Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु
मानव बेचबिखनविरुद्ध १८औँ राष्ट्रिय दिवस  उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

काठमाडौं -  धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् ।

फसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिइ कुवेत पठाइदिने प्रलोभन देखाए । घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत जाने निधो गरिन् । तर उनले घरमा कसैलाई पनि थाहा नदिइकन रमेशसँग भारत हुँदै कुवेत जानका लागि घरबाट निस्किन् । 

रमेशले कुवेत भनेर आफूलाई भारतको बेश्यालयमा लगेर बेचिसकेको कुरा उर्मिलालाईपछि मात्रै थाहा भयो । केही महिनापछि उर्मिला त्यस ठाउँबाट भाग्न सफल भइन् । त्यसपछि उनी नेपाल फर्किएर अहिले गलैँचा बुन्ने कारखानामा काम गर्छिन्  । त्यसैगरी सिन्धुपाल्चोककी सुनिताका दुई ओटी आमा छन् ।

बाबुले अर्की आमा बिहे गरेर छुट्टै बस्छन् तर सुनिता, उनकी आमा र दुई भाइलाई हेर्दैनन् । सुनिताले घरको दुःख देखेर १० कक्षा पढ्दापढ्दै साथीको लैलैमा कामको खोजीमा काठमाडौँ छिरिन् । सुनिता काठमाडौँ छिरेको पनि आज छ वर्ष भयो । यो छ वर्षको बीचमा सुनिताको जीवनमा धेरै उतारचडावहरु आए । 

Sonam Lhosar
Hardik health

आफू पालिन र घरमा भाइहरुलाई पाल्नका लागि उनले होटलमा भाडा माझ्नेदेखि घर बनाउने ठाउँमा मजदूरको कामसमेत गरिन् । घर बनाउने ठाउँमा मजदूरी गर्दैगर्दा सुनिताको एक दलालसँग भेट भयो, बोलचाल चिनजान भयो र कुराकानी हुँदैजाँदा ती दलालले सुनितालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाए । महिनामा एक लाखसम्म तलब पाउने कतारको एक कम्पनीमा काममा लगाइदिने दलालले प्रलोभन देखाएका थिए । जानका लागि लाग्ने खर्च पछि तिर्ने शर्तमा ती दलालले कतार पठाउने भनेका थिए । 

सुनितालाई होला त नि भन्ने लाग्यो । त्यही दलालको लैलैमा उनी भारत हुँदै कतार जाने भइन् । ती दलालले भारत लगेर आठ दिनसम्म आफूसँगै होटलमा राखे । त्यसपछि सुनितालाई भारतको वेश्यालयमा लगेर बेचिदिए । सुनितालाई आफू बेचिएको भन्ने थाहै थिएन । पछि मात्रै थाहा भयो । भारतमै काम गर्ने एक आफन्तको सहारामा उनी नेपाल फर्किन सफल भइन् । अहिले सुनिताले सीप सिकेर काठमाडौँमै सिलाई पसल खोलेकी छन् । उनले आमा र दुई भाइबहिनीलाई पाल्ने गरी आम्दानी गर्न सकेकी छन् । 

त्यसैगरी नुवाकोटकी उजेलीलाई कुनै दिन यस्तो लाग्थ्यो कि विदेश जान पाइयो भने त जति पनि पैसा कमाउन सकिन्छ । चालीस वर्षकी उजेलीले गत साल विदेश जाने निर्णय गरिन् । तर दलालले भारत हुँदै कुवेत पुर्‍याउने भनेर भारतको बेश्यालयमा पुर्‍यायो । “घरमा श्रीमान् जहिल्यै रक्सी खाने, केही काम पनि नगर्ने, पैसा पनि नकमाउने, चार छोराछोरी पाल्न पनि गाहे भएको थियो । एकपटक म आफैँ भए पनि विदेश गएर पैसा कमाएर ल्याउँछु भन्ने सोचले हुन्छ त नि विदेश जान्छु भनिहालेँ तर दलालले भारत लगेर बेश्यालयमा पुर्‍यायो”, उनले सुनाइन् । तर आफन्तको सहारामा नेपाल फर्किएपछि भने अहिले उजेलीको जीवन फेरिएको छ । 

नेपाल आएपछि उनले ऋण÷धन गरेर कुखुरा फार्म खोलेकी छन् । त्यही कुखुरापालनबाटै उनले आफन्तसँग लिएको ३० हजार रुपैयाँ पनि तिरिसकेकी छन् । अहिले उजेलीको कुखुरा फार्ममा ४० वटा बोइलर खुकुरा छन् ।  उजेलीले भनिन्,“इन्डियामा तीन महिना बस्दा नर्कको जीवन जीउन बाध्य भएकी थिएँ, तर अहिले मलाई यहाँ स्वर्ग जस्तै लागेको छ, आफ्नै घरमा कुखुरा पालेर खेतीपाती गरेर छोराछोरीलाई स्कुल पढाउन, खान र लाउन पुगेकै छ ।” 

उजेलीका दुई भाई छोरा कलेज पढ्ने भएका छन् । दुई वैनी छोरीहरु भने स्कूलमा पढ्दैछन् । “महिला भएर खाली विदेश विदेश मात्र भनेर नहुँदो रहेछ, आफू जान्ने बुझ्ने नभएपछि दलालको हातमा परिँदोरहेछ, त्यो दलालले मैले ऋण काडेर दिएको ९० हजार रुपैयाँ पनि खाइदियो, त्यो ९० हजारले बरु घरमै कुखुरा÷बाख्रामा लगानी गरेको भए अहिले कति फाइदा हुँदो रहेछ, अब त म कसैले सित्तैमा लैजान्छु भने पनि जान्न”, उनले भनिन् । 

उनी विदेशबाट फर्किएर कुखुरा फार्म खोलेपछि अहिले उनका श्रीमान् पनि सुध्रिएका छन् । जाडरक्सी खान छोडेका छन् । अहिले श्रीमान् हरिराम पनि खेतबारीमा तरकारी खेती गर्नमै व्यस्त छन् । हरिराम अहिले खेतबारीमा सिमी, बोडी, धिरौला, करेलालगायतका तरकारी उत्पादन गरेर बजारसम्म पुर्‍याउँछन् । “अहिले त जे गरे पनि हामी बुढाबढी सरसल्लाह गरेर मात्रै घर व्यवहार चलाएका छौँ, उहाँ पनि अहिले त खेतबारीमै व्यस्त हुनुहुन्छ, अरु भन्दापनि बुढाले रक्सी जाँड छोडेर घरमा समय दिएकोमा खुसी लाग्छ”, उजेलीले सुनाइन् ।

रोजगारीको सिलसिलामा दलालले भारत लैजाने क्रममा झापाको विर्तामाडबाट माइती नेपालको उद्धारपछि उजेली जस्तै रामेछापकी कमला पनि अहिले आफ्नै व्यवसाय सुरु गरेकी छन् । “म पनि त्यही विदेश जाने चक्करमा दलालको हातमा परेको रहेछु, धन्न माइती नेपालले बचाएर ल्यायो, मलाई त पछि अरुले भनेपछि मात्रै थाहा भयो, भारतमा लगेर नराम्रो काममा लगाउने रहेछ भनेर”, कमलाले सुनाइन् । सिन्धुपाल्चोककी सावित्राले अहिले सिलाइबुनाइको पसल खोलेकी छन् । अहिले कमलाको हातमा सीप र पैसा दुवै छ । विहे गरेको तीन वर्षमा श्रीमानले अर्को बिहे गरेपछि भौंतारिएर विदेश जाने चक्करमा लागेकी कमलाले अहिले आफ्नै पसलबाट महिनामा रु २५÷२६ हजार कमाई गर्छिन् । उनले अहिले आफूले कमाएको पैसाबाट बचत गरेर सहकारीमा समेत जम्मा गर्ने गरेकी छन् । 

यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उर्मिला, सुनिता, उजेली र कमला उदाहरण मात्रै हुन् । विदेशमा महिनामा दुई÷तीन लाख रुपैयाँ कमाई हुन्छ भन्दै ललाइफकाई गरी भारत लैजाने क्रममा विभिन्न नाकाबाट उद्धार गएिका महिलाहरु आफ्नै देशमा उद्यम गर्ने धेरै महिला छन् । अहिले उनीहरु विदेश जानभन्दा स्वदेशमै केही सीप सिकेर आफू आत्मनिर्भर हुन गाउँका अन्य महिलाहरुलाई सल्लाहसुझाव दिने भएका छन् ।  

पछिल्लो समयमा मानव बेचबिखनको मुख्य कारण अशिक्षा र रोजगरी, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी शिकार हुने गरेका छन् । हिंसामा परेकाहरू सधैंँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइन्छ । 

पछिल्लो समयमा बन्धक बनाइएका धनुषाका सात र सिरहाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ पुरुषका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इन्डियामार्फत जानकारी हुन आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा ती पीडित÷प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको जनाइएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितहरुको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले पछिल्लो समय सञ्चार, सूचना र प्रविधिको विकासका कारण मानव बेचविखन तथा ओपसार गर्ने स्वरुपमा परिवर्तन आएको बताए । “पहिलापहिला मानिससँग आफ्नो फोन हुँदैन थियो, गाउँका साझासाझा महिला बढी बेचबिखनमा पर्ने गर्थे, तर अहिले सबैको हातहातमा फोन छ, प्रविधिको विकास भएको छ, त्यसैले शहरमा बस्ने एकदम टाठाबाठा पनि नजानिदो तरिकाले बेचिन पुगेका छन्, यो हाम्रा लागि पनि चुनौती हो”, उनले भने । उनले शङ्कास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने तर्क गरे ।  

नेपालले मानव बेचबिखनलाई गम्भीर अपराधको रूपमा स्वीकार गरेको छ । यससम्बन्धी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारलाई स्पष्ट परिभाषित गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मानव बेचविखन रोकथाममा सक्रिय अभियान्ता रेणु सिजामतीले बताए ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ सँगै वैदेशिक रोजगार ऐन २०६४, अध्यागमन ऐन २०४९, बाल श्रम (निषेध र नियन्त्रण) ऐन २०५६, श्रम ऐन २०७४, कानुनी सहायता ऐन २०५४, पारस्परिक कानुनी सहायता ऐन २०१४, राहदानी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता, २०७४ सङ्गठित अपराध निवारण ऐन २०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० लगायतका कानुनको समेत प्रभावकारी कार्यान्वयन नसक्दा पनि मानव बेचविखनले प्रशय पाएको छ ।

मानव बेचविखनलाई न्यूनीकरण गर्दै अन्त्य नै गर्नका लागि सरकारले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समावेश गर्न जरुरी देखिन्छ । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि सम्बन्धित मन्त्रालय लागि पर्नुपर्ने देखिन्छ ।

महिला मन्त्रालयले मानब बेचबिखनसँग सम्वन्धित ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ । 

मानव बेचविखनविरुद्ध क्रियाशील सरकारी र गैरसरकारी सङ्घ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सीमा नाकाहरुमा सङ्घ संस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेनद्वारा रास्वपामा पदबहाली
बालेनद्वारा रास्वपामा पदबहाली आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आइतबार, माघ ४, २०८२
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP