Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दलहरुको औचित्यहीन घोषणा
दलहरुको औचित्यहीन घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल अझै तीन वर्ष बाँकी नै छ । तर, दलहरु भने ‘मिसन ८४’ भन्दै तीन वर्षपछि अर्थात् २०८४ मा हुने निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । विगतका चुनावमा गठबन्धन फेर्दै चुनाव लडेका दलहरु अहिले एकअर्काबाट धोका पाएको महसुस गरिरहेका छन् । र, आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने घोषणा गर्ने होडमा लागेका छन् ।

त्यसो त नेपाली राजनीतिमा एकले अर्कालाई धोका दिने प्रवृत्ति नौलो होइन । प्रमुख दलहरुमध्ये कहिले एमाले–माओवादी त कहिले माओवादी–कांग्रेस मिलेर चुनाव लडे, मिलेर सरकार चलाए र आफ्नो स्वार्थअनुकूल गठबन्धन फेर्दै सत्तामा पुग्ने चलखेल चलि नै रहे, जो अहिले पनि जारी छ ।

गठबन्धन गर्न दलहरुलाई न त राजनीतिक सिद्धान्त मिल्नुप¥यो, न त कार्यदिशा नै । केवल स्वार्थ मिलेपछि जोसँग पनि गठबन्धन गरिहाल्ने अनि स्वार्थ नमिल्नेबित्तिकै गठबन्धन तोडिहाल्ने घटना निकै वर्षदेखि निरन्तर चलिरहेको छ । यसबाट दलहरुले क्षणिक फाइदा त लुटे नै, मुलुकले भने नराम्रो मार खेप्नुप¥यो । अस्थिर सरकारका कारण मुलुकले बेहोर्नुपरेको क्षति अपूरणीय छ भन्दा फरक नपर्ला । जनताले बोहोर्नुपरेको सास्ती त छँदै छ ।

Hardik health

अहिले ‘एक्लाएक्लै चुनाव लड्ने’ भन्दै प्रमुख दलका नेताहरु भाषणबाजी गरिरहेका छन् । यी नेताको भाषणमा विश्वास गरिहाल्ने ठाउँ भने छैन । किनकि, यिनीहरु जे पनि बोल्छन् भन्ने आफ्नै व्यवहारबाट पुष्टि गरिसकेका छन् ।

अहिले बोलेको कुरामा विश्वास गर्न नसकिने आधार के पनि हो भने, निर्वाचन आउन अझै तीन वर्ष बाँकी नै छ । त्यतिबेलासम्मको राजनीतिक माहोल अर्कै बनिसक्ने निश्चित छ । त्यसैले दलहरु फेरि गठबन्धनमै जान बाध्य हुने परिस्थिति नआउला भन्न सकिने अवस्था छैन ।

एक्लाएक्लै चुनाव लड्ने आँट त्यो बेलामा सायदै गर्लान् । किनकि एक्लै चुनाव लड्दा अहिले जति पनि सिट नआउने निश्चित छ । एक्लै चुनाव लडेर बहुमत ल्याउने अवस्थामा कुनै पनि दल देखिँदैन । यो दलहरु स्वयंका कारण बनेको परिस्थिति हो ।

गठबन्धनको नाममा जसरी मुलुकलाई अस्थिर बनाउने काम दलहरुबाट भइरहेको छ, यसले समग्र राजनीतिप्रति वितृष्णा पैदा गरेको छ । जनता यस्तो फोहोरी राजनीतिबाट वाक्कदिक्क भइसकेका छन् । त्यसैले ‘राजनीति’ शब्द नै सुन्न चाहँदैनन् । तर, यसको विकल्प छैन ।

अब मुलुकको राजनीतिलाई शुद्धीकरण गर्न जनता स्वयं पनि सचेत बन्नुपर्छ । स्वार्थको राजनीति गर्ने दल र तिनका नेताहरुलाई आगामी निर्वाचनमा पाठ सिकाउन जरुरी छ । दलहरुले ‘मिसन ८४’ भन्दै अहिले नै हतार गर्नुको औचित्य छैन । वर्तमान कार्यकाल कसरी मुलुक र जनताको हितमा उपयोग गर्ने भन्नेमा ध्यान जाओस् ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP