Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • केही सहकारीमा नियतबस ठगी, केही परिबन्दमा फसे
सहकारी ठगीसम्बन्धी छानबिन केही सहकारीमा नियतबस ठगी, केही परिबन्दमा फसे
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ १३, २०८१

सोधपुछको दायरामा अझै केही आरोपीलाई ल्याउन बाँकी छ । त्यसमध्ये आरोपी जिबी राई एकजना हुन् । उनीविना प्रतिवेदन अधुरोजस्तो पनि हुन्छ । यसले गर्दा पनि उनलाई सोधपुछको दायरामा ल्याउनैपर्ने आवश्यकता छ तर पक्राउ परेका छैनन् ।
लेखनाथ दाहाल
सदस्य, संसदीय छानबिन विशेष समिति

  • जिबी राईको बयानविनै प्रतिवेदन लेखनमा संसदीय समिति
  • जिबीसँग बयान लिए सहकारी क्षेत्रको आधा समस्या समाधान हुने दाबी
  • सहकारी सञ्चालकहरूबाट दुई खर्बभन्दा बढी अपचलन !
  • आरोपित व्यक्तिहरूमध्ये ५० जनासँग सोधपुछ
  • विभिन्न जेलमा रहेका १९ जना अभियुक्तलाई सिंहदरबारमै झिकाएर बयान


काठमाडौं– सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आरोपीहरूसँगको सोधपुछपछि नियतबस सहकारी संस्था खोलेर बचतकर्ताहरूबाट अर्बौं ठगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । समितिले प्रतिवेदन लेखनको काम थालेको छ । 
मुख्य आरोपी गितेन्द्रबाबु (जिबी) राई फरार रहेकाले उनीसँग सोधपुछविना नै समितिले यही २२ भदौमा बुझाउनेगरी प्रतिवेदन लेखन थालेको समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताए । दाहालका अनुसार समिति सभापति सूर्यबहादुर थापासहित सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रतिवेदन लेखनकै क्रममा रहँदा भेटवार्ता गर्न लागेको छ । 

‘हामीले अहिलेसम्म सहकारी ठगीका आरोपी सञ्चालकहरूसँग सोधपुछ गर्‍यौं, पूर्वसहकारी सचिवहरू, राष्ट्रिय सहकारी महासंघका पूर्व र वर्तमान अध्यक्ष, सहकारीविज्ञलगायत सरोकारवालासँग सोधपुछ गर्‍यौं । अब प्रधानमन्त्रीसँग परामर्श लिन्छौं,’ दाहालले प्रभावसँग भने ।समितिलाई सहकारी ठगीको छानबिन गर्न दिएको समयसीमा यही २२ भदौमा सकिँदै छ । तीन महिने अवधि समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउने दिएको थियो । उक्त अवधिमा प्रतिवेदन बुझाउन असम्भवजस्तै भइसकेको सदस्य दाहालले बताए ।

‘सोधपुछको दायरामा अझै केही आरोपीलाई ल्याउन बाँकी छ । त्यसमध्ये आरोपी जिबी राई एकजना हुन् । उनीविना प्रतिवेदन अधुरोजस्तो पनि हुन्छ । यसले गर्दा पनि उनलाई सोधपुछको दायरामा ल्याउनैपर्ने आवश्यकता छ तर पक्राउ परेका छैनन्,’ उनले भने, ‘तर, अहिलेचाहिँ प्रतिवेदन लेखनतिर लाग्यौं ।’समितिको मंगलबार बसेको बैठकले एक साताभित्र प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने निर्णय नै गरेको छ । अहिलेसम्म गरेका कामको समीक्षा गर्दै एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकिएको समिति सभापति सूर्य थापाले जानकारी दिए । उनले मंगलबार बसेको बैठकले अब समितिले गर्नुपर्ने कामहरूको योजनासमेत प्रस्तुत गरी पारित गरेको बताए । सहकारी संस्थामा बचत भएको रकम दुरुपयोग भएको गुनासोपछि संसदीय छानबिन समिति गठन गरिएको थियो ।

Hardik health

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये ५० जनासँग सोधपुछ गरिसकेको छ । समितिले २५ साउनबाट बयान सुरु गरेको थियो । समितिले सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ५१ वटा प्रश्न गरेको थियो । समितिको बयानको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग पनि आए । उनी ललितपुरस्थित सुमेरु सहकारीका सेयर सदस्य हुन् ।

विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार अध्यक्ष, पदाधिकारी, सञ्चालकहरू र सेयर सदस्यसँग सोधपुछ गरिएको हो । समितिले सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार देशका विभिन्न जेलमा रहेका १९ जना अभियुक्तलाई सिंहदरबारमै झिकाएर बयान लिएको थियो । अदालतबाट धरौटीमा छुटेकासहित जेलबाहिरका ३१ जनालाई पनि समितिले बयानमा बोलाएको थियो । तीमध्ये जेलमा भएको सहकारीका सञ्चालक तथा कर्मचारीहरूले अपत्यारोलो बयान दिएका छन् । उनीहरूले जेलबाट रिहा गरिदिए जग्गा र अरू सम्पत्ति बेचेर भए पनि सहकारीको बचत फिर्ता गर्ने बताएका छन् । 

तर, केही सञ्चालक समिति सदस्य तथा कर्मचारीले सहकारीको बचत हिनामिना नगरेको बयान दिएका छन् । उनीहरूले सञ्चालकका कारण परिबन्दमा परेको बताएका छन् । यस्तो बयान दिने जिबी सञ्चालक रहेको सहकारीका सदस्य र कर्मचारीहरू हुन् ।जेलमुक्त गरे बचतकर्ताको रकम फिर्ता गराउने बयान दिनेमा तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सिबी लामा (चन्द्रबहादुर तामाङ), आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती हुन् । 

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था अध्यक्ष इच्छाराज तामाङले सहकारी सही ढंगले चलाए पनि कोरोना भाइरस महामारीका कारण डुबेको जिकिर गरेका थिए । उनले जेलबाट निस्किएपछि बाँकी सम्पत्ति बेचेर सहकारीको बचत फिर्ता गर्ने बताए ।बचत हिनामिना नगरेको बयान दिनेचाहिँ तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछाने, सोही संस्थाका पूर्वसञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशी र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरुङलगायत हुन् ।

बयानका क्रममा उनीहरूले सबैले हाल मलेसियामा रहेका भनिएका जिबीलाई सरकारले झिकाउन सकेमा सहकारीमा अहिले देखिएको आधा समस्या हाल हुने तर्क पनि गरेका छन् । तर, जिबी अझैसम्म पक्राउ परेका छैनन् । समिति सदस्य दाहालले पनि जिबी मुख्य आरोपी भएकाले उनको पक्राउ र सोधपुछ अनिवार्य भएको बताएका छन् । यसअघि गृहमन्त्री छँदा लामिछानेले जिबी मलेसियामा रहेको थाहा भएको र उनको लोकेसन ट्र्याकसमेत गरेको दाबी गरेका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला सरकारले नै जिबीलाई फरार गराएको टिप्पणी लामिछानेले गरेका थिए । तर, गृहमन्त्री हुँदा आफ्ना पूर्वव्यावसायिक साझेदारसमेत रहेका जिबीलाई पक्राउ गर्न सकेनन् । यहीबीच सूर्यबहादुर थापा संयोजक रहेको छानबिन समितिले प्रतिवेदन लेखन थालेको हो । 

समितिलाई चारवटा क्षेत्राधिकारमा रहेर छानबिन गर्न कार्यादेश छ । पहिलो, सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने ।दोस्रो, समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने ।

तेस्रो, सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।चौथो, सहकारी संस्था सदस्य एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्‍याउने गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए÷नभएको प्रतिवेदन बुझाउने । 

संसदीय समितिमा सभापति थापासहित एमालेबाट सरिता भुसाल छन् । कांग्रेसबाट पर्यटमन्त्रीसमेत रहेका नेता बद्री पाण्डे र ईश्वरी न्यौपाने तथा माओवादीबाट दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।समिति त्यसबेला गठन भएको हो, जतिबेला सहकारी ठगी आरोपी लामिछाने गृहमन्त्री थिए । कांग्रेसको चर्को दबाबपछि अन्ततः समिति गठन भएको हो । लामिछाने र जिबीलाई छानबिनको दायरामा ल्याउने मूलभूत उद्देश्यले समिति गठन गरिएको हो । उनीहरूले विभिन्न सहकारीको रकम गोरखा मिडियामार्फत ग्यालेक्सी टेलिभिजनमा लगानी भएको र त्यसबेला प्रबन्ध निर्देशक रहेकोले सहकारी ठगीमा लामिछानेको संलग्नता जोडिएको हो ।


पोखरास्थित सूर्यदर्शन सहकारीमा समस्या देखिएपछि महानगरले गठन गरेको टोलीले १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ ठगी भएको निष्कर्ष निकालेको थियो । ठगी आरोपमा सञ्चालक समितिका पाँचजना पक्राउ परे भने अन्य १४ जना फरार भए । सोही सहकारीबाट ठगिएको भन्दै पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान सुरु हुँदा रास्वपा सभापति लामिछानेको नाम आएको हो ।जिबीले भने सूर्यदर्शन सहकारीको ७८ करोडभन्दा बढी रकम गैरकानुनीरूपमा अपचलन गरेर आफ्नो निजी कम्पनीमा लगानी गरेको आरोप छ । ‘सहकारी क्षेत्रमा लुट नै चलेको रहेछ । योजनाबद्ध ढंगले बचत अपचलन गर्ने, ठगी गर्ने, नागरिकको सम्पत्तिलाई निजी सम्पतिमा रुपान्तरण गरी रातारात धनी हुने प्रवृत्ति देखियो,’ समिति सदस्य दाहालले भने ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP