Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • टीकाभैरवको दुःख हेर्न १० दिनपछि मिल्यो गृहमन्त्रीलाई ‘फुर्सद’
टीकाभैरवको दुःख हेर्न १० दिनपछि मिल्यो गृहमन्त्रीलाई ‘फुर्सद’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज २१, २०८१
  • गोदावरी नगरपालिका ललितपुर महानगरपालिकासँग जोडिएको नगरपालिका हो । जहाँ साझा यातायातको बस चढेर पौने घण्टामै पुग्न सकिन्छ । मन्त्रीको गाडी पुग्न आधा घण्टा पनि लाग्दैन ।
  • गृहमन्त्री लेखकले बाढीपहिरो गएको १० दिनपछि आइतबार बल्ल लाभग्राहीहरुको विवरण तत्काल पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।
  • अमेरिकाको नर्थ क्यारोलिनालगायत विभिन्न राज्यमा हेलेन नामक आँधीका कारण सिर्जित बाढीका कारण २०० जनाभन्दा बढीको मृत्यु भयो । उक्त घटनाबारे जानकारी लिन अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बाढीग्रस्त क्षेत्रको भ्रमणमा पुगे । तर, नेपालमा न त राष्ट्रपति रामचन्द्र पौडेल बाढीग्रस्त क्षेत्र पुगे न प्रधानमन्त्री केपी शर्मा ओली नै ।

काठमाडौं– सरकारका मन्त्रीहरुको सरकारी निवास ललितपुरस्थित पुल्चोकबाट गोदावरीको टीकाभैरव मन्दिर करिब १५ किलोमिटरको दूरीमा छ । यही असोज १० गतेबाट परेको अविरल वर्षाका कारण सिर्जित बाढीपहिरोका कारण यस क्षेत्रको सडक नौ दिनसम्म अवरुद्ध भयो । सडक खुलेपछि आइतबार बिहान गृहमन्त्री रमेश लेखक लावलस्कर लगाएर उक्त क्षेत्रमा पुगे ।

गोदावरी नगरपालिका ललितपुर महानगरपालिकासँग जोडिएको नगरपालिका हो । जहाँ साझा यातायातको बस चढेर पौने घण्टामै पुग्न सकिन्छ । मन्त्रीको गाडी पुग्न आधा घण्टा पनि लाग्दैन । तर, विपद्को समयमा नेतृत्व गर्ने तालुकदार मन्त्रालयको प्रमुख लेखक भने विपत्तिको १० दिनपछि उक्त क्षेत्रमा पुगेका हुन् ।

यो विपद्मा गोदावरीमा मात्रै १३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय ललितपुरको तथ्यांक छ । कयौं घाइते र कतिले राहत सामग्री नपाउँदा यस क्षेत्रका जनता निकै मर्माहत बनेका छन् । यस क्षेत्रमा खानेपानीसमेत अवरुद्ध भएको वडा ६ का स्थानीय वीरमान तामाङले बताए । यसैगरी वडा ७ क्षेत्रमा बिजुलीसमेत अवरुद्ध छ । 

गृहमन्त्री लेखकले १० दिनपछि गोदावरी पुगेर आफूहरुले सक्दो काम गरिरहेको भन्दै निरीहता देखाए । ‘सकेसम्म सबै गरिरहेका छौं । खोजी र उद्धारमा समय लाग्यो नै । अब हामी राहत र पुनःस्थापनामा जोड दिन्छौ,’ आइतबार बिहान लेखकले सञ्चारकर्मीसँग भने ।

Hardik health

बल्ल निर्देशन– तत्काल क्षति विवरण पठाउनू
गृहमन्त्री लेखकले बाढीपहिरो गएको १० दिनपछि आइतबार बल्ल लाभग्राहीहरुको विवरण तत्काल पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन लेखकले निर्देशन दिएका हुन् । लेखकले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।

‘सरकारले यो समस्यालाई गम्भीररुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘क्षतिको यकीन विवरण संकलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’ उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए । उनले सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए ।

 
यसैक्रममा गृहमन्त्री लेखकले पहिरोले क्षति पु¥याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको निरीक्षण गरे । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आइतबारसम्म ३९ जना मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराए ।

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए । 


विपद्ग्रस्त क्षेत्रमा किन देखिएन सरकार ?
गत शुक्रबार अमेरिकाको नर्थ क्यारोलिनालगायत विभिन्न राज्यमा हेलेन नामक आँधीका कारण सिर्जित बाढीका कारण २०० जनाभन्दा बढीको मृत्यु भयो । उक्त घटनाबारे जानकारी लिन अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बाढीग्रस्त क्षेत्रको भ्रमणमा पुगे । तर, नेपालमा न त राष्ट्रपति रामचन्द्र पौडेल बाढीग्रस्त क्षेत्र पुगे न प्रधानमन्त्री केपी शर्मा ओली नै ।बल्ल गृहमन्त्री लेखक गोदावरी पुगे । जबकि देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण अधिक क्षति पुगेको छ । नेपाल प्रहरीका अनुसार यो विपद्मा परी मृत्यु हुनेको संख्या आइतबारसम्म २४४ पुगेको छ । यस विपद्मा परी १९ जना अझै बेपत्ता छन्, १७३ जना घाइते भएका छन् । 

बिपी राजमार्ग, त्रिभुवन राजपथलगागत विभिन्न सडकको अवस्था नाजुक छ । दसैंमा घर फर्कने नागरिकको धपेडी उस्तै दयालाग्दो छ भने राहत नपाएर नागरिक छटपटिएका छन् । तर, राष्ट्रप्रमुख तथा सरकार प्रमुख जनताको दुःख हेर्न शीतलनिवास र सिंहदरबारबाट एक पाइला सार्दैनन् । आखिर किन सरकार प्रमुखहरुले यस्तो लाचारीपन देखाए त ?‘अहिले आलोचनाको सिकार हुने डरले मन्त्रीहरु विपद्ग्रस्त क्षेत्रमा जान मान्दैनन्,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । राजनीतिक अस्थिरताका कारण जनतामा दिनानुदिन नैराश्यता थपेको र नेतृत्वमा बस्नेहरुले यसलाई थप साथ दिइरहेको ती अधिकारीको दाबी छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP