Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारीको बचत अपचलनमा रवि जिम्मेवार ठहर
संसदीय छानबिन समितिको प्रतिवेदन सहकारीको बचत अपचलनमा रवि जिम्मेवार ठहर
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज १, २०८१


सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू जिबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।

 

काठमाडौं– सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक छँदा विभिन्न सहकारीका बचतकर्ताको रकम नियमविपरीत खर्च गर्ने सन्दर्भमा लामिछानेलगायतका व्यक्तिहरु जिम्मेवार देखिएको निष्कर्षसहितको प्रतिवेदन सोमबार प्रतिनिधिसभामा पेस गरेको हो ।

समितिका सभापति सूर्यबहादुर थापाले सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन पेस गरे । लगत्तै सभामुख घिमिरेले आवश्यक कारबाहीका लागि प्रतिवेदन सरकारलाई सिफारिस गरेका छन् । प्रतिवेदनमा लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जिबी) राई, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशी पनि सहकारीको बचत रकम अपचलनमा जिम्मेवार देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । 

हाम्रो अध्ययनबाट गोरखा मिडिया नेटवर्कमा करिब ८५ करोड रुपैयाँ प्रवाह भएको देखियो । त्यो सबै रकम सहकारीबाट प्रवाह भएको छ ।
सूर्यबहादुर थापा
सभापति, संसदीय छानबिन विशेष समिति


‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू जिबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारी संस्थाहरूबाट गोरखा मिडियामा प्रवाह भएको ऋणको समितिले मिहीनरुपमा अध्ययन गरेको संयोजक थापाले सदनलाई जानकारी गराए । ‘हाम्रो अध्ययनबाट गोरखा मिडिया नेटवर्कमा करिब ८५ करोड रुपैयाँ प्रवाह भएको देखियो । त्यो सबै रकम सहकारीबाट प्रवाह भएको छ,’ थापाको भनाइ छ । लामिछानेले संसदीय छानबिन समितिमा उपस्थित भएर यसअघि नौ घण्टा बयान दिएका थिए । त्यसबेला उनले आफूलाई सहकारीको बचत रकम अपचलन भएको थाहा नभएको बयान दिएका थिए । 

माओवादी सांसद तथा छानबिन समिति सदस्य लेखनाथ दाहालले प्रभावसँग भने, ‘साढे तीन महिना लगाएर समितिले गरेको अनुसन्धानका क्रममा सहकारी संस्थाहरूमार्फत अनधिकृतरूपमा गोरखा मिडिया प्रालिमा गएको ८५ करोड रुपैयाँ खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता देखियो ।’लामिछानेलाई उन्मुक्ति दिने स्थिति प्रमाणका आधारमा नभएको पनि बताए । ‘गोरखा मिडिया प्रालिमार्फत भएका आर्थिक गतिविधिमा संलग्न भएको कारण आर्थिक अपचलनको जिम्मा रवि लामिछानेले पनि लिनुपर्ने समितिको ठहर छ,’ दाहाल भन्छन् । 

समितिका अनुसार जिबीमार्फत सहकारी संस्थाहरूमा सर्वसाधारणको आठ अर्ब रुपैयाँ अपचलन भएको पाइएको छ । समितिले लामिछानेले टेलिभिजनको सेयर स्वामित्व लिने प्रक्रियामा पनि कानुन उल्लंघन गरेको दाबी गरेको छ । लामिछानेले समितिलाई दिएको बयान र प्राप्त प्रमाणका आधारमा पनि उनको कानुनी प्रक्रियामा कमजोरी देखिएको समितिका अर्की सदस्य सरिता भुसालले बताइन् ।

लामिछानेले आफूले प्रबन्ध निर्देशकको हैसियतमा गोरखा मिडियामा आएको पैसा खर्च गर्न चेक काटेको बताए । ‘अझै पनि भाष्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ । आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त । चेक नै काट्ने होला नि,’ लामिछानेले भने ।उनले समितिको प्रतिवेदनलाई लिएर असन्तुष्टि पनि जनाए । समिति सहकारी समस्या समाधानमा जानुपर्नेमा व्यक्ति केन्द्रित छानबिन गरेर राजनीतिक रोटी सेक्ने काममा लागेको टिप्पणी गरे । उनको दल रास्वपाबाट छानबिन समितिमा रहेका सांसद शिशिर खनालले भने लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गरेका छन् । सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता नभेटिएको उनको भनाइ छ । 

यद्यपि, गोरखा मिडियामा गएको सहकारीको रकम सम्बन्धमा तत्कालीन एमडीका रूपमा कानुनी उत्तरदायित्व भने बहन गर्नुपर्ने हुनसक्ने उनले बताए । ‘सहकारीबाट पैसा लाने भूमिकामा रवि लामिछाने देखिएनन् । रवि लामिछाने संलग्न भएको प्रमाण संसदीय समितिले भेटेन । टिभीको एमडी भएर काम गर्दा कानुनी उत्तरदायित्व वहन गर्नुपर्ने छ भने वहन गर्नुपर्छ,’ खनालले प्रभावसँग भने, ‘सहकारीको रकम अपचलन गर्‍यो भन्ने आरोप थियो, त्यसबाट रवि लामिछानेले पूर्णरूपमा क्लिन चिट पाउनुभएको छ ।’

तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लामिछानेले क्लिन चिट नपाएको बताए । गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट ल्याएको छानबिन समितिले बताइसकेको सन्दर्भमा बचत अपचलनमा उनीसमेत जिम्मेवार ठहरिँदा क्लिन चिट पाएको भनेर अथ्र्याउन नहुने महत बताउँछन् । उनले भने, ‘गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट ल्याएको छ । अन्यबाट ल्याएको छैन भनेर सभापति सूर्य थापाले भन्नुभयो । गोरखा मिडिया नै सहकारीबाट चलेको रहेछ भनेर भनिसक्नुभयो नि, अनि कसरी क्लिन चिट पाएको हुन्छ ?’

  • कांग्रेस उपसभापति धनराज गुरुङ पनि सहकारीको बचत अपचलनमा कागजपत्रले संलग्न देखिएकोले अनुसन्धान गर्न सिफारिस
  • लामिछानेले सहकारी ठगी प्रकरणमा सफाइ पाएको रास्वपा सांसद तथा समिति सदस्य शिखिर खनालको जिकिर 
  •  बचत तथा ऋण सहकारी संस्था व्यवस्थापनकै कारण बढी समस्याग्रस्त

थापाको नेतृत्वमा गत १५ जेठमा संसदीय छानबिन समिति गठन भएको थियो । समितिले काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारालगायत सहकारीको बचत रकम गोरखा मिडिया नेटवर्कमा गैरकानुनीरुपले आएको छानबिनबाट खुलेको पनि जनाएको छ । ती सहकारीका सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान ल्याउन र आवश्यक कारबाहीका लागि पनि सिफारिस गरिएको छ । 

समितिले गोरखा मिडिया नेटवर्कमा सेयर खरिदबिक्री कीर्ते कागजकै आधारमा गरेको पाइएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा सेयर खरिदबिक्री र साधन, उपकरण खरिद गर्दा कीर्ते गरेकाले आवश्यक कानुनी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरेको छ ।समितिको प्रतिवेदनमार्फत देशभरका ४० वटा सहकारी संस्थाको बचत अपचलनमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिले ५५ जनासँग सोधपुछ गरेको थियो । प्रधानमन्त्री, सहकारीसँग सरोकार राख्ने व्यक्ति तथा निकाय र पूर्वसहकारी सचिवसँग सम्वाद गरेको थियो । त्यसपछि मात्रै समितिले प्रतिवेदन तयार पारेको हो । सोही प्रतिवेदन समितिले सोमबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको हो । उक्त प्रतिवेदन ‘आवश्यक कार्यार्थ’ सरकारलाई पठाउन सभामुख घिमिरेले सोमबार नै निर्देशन दिएका छन् । 

समितिले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङमाथिसमेत थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । ललितपुरको मितेरी बचत तथा ऋण सरकारी संस्थाको बचत अपचलनमा उनी मुछिएका छन् । संस्थाको कागजातले उनको संलग्नता देखिएको भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने समितिको ठहर छ ।गुरुङकी पूर्वपत्नी व्यवस्थापक रहेको सहकारीको बचत अपचलनमा गुरुङकोसमेत संलग्नता रहेको दाबीसहित प्रहरीमा उजुरी परेको विवरण हालै सार्वजनिक भएको थियो । समितिको प्रतिवेदनमा मितेरी सहकारीबाट १२ करोड रुपैयाँभन्दा बढी गुरुङ दम्पतीले अपचलन गरेको बयान सहकारीका सञ्चालकहरूले दिएको भनिएको छ । त्यही भएर प्रतिवेदनमा समितिले उल्लेख गरेको छ, ‘उहाँ (धनराज)बारे थप अनुसन्धान गर्नुपर्ने देखियो ।’

छानबिनको क्रममा धेरै बचत अपचलनको समस्या बचत तथा ऋण सहकारीमा देखिएको पनि औंल्याइएको छ । समस्याग्रस्त सहकारीहरूमा नक्कली ऋणीसमेत बनाइएको छानबिनका क्रममा पाइएको जानकारी दिए । उनका अनुसार गायक रामकृष्ण ढकालको नाममासमेत नक्कली ऋण लिएको पाइएको छ । समितिले विभिन्न ४० वटा सहकारी संस्थाहरूमा भएको बचत अपचलनमा संलग्न देखिएका कयौं व्यक्तिमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । ती सहकारी संस्थाहरूबाट एक अर्ब रुपैयाँभन्दा धेरै अपचलन भएको समितिको निष्कर्ष छ । 

समितिले सहकारी संस्थाहरूको बचत सुरक्षण र नियमनबारे सुझावहरू दिएको छ । सहकारी संस्थाहरूमा बचतको सीमा तोक्ने, ५० करोड रुपैयाँभन्दा धेरै बचत भएका सहकारी संस्थाहरू स्वतः संघीय सरकारको मातहतमा रहने र त्यस्ता सहकारीको नियमन नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्नेलगायत छन् । सहकारी संस्थाहरूको नियमनका लागि हाल रहेको सहकारी विभागको सट्टा सहकारी प्राधिकरण गठन गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । प्राधिकरणले सहकारी संस्थाहरूले प्रयोग गर्ने सफ्टवेअरमा एकरूपता र नियमन गर्नुपर्ने विषय समितिको सुझावमा समेटिएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP