Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • गलत ‘ब्रिफिङ’ले रास्वपामा खुसियाली 
सहकारीको बचत अपचलन प्रकरण गलत ‘ब्रिफिङ’ले रास्वपामा खुसियाली 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज २, २०८१

रास्वपाका नेताहरूले सभापति लामिछानेले ‘क्लिन चिट’ पायो भनेको सुन्छु, जुन गलत हो । उहाँ त विभिन्न सहकारीबाट आएको बचत अपचलन गरेकोमा दोषी ठहरिनुभएको छ । उहाँलाई कैद सजाय हुन सक्छ ।
रमण कर्ण
कर्पोरेट कानुनका जानकार

  • सहकारीको बचत अपचलनमा सभापति रवि लामिछानेलाई दोषी ठहर्‍याउँदा पनि रास्वपामा खुसियाली
  • गलत ‘ब्रिफिङ’ गरेर नेता कार्यकर्तादेखि रविलाई खुसी तुल्याउने समिति सदस्य शिशिर खनाल 
  • लामिछाने जेल जानसक्ने कर्पोरेट कानुनका विज्ञ रमण कर्णको भनाइ

काठमाडौं– सहकारीको बचत अपचलसम्बन्धी अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ । यसले लामिछाने र सिंगो रास्वपालाई झट्का लाग्नुपर्ने हो । तर, उक्त पार्टीमा उल्टै उत्साह देखिएको छ । 

मंगलबारदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको राष्ट्रिय भेलामा सहभागी कार्यकर्तामा समितिको प्रतिवेदनलाई लिएर उत्साह देखियो । पार्टीबाट समिति सदस्य रहेका सांसद शिशिर खनालले गलत ‘ब्रिफिङ’ गरेका कारण यस्तो उत्साह देखिएको हो । खनालले भेलालाई सम्बोधन गर्दै सहकारीको बचत अपचलन प्रकरणमा सभापति लामिछानेको भूमिका ‘अरूले चोरेर ल्याएको काँक्रो काटिएपछि एक टुक्रा खाएको’ प्रसंगसँग ठ्याक्कै मिलेको बताए ।

‘पहिला काँक्रो चोर तँ होस् भनेर आरोप लगाइयो । तर, काँक्रो अरूले नै चोरेको रहेछ । ल्याइएको काँक्रो अरूले काटेपछि तैँले पनि एक टुक्रा खाइछस् भन्नु कति न्यायोचित हो ? प्रचारचाहिँ यही रूपमा गराइँदै छ,’ उनले भने ।सांसद खनाल यतिमा रोकिएनन् । उनले देशभरबाट भेलामा आएका प्रतिनिधिलाई सभापति लामिछाने सहकारी ठग होइन भनेर गर्वका साथ बोल्न आग्रह गरे । यससँगै उनले देशभरका सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्दै त्यो खोज्ने भूमिका रास्वपाको भएको बताए । ‘समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको छ । अब हाम्रो काम चिया पसल, चोकदेखि संसद् भवनसम्म त्यो पैसा खोज्ने हो । हामी त्यो पैसा खोज्छौं,’ खनालले कार्यकर्तालाई भने । 

Hardik health

यसपछि रास्वपाको भेलामा खुसियाली छायो । नेता कार्यकर्ताहरू उत्साहित भए । सभापति लामिछानेलाई फसाउन खोजिएको तर समितिको प्रतिवेदनले सत्यतथ्य बाहिर ल्याएको भन्दै कार्यकर्ताहरूले खुसियाली मनाए । सांसद खनाल सहकारी प्रतिवेदनका एक जना हस्ताक्षरकर्ता हुन् । उनीसमेतले हस्ताक्षर गरेको प्रतिवेदनले भने उनले भनेजस्तो लामिछानेले सफाइ पाएका छैनन् । ठीक उल्टो प्रचलित कानुनअनुसार लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कारण, गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईले विभिन्न सहकारीबाट ल्याएको बचत खर्च गरेर दुरुपयोग गरेको भूमिकामा लामिछानेलाई प्रतिवेदनले जिम्मेवार ठहर गरेको छ । सोहीअनुसार सरकारसमक्ष कारबाहीको लागि सिफारिस भएको हो । सभामुख देवराज घिमिरेले प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सोमबार नै सरकारलाई निर्देशन दिइसकेका छन् । यसले गर्दा सार्वभौम संसद्को निर्देशन र समितिको सिफारिस कार्यान्वयन गर्ने दायित्व अब प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको देखिएको छ । 

तर, लामिछानेको दलमा सांसद खनालको गलत ब्रिफिङले भने बिछट्टै उत्साह पैदा भएको छ । प्रतिवेदनमा स्पष्टरुपमा लामिछानेको भूमिका विभिन्न सहकारीबाट आएको बचत रकम दुरुपयोग (अपचलन)मा रहेको किटान गरिएको छ । सहकारी ठगीमा भने रविको संलग्नता नभएको भनिएको छ । यसलाई नै लिएर रास्वपामा उमंगता छाएको हो । राष्ट्रिय भेला जारी रहेको हलमा यसपछि सभापति लामिछाने जुरुक्क उठेर कार्यकर्तालाई अभिवादन गरे । त्यसबेला हलमा सुनियो– रवि दाइ, हाइ हाइ ।

यसपछि भेलामा मधेस प्रदेशको प्रतिवेदन पेस गर्दै मधेसका सभपाति तपेश्वर यादवले लामिछानेलाई दुईतिहाइको प्रधानमन्त्री बनाउने सपनाबाहेक आफूसँग थप इच्छा, चाहना नभएको घोषणा गरे । यादवको भाषणले लामिछाने प्रफुल्लित देखिए । उनको अनुहारमा पूरै चमक देखियो ।यसपछि गण्डकी प्रदेश सभापति राजन गौतमले लामिछानेलाई प्रधानमन्त्री बनाउने र देशको मुहार फेरिएको हेर्नेबाहेक केही चाहना नभएको बताए । उनले भने, ‘रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ ।’

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले त लामिछानेलाई दुईतिहाइको प्रधानमन्त्री बनाउने घोषणा गरे । निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदनले पार्टीमा आकर्षण घटेको र पार्टी नेताहरूले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरेको अवस्थाबीच पाठकले लामिछानेलाई दुईतिहाइको प्रधानमन्त्री बनाउने प्रतिज्ञा गरेका हुन् ।प्रदेश सभापतिहरूको हौसलापूर्ण अभिव्यक्ति र माहोलले लामिछाने जोसिए । उनले बाहिरको प्रहार खेपिरहेको र पार्टीभित्रैबाट चाहिँ प्रहार नगर्न आग्रह गरे । ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं । भित्रबाट प्रहार नगर्नूस् । हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं,’ लामिछाने भन्छन् । 

उनले आफूमाथि सहकारी प्रकरण उचालेर सिध्याउन खोजे पनि त्यो असफल भएको दाबी गरे । अब भने गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने उनले बताए । उनले कांग्रेस महामन्त्री गगनकुमार थापालक्षित अभिव्यक्ति पनि दिए । ‘म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्‍यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ । मेरो पनि प्रणाम छ उहाँलाई,’ लामिछानेले भने । 

‘लामिछानेमाथि कैद सजाय हुनसक्छ’
कर्पोरेट कानुनका जानकार रमण कर्णले रास्वपा सभापति लामिछाने जेल जानसक्ने बताएका छन् । सहकारी ऐन २०७४ र कम्पनी ऐन २०६३ विरुद्धको कसुर गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले औंल्याएकाले उनीविरुद्ध सोहीअनुसार कैद र जरिवाना हुने उनको भनाइ छ । किर्ते, ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन पनि लामिछानेको हकमा आकर्षित हुने उनले बताए । उनले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको बचत रकम प्रबन्ध निर्देशकको हैसियतमा खर्च गरेको वित्तीय विवरणबाट पुष्टि भएकोले उनले अपचलनमा उन्मुक्ति नपाएको बताए । 

‘रास्वपाका नेताहरूले उहाँ (लामिछाने)ले क्लिन चिट पाउनुभयो भनेको सुन्छु, जुन गलत हो । उहाँ त विभिन्न सहकारीबाट आएको बचत अपचलन गरेकोमा दोषी ठहरिनुभएको छ र उहाँलाई कैद सजाय हुन सक्छ,’ कर्णले भने । संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्नैपर्ने उनले बताए । उनका अनुसार सरकारले प्रचलित कानुनअनुसार कारबाही गरेको अवस्थामा लामिछानेको सांसद पद निलम्बनमा पर्ने छ ।
 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील शुक्रबार, माघ १६, २०८२
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली शुक्रबार, माघ १६, २०८२
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित शुक्रबार, माघ १६, २०८२
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक शुक्रबार, माघ १६, २०८२
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP