Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेशलाई थप सबल बनाउन देउवाको जोड
प्रदेशलाई थप सबल बनाउन देउवाको जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २, २०८१

ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा नेपाली कांग्रेस कानुन विभागले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘संविधानको एक दशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले हाल देखिएका समस्या र कमजोरीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले सबै जातजातिलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशिताको सान्दर्भिकता रहेको बताए । त्यसैले समानुपातिक व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए । ‘कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ,’ सभापति देउवाले भने ।

हाल देखिएका समस्या र कमजोरीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प छैन : सभापति देउवा

Hardik health

सार समानुपातिक विकासका लागि पनि यस व्यवस्थालाई पूर्णरूपमा लागू गर्नुपर्नेमा उनले जोड दिए । उनले सोहीअनुसार संविधान संशोधन गरिनुपर्ने धारणा राखे । ‘जातीय छुवाछूत अन्त्यका लागि भएको कानुनी व्यवस्था व्यवहारमा लागू हुनसकेको छैन । प्रजातन्त्र स्थापना भएको लामो समय भए पनि अझै धेरै सुधारको खाँचो छ । स्वतन्त्र न्यायपालिकालाई बचाउनु छ,’ पूर्वप्रधानमन्त्री देउवाले अगाडि भने, ‘प्रजातन्त्र नै लोकतन्त्रको मूल कडी हो, प्रजातन्त्रलाई बन्धक बनाउनेगरी संविधान संशोधन हुँदैन ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता नै भएकाले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘कांग्रेसले समावेशितालाई अपनाउन, विभेद र असमानता हटाउन गरेको योगदानको चर्चा जनसमक्ष पुग्न सकेन,’ उनले भनिन्, ‘बहुमत प्राप्त स्थिर सरकार नहुँदा हाम्रो परिकल्पनाअनुसार घोषणापत्र कार्यान्वयन गर्न सकिएन । त्यसो भएको भए थप काम गर्न सकिन्थ्यो । गठबन्धन सरकार बनाउनु हाम्रो बाध्यता हो ।’

कांग्रेस केन्द्रीय सदस्य एवं कानुन विभाग प्रमुख मानबहादुर नेपालीले जनताले देखेका सपना, अपेक्षा र आशालाई यथार्थमा बदल्न लाग्नुपर्ने बताए । उनले संविधान निर्माणको नेतृत्व गरेको पार्टी कांग्रेस यसमा अझ बढी जिम्मेवार र सचेत हुनुपर्ने बताए ।वरिष्ठ अधिवक्ता एवं संविधानविद् पूर्णमान शाक्यले नेपाली कांग्रेसले राजामा निहित अधिकार जनतामा ल्याउन र जनप्रतिनिधिमार्फत संविधान निर्माण गरेर त्यसलाई वैधता दिन खेलेको भूमिका सराहनीय रहेको र अब त्यसको संस्थागत विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले संविधानले अंगिकार गरेको मूल्य मान्यतालाई अझ बलियो बनाउने गरी क्रियाशील हुन आग्रह गरे ।
 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहने
सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहने सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP