दिए ।मन्त्री शाहीले यस अघिको बजेटमा जलवायु न्यायका लागि काम गर्ने बजेट न्यून रहेकोले आगामी बजेटमा सरकारले ध्यान पुराउने दृढता राखे ।  जलवायु परिवर्तनका असरले कर्णालीका जनतालाई परेको असर सहित कर्णालीको अवाजलाई यसपटक कोप २९ मा पुराउने बताए ।

कार्यक्रम आयोजक साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छाँयानाथ हिमाल लगायतको हिमालको आकषण जलवायु परिवर्तनको कारणले घट्र्द गएको प्रति चिन्ता व्यक्त गरे  । '‘हामी कर्णालीमा यहाँको जनजीवनान जलवायु परिवर्तनले पारेको असर बुझुुन र कर्णालीका आवाज विश्वमाझ पुर्‍याउन आएका हौँ,'' कार्कीले भने ।

रारामा भएको जलवायु सम्मेलनमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल, जलवायु विज्ञ डा मञ्जित ढकाल मन्त्रलालयकाृ सलहकार डा माधव कार्की, मन्त्रालयका उपसचिव दिपा वली, एनटीएनसीका सदस्य सचिव नरेश सुवदी, नेपालपर्यटनबोडका निर्देशक श्रद्धा श्रेष्ठ, योनिक अल्पसंख्यक अभियन्ता भुमिका श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पा, खुम्बु पासाङ्ग गाउँपालिका उपप्रमुख टासी लामाले विभिन्न प्रस्तुती राखेका थिए । सो अवसरमा स्थानीय तथा जलवायु परिवर्तनको असर भोगेका विभिन्न पालिकाका जनप्रतिनिधि, संरक्षणविद्सँग प्यानल छलफल गरिएको थियो।


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने बिहीबार, मंसिर ४, २०८२
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान शुक्रबार, कात्तिक २८, २०८२
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान बुधबार, कात्तिक २६, २०८२
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग आइतबार, कात्तिक २३, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने शुक्रबार, कात्तिक २१, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, आंशिक बदली हुने
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, आंशिक बदली हुने बुधबार, कात्तिक १९, २०८२
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP