Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वडिआइजी छविलाल पक्राउ
सहकारीको बचत अपचलन प्रकरण  पूर्वडिआइजी छविलाल पक्राउ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज ७, २०८१
  •  रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी 
  •  पक्राउ गरे प्रतिवाद गर्ने लामिछानेको चेतावनी 

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएको केही घण्टामै पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन् । जरुरी पक्राउ पुर्जी जारी गराएर उनलाई पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार जोशी भाग्ने तयारीमा थिए । त्यही भएर अदालतबाट जरुरी पक्राउ पुर्जी जारी गराएर पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका पूर्वव्यावसायिक साझेदार हुन् । गितेन्द्रबाबु (जिबी) राईसँगै जोशी र लामिछाने मिलेर गोरखा मिडिया नेटवर्क प्रालिमार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेका थिए । सोही मिडियामा देशका विभिन्न सहकारीको बचत रकम ल्याएर अपचलन गरेको संसदीय छानबिन विशेष समितिको निष्कर्ष थियो । उक्त निष्कर्षसहितको प्रतिवेदनलाई आइतबार कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिएका थिए । 

लगत्तै जोशी पक्राउ परेका हुन् । त्यसपछि सभापति लामिछाने आत्तिएको देखिन्छ । उनले आइतबार नै काठमाडौं उपत्यकास्थित पार्टीका नेता कार्यकर्तालाई तत्काल पार्टी कार्यालय वनस्थलीमा जम्मा हुन भनेका थिए । आइतबार साँझ कार्यकर्ताको भीड रास्वपा कार्यालयमा बाक्लो भयो । भीडकै कारण प्रहरी वृत्त बालाजु र सोह्रखुट्टेबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली रास्वपा कार्यालय वनस्थली पुगेको थियो । 

कार्यालयपरिसरमा भेला भएका कार्यकर्ताले भने सरकारविरोधी नाराबाजी गरेका थिए । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछानेलाई पक्राउ गर्न सक्ने भएपछि सरकारको कडा शब्दमा आलोचना गरेका थिए । उनले सरकार निरंकुश बन्न खोजेको टिप्पणी गरे । सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ उनले लेखे, ‘घोर निरंकुश षड्यन्त्रविरुद्ध निलो क्रान्ति ।’

Hardik health

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले लामिछानेलाई पक्राउको गल्ती नगर्न प्रहरी प्रशासनलाई चेतावनी दिए । तर, प्रहरीको ठूलो भीड पार्टी कार्यालयमा देखापरेपछि पक्राउ पर्नसक्ने भन्दै कानुनी परामर्श पनि गरिरहेको उनको थियो । विभिन्नदलका शीर्ष नेताहरूलाई पनि लामिछानेलाई पक्राउ नगर्न भनिएको श्रेष्ठको भनाइ थियो । लामिछानेसहितका नेता पार्टी कार्यालयभित्र लामो समय छलफलमा व्यस्त भए । त्यहीबेला प्र्रांगणमा पक्राउ तयारीको विरोधमा नाराबाजीसमेत भएको थियो । तर, प्रहरीका उच्च अधिकारीहरूका अनुसार रविलाई आज (सोमबार) पक्राउ गर्ने सम्भावना बढी छ । 

ती उच्च अधिकृत भन्छन्, ‘सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । छविलालको बयान लिएपछि थप अनुसन्धान अघि बढ्छ र त्यसपछि लामिछानेलाई पक्राउ गर्छौं ।’सहकारीका संस्थापक अध्यक्ष राई, लामिछाने र जोशीका व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोरखा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

राजनीतिमा आउनुअघि लामिछाने गोरखा मिडिया नेटवर्कका निर्देशक थिए । त्यसबेला सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको पाइएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार गृहमन्त्री लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आइजिपी वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।मन्त्री लेखकको निर्देशनपछि पूर्वडिआइजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेर कास्कीमा पठाएको छ । रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका थिए । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिसअनुसार गोरखा मिडियाका सञ्चालक कुमार रम्तेल, जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो । अध्यक्ष राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उनलाई पक्राउ गर्न इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शनको एक अर्ब आठ करोड रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जहाँ रास्वपा सभापति लामिछानेको भूमिका औंल्याइएको छ । उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेर पोखरा लैजाने तयारी गरेको छ तर लामिछाने सांसद भएकाले प्रहरीले अन्य प्रक्रिया मिलाउनुपर्ने हुन्छ ।प्रहरीले पक्राउ तयारी गरेसँगै रास्वपा सभापति लामिछानेमाथि राजनीतिक संकट चुलिएको छ । गोरखा मिडिया नेटवर्कमा गएको सहकारी रकम अपचलनमा उनी पनि दोषी रहेको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

पार्टी खोलेको २७ महिनामै लामिछाने दोस्रोपटक गिरफ्तारीको सँघारमा पुगेका छन् । यद्यपि, अदालतबाट प्रमाणित नहुँदासम्म उनको सांसद पद भने सुरक्षित रहने छ । २०७९ पुस ११ देखि माघ १३ र २०८० फागुन २३ देखि असार २८ सम्म दुईपटक गृहमन्त्री बनेका उनले पहिलोपटक नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए ।लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनले नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नै नगरी २०७९ मंसिर ४ गतेको चुनावमा उम्मेदवार बनेका थिए । 

गत वर्षका १३ माघमा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको भन्दै सर्वोच्च अदालतले २०७९ मा खारेज भएको फैसला सुनायो । नागरिकता ऐनअनुसार, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । त्यसरी एकपछि अर्को प्रकरणमा लामिछाने चुक्दै गएका छन् । हालै सम्पन्न रास्वपाको दुई दिने भेलामा पेस गरेको राजनीतिक प्रतिवेदनमा लामिछानेले आफ्नो व्यक्तिगत मामलाको भार सिंगो पार्टीले बेहोर्नुपरेको बताएका थिए ।

प्रतिवादमा लामिछाने 

रास्वपा सभापति लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पार्टी कार्यालयमा आइतबार साँझ जम्मा भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले जेल पठाउनेगरी निर्णय भए सीधै प्रतिवाद गर्ने बताएका हुन् । 
‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिँदैनौ । कुनै हालतमा हुन दिदैनौं,’ उनले भने । 
आफूलाई पक्राउ गर्नसक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई ‘अलर्ट’ रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुईतिहाइको छ । तयार भएर रहनुहोला, अलर्टमा रहनु होला र सरकारले हेक्का राखोस् कि म मान्छे बेचेर संसद् आएको होइन,’ उनले भने । 
सरकारले षड्यन्त्रपूर्वक तरिकाले पक्राउ गर्नसक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । सरकारविरुद्ध लडेर जित्ने पनि उनले दाबी गरे । 

 


प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील शुक्रबार, माघ १६, २०८२
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली शुक्रबार, माघ १६, २०८२
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित शुक्रबार, माघ १६, २०८२
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक शुक्रबार, माघ १६, २०८२
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP