Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #सम्मान
Search Here
समाचार
  • Home
  • समाचार
  • कागजमा सीमित हरवाचरवा मुक्ति घोषणा 
कागजमा सीमित हरवाचरवा मुक्ति घोषणा 
सुशील दर्नाल
सुशील दर्नाल बुधबार, साउन ३०, २०८१
  •  न्यायिक पुनःस्थापनाको पर्खाइमा हरवाचरवा
  •  मुक्ति घोषणा गरिए पनि मधेस प्रदेशमा हरवाचरवा प्रथा कायमै
  •  पुनःस्थापनाका कुनै काम अगाडि नबढेको गुनासो
  •  न्यायिक ज्यालाविनै श्रम गर्न बाध्य हरवाचरवा नेपालमा एक लाखभन्दा बढी भएको अनुमान

काठमाडौं– सरकारले हरवाचरवा, हलिया, कमलरी र कमैया मुक्तिको घोषणा गरिसकेको छ । तीमध्ये हरवचरवाबाहेकको पुनःस्थापनाका लागि कामसमेत गरिरहेको छ । तर, हरवाचरवाको हकमा भने मुक्तिको घोषणा कागजमै सीमित हुन पुगेको सरोकार भएकाहरूले गुनासो गरेका छन् ।

नेपालको संविधानले मौलिक हक तथा मानवअधिकार संरक्षण र सम्वद्र्घनसम्बन्धी प्रावधान, दासता, बाध्यकारी श्रम, बालश्रम तथा मानव बेचबिखनलाई निषेधित र दण्डनीय मानेको छ । दासत्व अभ्यासको विधिवत् अन्त्य र दासमुक्तिको एक शताब्दी बित्दासमेत समाजमा कुनै न कुनै रूपमा समस्या कायमै रहेको जानकारहरू बताउँछन् ।

संविधानको धारा २९ शोषणविरुद्धको हकअन्तर्गत उपधारा (३) र उपधारा (४) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाधा बनाउन र कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने प्रावधान छ । तर, विशेषगरी मधेस प्रदेशमा रहेको हरवाचरवा प्रथामा भने अहिले पनि बाध्यकारी श्रमको अवस्था कायमै रहेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलको भनाइ छ ।

पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो तर त्यसपछि पुनःस्थापनाका कुनै काम अगाडि नबढेको उनले बताए । ‘मुक्तिको घोषणा गर्दा सरकारले तथ्यांक संकलन, वर्गीकरण र सो आधारमा परिचयपत्र दिएर न्यायिक पुनःस्थापना गर्ने, ऋण मिनाहा गरी मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । त्यो अहिलेसम्म पूरा भएको छैन,’ अध्यक्ष मण्डलले भने ।

Hardik health

संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितलाई एकपटक जमिन र एकपटक आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ ले आवासको अधिकारलाई पर्याप्त जीवनस्तरको अधिकारको मान्यता दिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यीनै प्रावधानसमेतलाई मध्यनजर गरी मुक्त घोषणा गरिएका हरवाचरवाले आवास तथा कृषियोग्य जमिनसहित आधारभूत अधिकार कार्यान्वयनको माग गर्दै आएका छन् ।

आफ्ना नाममा रहेको अनुचित ऋण खारेजीसहित मुक्तिको घोषणा गर्नुपर्ने, स्पष्ट तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण गर्नुपर्ने, पुनःस्थापना गर्दा कम्तीमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने र आफ्ना लागि शिक्षा, स्वास्थ्यसँगै रोजगारीसहितको पुनःस्थापना गर्नुपर्ने माग उनीहरूले गरिरहेका छन् । अध्यक्ष दशन मण्डल बधुवा श्रम र बहुआयामिक गरिबीको स्थितिमा रहेका आफूहरूलाई त्यसबाट पूर्णतया मुक्त गरेर आवश्यक सीप, औजारयुक्त आधुनिक कृषक वा श्रमिकमा रूपान्तरण गर्नुपर्ने मागको सुनुवाइ गर्न सरकारले ध्यान नदिएको गुनासो गर्छन् ।


राष्ट्रिय दलित नेटवर्कका संस्थापक अध्यक्ष गणेश विक नेपालमा विद्यमान हरवाचरवा प्रथाको अन्त्य, मुक्तहलिया र कमैयाको प्रभावकारी पुनःस्थापना, कृषि बँधुवा मजदुर प्रणालीको अन्त्य गर्दै न्यायपूर्ण श्रमसम्बन्ध कायम गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । सबैभन्दा उत्पीडनमा रहेका हरवाचरवालगायत वर्ग तथा समुदायको सम्मानित र मर्यादित जीवनका लागि काम नभएसम्म सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माण हुन नसक्ने उनको भनाइ छ ।

‘नेपालमा हलिया, कमैया, कम्लरी र सबैभन्दा पछिल्लोपटक हरवाचरवा मुक्तिको घोषणा गरियो । अरूका हकमा केही काम भएका छन् तर हरवाचरवाका हकमा मुक्तिको घोषणा गर्नेबाहेक सरकारी तवरबाट ठोस काम अगाडि बढ्न सकेन,’ अधिकारकर्मी विकले भने, ‘अब सरकारले ठोस योजनासहित मुक्तिको घोषणा गर्दा गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ । यसमा तीनै तहका सरकारको एकीकृत पहलकदमी आवश्यक छ ।’

विगतमा बाध्यात्मकरूपमा अरूका घरमा ऋण, जमिन वा पछि अन्नपात पाउने सर्तमा काम गरिरहेका कृषि मजदुरमध्ये खेत जोत्नेलाई हरवा र गाईवस्तु चराउने चरवा भन्ने गरिएको थियो । उनीहरूले यसरी अरूको कामदारका रूपमा रहँदा उचित ज्याला नपाउनुका साथै बाबुबाजेले कुनै जमानामा कुनै व्यक्तिसँग लिएको ऋणको व्याजबापत काम गरिदिनुपर्ने बाध्यता थियो । सरकारले कागजमा यी बन्धनबाट मुक्तिको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको आरोप सरोकार भएकाहरूले अहिले पनि लगाइरहेका छन् ।

सन् २०१३ मा विश्व श्रम संगठनले गरेको अध्ययनमा पुस्तौंदेखि न्यायिक ज्यालाविनै श्रम गर्न बाध्य हरवाचरवा नेपालमा एक लाखभन्दा बढी भएको अनुमान गरिएको छ । हाल ‘द फ्रिडम फन्ड तथा सिएसआरसी’ले गरेको अध्ययनले उनीहरू अनियमित ऋणका कारण अझै पनि बँधुवाका रूपमा रहेको तथ्य जनाएको छ ।

 

रासस
 


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३६
#हरवाचरवा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण बिहीबार, पुस १७, २०८२
सन् २०२५ मा १२८ पत्रकारको हत्या
सन् २०२५ मा १२८ पत्रकारको हत्या बिहीबार, पुस १७, २०८२
मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य
मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य बिहीबार, पुस १७, २०८२
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना बिहीबार, पुस १७, २०८२
बाजागाजासहित पोल्ट्री दिवस मनाइयो
बाजागाजासहित पोल्ट्री दिवस मनाइयो बिहीबार, पुस १७, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास
रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP