Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • न्यायालयको कमाण्ड सम्हाल्दै राउत
न्यायालयको कमाण्ड सम्हाल्दै राउत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज २०, २०८१

 

  • ३१औं प्रधानन्यायाधीशको रुपमा आज शपथ लिँदै
  • न्यायालयप्रति जनताको आसा र भरोसा बढाउनुपर्ने चुनौती
  • भ्रष्टाचार र बिचौलियामुक्त न्यायालय बनाउनुपर्ने
  • न्यायमा ढिलासुस्ती भएको गुनासो सम्बोधन गर्नुपर्ने

काठमाडौं– सर्वोच्च अदालतले स्थापनाको ६८औं वर्षमा ३१औं प्रधानन्यायाधीश पाएको छ । नयाँ प्रधानन्यायाधीशको रूपमा आजदेखि प्रकाशमानसिंह राउतले सर्वोच्चको नेतृत्व सम्हाल्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानन्यायाधीशको रूपमा पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । त्यसका लागि राष्ट्रपति भवन शीतलनिवासमा आज १ः३० बजे शपथ समारोह राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ ग्रहणपछि राउतले आजै पदभार ग्रहण गर्ने छन् । 

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो । असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए । उदयपुर घर भएका राउतले अब २०८२ चैत १७ गतेसम्म सर्वोच्चको नेतृत्व गर्नेछन् ।नेपालमा सर्वोच्च अदालत ८ जेठ २०१३ सालमा भएको थियो । त्यसअघि भने प्रधानन्यायालय थियो । पहिलो प्रधानन्यायाधीशका रूपमा दार्जीलिङका हरिप्रसाद प्रधान थिए । उनी दुईचोटी प्रधानन्यायाधीश भएको सर्वोच्च अदालतको अभिलेखमा उल्लेख छ । प्रधान प्रधानन्यायाधीश भएको ७३ वर्षपछि राउत प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।

संसदीय सुनुवाइका क्रममा सांसदहरूले यसअघि उनलाई प्रश्नैप्रश्न बर्साएका थिए । कांग्रेस सांसद जीवन परियार, एमाले सांसद सुनिता बराल, रास्वपा सांसद डिपी अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले न्याय परिषद् नियमावली संशोधनले बार र बेञ्चबीच सिर्जना गरेको विवादको विषयमा राउतलाई प्रश्न गरेका थिए ।न्याय परिषद् नियमावली संशोधनले ल्याएको विवादले नियमावली, निर्देशिका र कार्यविधि निर्माण गर्ने अधिकार सम्बन्धित निकायलाई प्रत्यायोजन गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको पनि उनीहरूको भनाइ थियो । राउतले भने नियमावलीमा गरिएको संशोधनको बचाउ गरेका थिए । तर, नेपाल बार एसोसिएसनले उठाएका विषयको सम्बोधन गर्न आफू तयार रहने पनि राउतको भनाइ थियो । बारले उठाएका जायज माग सम्बोधन गर्न प्रयास गर्ने उनले सुनुवाइ समितिसमक्ष प्रतिबद्धता जनाएका थिए । 

Hardik health

यही ११ असोजमा हालै प्रधानन्यायाधीशबाट अवकाश पाएका विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोेच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । न्याय परिषद्मा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, कानुनमन्त्री अजय चौरसिया र अन्य दुई जना परिषद्का सदस्यले सर्वसम्मत निर्णय गरेका थिए । उक्त निर्णय संविधानको व्यवस्थाअनुसार गरिएको स्पष्ट पार्दै राउतले सुनुवाइका क्रममा भनेका थिए, ‘संविधानमा न्यायाधीश नियुक्ति गर्ने अधिकार न्याय परिषद्लाई छ । संविधानले तिमीले यो काम गर भन्छ अनि संविधानबमोजिम गरेको कामलाई असंवैधानिक भन्ने अर्थ लगाउँदा के हुन्छ ?’

राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा छ वटा उजुरी परेका थिए । अमेरिकामा बस्दै आएका पूर्वसैनिक अधिकृत प्रज्वल बस्नेतले आफ्नो उजुरीमा संविधानसँग बाझिएको सैनिक ऐन संशोधन गर्न सर्वोच्च अदालतले १३ वर्षअघि दिएको आफ्नै फैसला कार्यान्वयन गराउन न्यायाधीशहरू अक्षम रहेको, सेनासँग सम्बन्धित विषयमा निर्णय गर्ने सन्दर्भमा डराएको भन्दै बस्नेतले राउत पनि यो विषयमा उदासीन रहेकाले निर्णय गर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छ ? भनी प्रश्न उठाएका थिए । बाजुराका गगन अयडीले ४ मंसिर ०७९ को निर्वाचनमा घर घेराबन्दी गरी आफ्नो छोराको हत्या गर्नेहरू जिल्ला र उच्च अदालतबाट पुर्पक्षका लागि थुनामा पठाएकोमा सर्वोच्चमा राउत र अर्का न्यायाधीशले धरौटीसमेत नलिई साधारण तारेखमा छोडी अन्याय गरेकाले प्रधानन्यायाधीश नबनाउन माग गर्दै सिडिओ कार्यालयमार्फत समितिमा उजुरी दिएका थिए ।

तर, समितिबाट सर्वसम्मतरुपमा प्रधानन्यायाधीशमा उनी अनुमोदित भए । यसबेला भने राउतमाथि न्यायालयप्रति जनताको आसा र भरोसा बढाउनुपर्ने चुनौती छ । हरिकृष्ण कार्की प्रतिवेदनले न्यायालय भ्रष्टाचारको अखडा बनेको तथ्य बाहिर ल्याइसकेका कारण भ्रष्टाचारमुक्त न्यायालय बनाउने अर्को चुनौती राउतको छ । न्यायालयमा पूरै बिचौलियाको बिगबिगी रहेको उक्त प्रतिवेदनको सार थियो । अर्कातिर, न्यायमा ढिलासुस्ती भएको विषयमा सेवाग्राहीको चरम गुनासो र असन्तुष्टि छ । त्यसलाई सम्बोधन गर्नुपर्ने चुनौती पनि कार्कीसँग छ । 

यसका साथै सर्वोच्चमा आवश्यक चारजना न्यायाधीशको नियुक्ति भइरहेको छैन । न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद् ऐनको प्रावधानप्रति नेपाल बारको विरोध छ । बारले वर्तमान न्याय परिषद् ऐन खारेजीको माग गरेको छ । बेञ्च र बारबीच तीक्ततापूर्ण सम्बन्ध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बार उपाध्यक्ष हर्कबहादुर रावलले बताए ।  ‘अहिलेको प्रावधान व्यावहारिक र कानुनी दुवै दृष्टिले प्रश्न उठ्दो छ । त्यसैले हामीले अहिलेको प्रावधान खारेजीको विकल्प छैन र नयाँ प्रधानन्यायाधीशले बारसँग समन्वय गरेर अघि बढ्ने रणनीति बनाउनुपर्छ,’ रावलले प्रभावसँग भने ।नयाँ प्रधानन्यायाधीश राउत यसअघि श्रीमतीसँगको झगडामा मुछिएका थिए । त्यसबारे संसदीय समिति बैठकमा प्रश्नसमेत उठेको थियो । अन्ततः उनी अनुमोदित भए ।

हालसम्मका प्रधानन्यायाधीश
१. हरिप्रसाद प्रधान
२. अनिरुद्धप्रसाद सिंह
३. भगवतीप्रसाद सिंह 
४. रत्नबहादुर विष्ट    
५. नयनबहादुर खत्री
६. धनेन्द्रबहादुर सिंह    
७. विश्वनाथ उपाध्याय
८.सुरेन्द्रप्रसाद सिंह
९. त्रिलोकप्रताप राणा
१०. ओमभक्त श्रेष्ठ
११. मोहनप्रसाद शर्मा
१२. केशवप्रसाद उपाध्याय
१३. केदारनाथ उपाध्याय
१४. गोविन्दबहादुर श्रेष्ठ
१५. हरिप्रसाद शर्मा
१६. दिलिपकुमार पौडेल
१७. केदारप्रसाद गिरी
१८. मीनबहादुर रायमाझी    
१९. अनुपराज शर्मा
२०. रामप्रसाद श्रेष्ठ
२१. खिलराज रेग्मी
२२. दामोदरप्रसाद शर्मा
२३. रामकुमारप्रसाद शाह
२४. कल्याण श्रेष्ठ
२५. सुशीला कार्की
२६. गोपाल पराजुली
२७.ओमप्रकाश मिश्र
२८. चोलेन्द्र शम्शेर जबरा
२९. हरिकृष्ण कार्की
३०. विश्वम्भरप्रसाद श्रेष्ठ
 


प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:०५
#सर्वोच्च_अदालत #प्रकाशमानसिंह_राउत #३१औं प्रधानन्यायाधीश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक शुक्रबार, माघ १६, २०८२
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की शुक्रबार, माघ १६, २०८२
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल
निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP