Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति ‘गोप्य’
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति ‘गोप्य’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज २२, २०८१
  • सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।
  • आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र पनि सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्छ ।
  • प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले सम्पत्ति विवरण पेस गरेको तर सार्वजनिक गर्नुपर्ने निकायले सार्वजनिक नगरेको दाबी


काठमाडौं– सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत उल्लेख गरेर ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क (१) मा यस्तो व्यवस्था छ ।

यस्तै, आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र पनि सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्छ ।तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीको सम्पत्ति विवरण अझै सार्वजनिक गरिएको छैन । ओली गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका हुन् । ३१ असारमा उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरू सोही दिन नियुक्त भएका हुन् । अधिकांश मन्त्रीले आफ्ना र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण अद्यावधिक गरेर सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने र सार्वजनिक गर्नुपर्ने प्रावधानको उल्लंघन गरेका छन् । 

सरकार गठन भएको तीन महिना हुनै लागेको छ । ३१ असारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायत दलको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । हाल ओली सरकारमा दुई जना उपप्रधानमन्त्री छन् । २० जना मन्त्री र तीन राज्यमन्त्री छन् । सोमबारसम्म उनीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरी ‘गोप्य’ राखिएको छ ।

Hardik health

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्य प्रधानमन्त्री ओली र मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण पेस गरिसकेको बताउँछन् । तर, सार्वजनिक गर्ने कि गोप्य राख्ने भन्ने प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूमा निहित हुने बताए । ‘सम्पत्ति विवरण त अस्ति भरिसक्नुभयो । त्यो पेस पनि भएको छ तर सार्वजनिक गर्ने कि नगर्ने भन्ने उहाँहरू (प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री) नै जिम्मेवार हो,’ उनले प्रभावसँग भने । 

Umesh-Mainali-1728366632.jpg
सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । पदभार ग्रहण गरेको ६० दिनमा सम्पत्ति विवरण बुझाउनुपर्छ भन्नुको अर्थ भ्रष्टाचार नगरून् भन्ने हो । तर, अहिले त विवरण बुझाउँछन् कि बुझाउँदैनन्, सार्वजनिक नभएपछि यसै भन्न सकिँदैन ।-उमेश मैनाली, पूर्वप्रशासक 

आचार्यका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विवरणको अद्यावधिक गरिसकेको छ । यद्यपि, सार्वजनिक गरिएको छैन । यसलाई लिएर सरकारको आलोचना हुन थालेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिलाई सुशासनप्रति प्रतिबद्ध बनाउन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको हो । तर, कार्यान्वयन गर्न न सरकार तत्पर देखिन्छ, न त स्वयं मन्त्रीहरु ।

उसो त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरालाई वैयक्तिक अधिकार ठानेको छ । राष्ट्रिय सतर्कता केन्द्रले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नु व्यक्तिको नैतिकतासँग जोडिएको विषय भएको जनाएको छ । केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनबमोजिम बाध्यकारी नभए पनि नैतिकताको प्रश्न भएको स्पष्ट पारे ।

जनताबाट अनुमोदित व्यक्तिहरूले पारदर्शिता अपनाउने हो भने राजकीय पदमा प्रवेश गर्दाको सुरूका दिन र हालसम्मका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार सम्पत्ति सार्वजनिक गर्न कुनै बाध्यकारी व्यवस्था छैन । सुशासनका कुरा गर्ने व्यक्तिहरूले जनताबाट अनुमोदन भइसकेपछि मेरो सुरूका दिनमा यति सम्पत्ति थियो, अहिले यति छ भनेर सार्वजनिक गर्दा पारदर्शी हुन्छ । यो कानुनीभन्दा पनि नैतिक प्रश्न जोडिएको विषय हो ।

नेपाली कांग्रेसबाट पर्यटनमन्त्री नियुक्त बद्री पाण्डेले यसअघि नै सम्पत्ति विवरण भरेर पठाएको तर सार्वजनिक गर्ने नि नगर्ने भन्ने विषय सम्बन्धित निकायको हात हुने भन्दै पन्छिए । ‘मन्त्री भएको दुई महिनाभित्रमै सम्पत्ति विवरण भरेर बुझाइसक्यौं । तर, पेस गरेपछि सार्वजनिक गर्नुपर्ने दायित्व हाम्रो होइन,’ उनले प्रभावसँग भने ।सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण पेस गर्ने र सार्वजनिक गर्न अनुमति दिने प्रावधान छ । २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि यस्तो व्यवस्था गरिएको हो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । ‘पदभार ग्रहण गरेको ६० दिनमा सम्पत्ति विवरण बुझाउनुपर्छ भन्नुको अर्थ भ्रष्टाचार नगरून् भन्ने हो । तर अहिले त विवरण बुझाउँछन् कि बुझाउँदैनन्, सार्वजनिक नभएपछि यसै भन्न सकिँदैन,’ उनले भने । 

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि सार्वजनिक पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अख्तियार दुरुपयोगसम्बन्धी ऐनमा उल्लेख छ । यसको बारम्बार उल्लंघन भइरहेको छ । तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट २०७४ सालमा प्रधानमन्त्री हुँदा ओली र उनका मन्त्रिपरिषद्का सबैले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

यसपटक भने गोप्य राखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि सम्पत्ति विवरण गोप्य राखिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ढिलागरी सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।
 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP