Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दलहरुको औचित्यहीन घोषणा
दलहरुको औचित्यहीन घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल अझै तीन वर्ष बाँकी नै छ । तर, दलहरु भने ‘मिसन ८४’ भन्दै तीन वर्षपछि अर्थात् २०८४ मा हुने निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । विगतका चुनावमा गठबन्धन फेर्दै चुनाव लडेका दलहरु अहिले एकअर्काबाट धोका पाएको महसुस गरिरहेका छन् । र, आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने घोषणा गर्ने होडमा लागेका छन् ।

त्यसो त नेपाली राजनीतिमा एकले अर्कालाई धोका दिने प्रवृत्ति नौलो होइन । प्रमुख दलहरुमध्ये कहिले एमाले–माओवादी त कहिले माओवादी–कांग्रेस मिलेर चुनाव लडे, मिलेर सरकार चलाए र आफ्नो स्वार्थअनुकूल गठबन्धन फेर्दै सत्तामा पुग्ने चलखेल चलि नै रहे, जो अहिले पनि जारी छ ।

गठबन्धन गर्न दलहरुलाई न त राजनीतिक सिद्धान्त मिल्नुप¥यो, न त कार्यदिशा नै । केवल स्वार्थ मिलेपछि जोसँग पनि गठबन्धन गरिहाल्ने अनि स्वार्थ नमिल्नेबित्तिकै गठबन्धन तोडिहाल्ने घटना निकै वर्षदेखि निरन्तर चलिरहेको छ । यसबाट दलहरुले क्षणिक फाइदा त लुटे नै, मुलुकले भने नराम्रो मार खेप्नुप¥यो । अस्थिर सरकारका कारण मुलुकले बेहोर्नुपरेको क्षति अपूरणीय छ भन्दा फरक नपर्ला । जनताले बोहोर्नुपरेको सास्ती त छँदै छ ।

Ncell
Hardik health

अहिले ‘एक्लाएक्लै चुनाव लड्ने’ भन्दै प्रमुख दलका नेताहरु भाषणबाजी गरिरहेका छन् । यी नेताको भाषणमा विश्वास गरिहाल्ने ठाउँ भने छैन । किनकि, यिनीहरु जे पनि बोल्छन् भन्ने आफ्नै व्यवहारबाट पुष्टि गरिसकेका छन् ।

अहिले बोलेको कुरामा विश्वास गर्न नसकिने आधार के पनि हो भने, निर्वाचन आउन अझै तीन वर्ष बाँकी नै छ । त्यतिबेलासम्मको राजनीतिक माहोल अर्कै बनिसक्ने निश्चित छ । त्यसैले दलहरु फेरि गठबन्धनमै जान बाध्य हुने परिस्थिति नआउला भन्न सकिने अवस्था छैन ।

एक्लाएक्लै चुनाव लड्ने आँट त्यो बेलामा सायदै गर्लान् । किनकि एक्लै चुनाव लड्दा अहिले जति पनि सिट नआउने निश्चित छ । एक्लै चुनाव लडेर बहुमत ल्याउने अवस्थामा कुनै पनि दल देखिँदैन । यो दलहरु स्वयंका कारण बनेको परिस्थिति हो ।

गठबन्धनको नाममा जसरी मुलुकलाई अस्थिर बनाउने काम दलहरुबाट भइरहेको छ, यसले समग्र राजनीतिप्रति वितृष्णा पैदा गरेको छ । जनता यस्तो फोहोरी राजनीतिबाट वाक्कदिक्क भइसकेका छन् । त्यसैले ‘राजनीति’ शब्द नै सुन्न चाहँदैनन् । तर, यसको विकल्प छैन ।

अब मुलुकको राजनीतिलाई शुद्धीकरण गर्न जनता स्वयं पनि सचेत बन्नुपर्छ । स्वार्थको राजनीति गर्ने दल र तिनका नेताहरुलाई आगामी निर्वाचनमा पाठ सिकाउन जरुरी छ । दलहरुले ‘मिसन ८४’ भन्दै अहिले नै हतार गर्नुको औचित्य छैन । वर्तमान कार्यकाल कसरी मुलुक र जनताको हितमा उपयोग गर्ने भन्नेमा ध्यान जाओस् ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP