Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमतालको जोखिममा हिमालय क्षेत्र
हिमतालको जोखिममा हिमालय क्षेत्र
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, भदौ २, २०८१
सोलुखुम्बुको थामेभन्दा माथिल्लो क्षेत्रमा अवस्थित एक हिमताल, जुन ताल शुक्रबार फुटेपछि आएको भीषण बाढीले थामे बस्ती नै बगाएको थियो । तस्बिरः रासस 

 

  • दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमताल सबैभन्दा बढी जोखिममा 
  • विश्व तापमान वृद्धिले हिमालमा हिउँ पग्लिने र भारी वर्षाले हिमताल भरिँदा फुट्ने जोखिम
  • पहाडी क्षेत्रमा हिमताल विष्फोटनको असर 
  • चार वर्षअघि नै सार्वजनिक भएको थियो २१ वटा हिमताल जोखिमपूर्ण रहेको विवरण 

काठमाडौं– साढे तीन महिनाको अन्तरालमा नेपालका तीनवटा हिमताल फुटेर बाढीजन्य विपद् निम्तिएको छ । बाढीबाट जनधनको क्षति भएको छ । चार वर्षअघि हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले नेपालका २१ वटा हिमताल फुट्ने जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेका थिए । गत ९ वैशाखमा गोरखाको चुननुब्रीस्थित वीरेन्द्र हिमताल र शुक्रबार सोलुखुम्बुको थामेस्थित माथिल्लो क्षेत्रमा रहेका दुईवटा हिमताल फुटेका र ती तीनवटै हिमताल जोखिमपूर्ण किटान गरिएका २१ मध्येकै रहेको विज्ञहरूले बताएका छन् ।

अझै दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको हिमतालविज्ञ समज्वलरत्न बज्राचार्यले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण तीव्र वृद्धि भइरहेको विश्व तापमान र त्यही कारण अधिक हिउँ पग्लिने र भारी वर्षा हुँदा पानीको सतह बढ्दा हिमतालहरू फुट्ने गरेका छन् । फुट्नसक्ने सम्भावित हिमतालहरू बढी कोशी बेसिनका छन् । गण्डकी र कर्णाली बेसिनका कम छन् । वैज्ञानिक विधि अनपाएर उक्त अध्ययन गरिएको र जोखिमपूर्ण पहिचान गरेकोमध्येकै तीनवटा हिमताल पछिल्लो साढे तीन महिनामा फुटेको उनले बताए । 

उनले अन्य हिमतालहरू पनि फुट्ने जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘हामीले केही वर्षअघि हिमतालहरूको जोखिम अध्ययनका क्रममा भूउपग्रहले खिचेका कयौं तस्बिरहरूको विश्लेषण गरेका थियौं,’ उनले प्रभावसँग भने, ‘त्यस आधारमा कुन–कुन हिमताल जोखिममा छन् ? त्यसबारे प्रतिवेदनमा उल्लेख गरेका थियौं र सतर्कताका लागि अपिल गरेका थियौं ।’

Hardik health

जोखिमपूर्ण छ कि छैन भनेर विश्लेषण भने हिमतालहरूको प्राकृतिक बाँध, स्रोत हिमालको गतिविधि र वरिपरिको अवस्थालाई मानिएको हिमतालविज्ञ बज्राचार्यले बताए । हिमताल फुटेको अवस्थामा सबैभन्दा बढी प्रभावित पहाडी क्षेत्र हुन्छ । किनभने पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र त्यसले आसपासको भूभागलाई बगाएर लाने र त्यसक्रममा बाढीको रुप लिने गरेको बताए । बज्राचार्यका अनुसार हिमताल फुटेर बनेको बाढीको असर समर्थन भूभागमा पुगेपछि कम हुँदै जान्छ ।

‘हिमताल फुट्दा खासै असर समथर भूभागमा हुँदैन । हुने भनेकै पहाडमा हो । त्यसले गर्दा पहाडका नागरिकहरू जोगिनुपर्छ । सतर्क रहनुपर्छ किनभने हिमताल फुट्दा पर्ने असर पहाडमै हो,’ उनले भने ।चार वर्षअघि नै इसिमोडले नेपालका हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले कयौं हिमताल फुट्ने जोखिम बढेको दाबी गरेको छ । त्यही भएर हिमतालहरूको निरन्तर सम्भावित जोखिमको अनुगमन गर्नुपर्ने र त्यसबारे नागरिकलाई सचेत पार्नुपर्ने इसिमोडको सुझाव छ । आवश्यक भएको स्थानमा पूर्वसूचना प्रणालीको विकास र जोखिम कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने बज्राचार्यको भनाइ छ ।


थामेभन्दा माथिका दुईवटा हिमताल फुट्दा बाढी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ स्थित थामे क्षेत्रमा शुक्रबार आएको भीषण बाढी दुईवटा हिमताल फुटेर आएको पाइएको छ । शनिबार बाढीको निरीक्षण गरेर फर्किएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हिमताल विष्फोटनले बाढी आएको पाइएको बताएका हुन् । उनले दुईवटा हिमताल फुटेर बाढी आएको र त्यसले थामे गाउँमा ठूलो क्षति पुर्‍याएको बताए ।‘माथिपट्टिको एउटा हिमताल फुट्दा त्यसले अर्कोे तालमासमेत दबाब सिर्जना गरेको पाइयो । त्यसरी हिमताल फुट्दा पहाडमा जमेर बसेको गेग्ररानको सतह खोतलिएर ठूलो बहाव सिर्जना गरेको देखिन्छ,’ निरीक्षणबाट फर्किएपछि पोखरेलले भने ।

शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात् बाढी आएको थियो । बाढीले थामे गाउँ नै बगायो । यसरी माथिल्लो क्षेत्रमा हिमताल फुट्न थालेपछि दूधकोशी नदीको तल्लो तटीय क्षेत्रका विभिन्न जलविद्युत् आयोजना र मानवबस्ती जोखिममा परेका छन् । थामे खोलामा आएको बाढीले दूधकोशीमा पानीको सतह पनि बढाएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । उनले थामेभन्दा माथिका पाँचवटा हिमतालमध्ये दुईवटा फुटेको र थप दुईवटा फुट्ने जोखिममा रहेको बताइन् । त्यसको असर दूधकोशी नदीमा पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सूचित गएिको उनले जानकारी दिइन् । 

शुक्रबारको बाढीले थामे बस्तीमा रहेका विद्यालय, होस्टेल, मेडिकल क्लिनिक, स्थानीयका घर तथा होटललगायतका भौतिक संरचना नष्ट भएका छन् । बाढीका कारण थामेका स्थानीय ५५ वर्षीय नुरुटुडु शेर्पा बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीले क्षतिग्रस्त स्थानमा जोखिममा परेका स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको प्रजिअ खत्रीले बताइन् । वर्षौं पहिले हुँगामा बाढी आएको थियो । त्यसबेला पनि खुम्बु क्षेत्रको हिमताल र हिमपहिरोबाटै आएको अनुमान गरिएको थियो । तर, वैज्ञानिक अध्ययन नगरिएको प्रजिअ खत्रीले बताइन् ।

त्यो बाढीको ठीक १३ वर्षपछि २०५५ भदौ १८ मा दूधकोशीकै सहायक नदी इङखुको मुहान खुम्बु क्षेत्रबाटै हिमताल फुटेर बाढी आएको थियो । सोताङ र बुङतिरबाट उर्लिएर आएको इङखुले दूधकोशी नदी थुनेको थियो । २०५५ भदौको बाढी त्यसअघिको भन्दा विनासकारी रहेको र त्यसले सोलु, ओखलढुंगा र खोटाङका तटीय क्षेत्रमा हजारौं हेक्टरको खेतबारी, बस्ती र भौतिक संरचना सखाप पारेको थियो ।

अहिले पनि सोलुको खुम्बु क्षेत्रको इम्जा अति जोखिमपूर्ण हिमताल मानिन्छ । जुन इसिमोड र युएनडिपीले गरेको संयुक्त अध्ययन प्रतिवेदनले पनि औंल्याएको छ । त्यही क्षेत्रमा गोक्यो, दूधकुण्डलगायत दर्जनौं ठूला हिमताल छन् । ती हिमतालहरूलाई पनि जोखिमपूर्ण नै मान्ने गरिन्छ ।


 


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP