Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यार्थी आन्दोलनले ढाल्यो हसिना शासन, देशबाटै लखेटिइन् प्रधानमन्त्री
बंगलादेशमा राजनीतिक उथलपुथल विद्यार्थी आन्दोलनले ढाल्यो हसिना शासन, देशबाटै लखेटिइन् प्रधानमन्त्री
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, साउन २२, २०८१

 

  • प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् 
  • सरकारी सेवामा कोटा प्रणाली सुधारको माग गर्दै विद्यार्थी समूहले थालेको आन्दोलनले १५ वर्षदेखि सत्तामा रहेकी हसिनालाई च्युत गर्‍यो
  • प्रधानसेनापतिद्वारा अन्तरिम सरकार बनाउने घोषणा
  • एक तानाशाहको सत्ता अन्त्य भएको भन्दै खुसी मनाइरहे छन् प्रदर्शनकारी
  • हिंसात्मक आन्दोलनको क्रममा करिब ३०० जनाको मृत्यु

काठमाडौं– बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले अन्ततः प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ । विगत १५ वर्षदेखि लगातार सत्ता नेतृत्वमा रहँदै आएकी हसिनाले प्रधानमन्त्री पदमात्रै होइन, देश नै छाड्नुपरेको छ ।

दक्षिण एसियाली मुलुक बंगलादेशमा विद्यार्थी समूहको आन्दोलन थप हिंसात्मक बनेपछि सोमबार प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् । सोमबार हजारौंको संख्यामा प्रदर्शनकारी प्रधानमन्त्रीनिवासतर्फ अघि बढेपछि उनी सेनाको विशेष हेलिकप्टरबाट सुरक्षित स्थानतर्फ भागेकी थिइन् । हसिनाले मध्याह्न १२ बजेतिर देश छाडेको त्यहाँको सेना प्रमुखले बताएका थिए ।

बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएअनुसार आफ्नी बहिनीसहित उनी सेनाको विशेष हेलिकप्टरबाट भारतको त्रिपुरा राज्यको अगरतला आएर साँझ दिल्लीको हिन्डन एयरबेस पुगेकी छन् । उनी लण्डनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत बताइए पनि समाचार तयार पार्दासम्म त्यसको पुष्टि भएको छैन । हसिनाले सत्ता छाडेर भागेपछि बंगलादेशमा ‘एक तानाशाहको शासन अन्त्य’ भयो भन्दै प्रदर्शनकारीहरूले खुसी मनाइरहेका छन् । हसिना १५ वर्षदेखि लगातार सत्तामा थिइन् । बंगलदेशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेकी उनी पछिल्लो समय तानाशाही बनेको भन्दै त्यहाँका जनताले असन्तुष्टि पोख्दै आएका थिए । उनले जनतालाई सुन्नै छाडेको जनगुनासो थियो ।

Hardik health

यहीबीच आरक्षण र कोटा प्रणालीको विरोधमा ढाका विश्वविद्यालयका छ जना विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । सोमबारसम्म आइपुग्दा आन्दोलन हिंसात्मक बन्यो । आन्दोलनमा ज्यान गुमाउनेको संख्या करिब ३०० पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा आइतबारमात्रै ९० जनाको ज्यान गयो । सयौं घाइते भएका थिए । प्रहरीको पोस्टमा प्रदर्शनकारीले आक्रमण गर्दा १३ जना प्रहरीले ज्यान गुमाए । यसपछि हसिनाले प्रदर्शनकारीहरूलाई ‘आतंकवादी’ भनेकी थिइन् । 

सोमबार आइतबारभन्दा ठूलो प्रदर्शन भयो । हजारौं संख्यामा रहेका प्रदर्शनकारीहरू प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै प्रधानमन्त्रीनिवासतिर आएपछि पदबाट राजीनामा दिएर देश छाडिन् । सेना प्रमुख जनरल वकार उज–जमानले हसिना देश छाडेर भागेपछि ‘अन्तरिम सरकार’ बनाउने घोषणा गरेका छन् । ‘हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौं । हामीलाई विश्वास गर्नुहोस्,’ उनले सोमबार भने । उनले विपक्षी राजनीतिक दलका नेताहरूसँग संवाद थालेका छन् । तर, कसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने ? टुंगो लागेको छैन । विपक्षी दलका नेताहरू पनि पटक–पटक सत्तामा परीक्षण भइसकेकाले जनताले उनीहरूप्रति विश्वास नगरेको बंगलादेशकै चटगाउँ निवासी सामाजिक अभियन्ता बाबर अलीले बताएका छन् । 

यसबीच अन्तरिम सरकारको प्रमुखका रूपमा कतिपयले बंगलादेशका पूर्वगभर्नर सलाउद्दिन अहमद र नोबेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुसजस्ता व्यक्तिलाई नियुक्त गर्नुपर्ने मत प्रकट गरिरहेका छन् । हसिना नेतृत्वको सत्तामा भएका अधिकांश नेताहरू भ्रष्टाचारमा मुछिएका थिए । उनी नेतृत्वको दल अवामी लिगले सन् २००९ देखि सत्ता चलाइरहेको थियो । उनकै सरकारले सन् २०१४ मा गरेको निर्वाचनमा प्रतिपक्षी दल नागरिक समाजसहितका दलहरू नै चुनावमा सहभागी भएनन् ।

सन् २०१९ र २०२४ मा अन्य केही राजनीतिक दल चुनावमा थिए, तर सबैभन्दा ठूलो प्रतिस्पर्धीले चुनावमा भाग लिएन । यससँगै हसिनाको दलको दुईतिहाइ बहुमत थियो । उनी केही महिनायता फेरि प्रधानमन्त्रीको कुर्सीमा थिइन् । तर, सरकारी सेवामा आरक्षण (कोटा) प्रणालीलाई सुधार्नुपर्ने भन्दै ढाका विश्वविद्यालयका छ जना विद्यार्थीले नेतृत्व गरेको आन्दोलन देशका ठाउँठाउँबाट गरी सोमबारसम्म १५८ जना विद्यार्थी आन्दोलनको नेतृत्वमा थिए । 

विद्यार्थीहरूले सन् १९७१ मा भएको बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी भएकाहरूको सन्तानलाई सरकारी सेवामा कोटा ३० देखि ४० प्रतिशत आरक्षण रहेकोमा त्यसमा सुधारको माग राखेका थिए । ५३ वर्षअघि भएको स्वतन्त्रता आन्दोलनमा सहभागी भएकाहरू बितिसके । तर, उनीहरूका नाति पुस्तालेसमेत सरकारी सेवामा उक्त कोटाको उपभोग गरिरहेका छन् । यसलाई नै सुधार गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि हसिना सरकारले दमन गर्‍यो । सोमबारसम्म करिब ३०० जनाले ज्यान गुमाए । 

जबकि, बंगलादेशको सर्वोेच्च अदालतले दुई हप्ताअघिमात्रै कोटा प्रणालीलाई हटाउने निर्णय गरेको थियो । तर, त्यतिञ्जेल आन्दोलनमा १०० जना मारिइसकेका थिए । त्यसपछि कोटा प्रणालीविरुद्धको आन्दोलन न्यायको आन्दोलनमा परिणत भयो । विद्यार्थीलाई दमन गर्नेहरूले राजीनामा दिनुपर्छ भन्ने माग उठ्यो । यहीबीच हसिना सरकारले भने ठाउँठाउँमा अपरेसन चलाएर विद्यार्थीमाथि बल प्रयोग गर्‍यो । यसपछि मात्रै प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा मागेका थिए । 

उनीहरुले देशव्यापी प्रदर्शन चर्काएका थिए । प्रदर्शनलाई नियन्त्रण गर्न प्रधानमन्त्री हसिनाले आइतबार अनिश्चित्कालीन कफ्र्यु आदेश जारी गरेकी थिइन् । सोमबार बिहान कफ्र्यु आदेशको परवाह नगरी आक्रोशित प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतिर अघि बढेका थिए । अन्ततः उनीहरू प्रधानमन्त्री निवास पुगेर नाराबाजी गर्दै तोडफोडमा उत्रिएका बंगलादेशका सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् । यसरी बहुमतको बलमा जनताको कुरा नसुन्ने सरकार प्रमुख हसिनाको दुःखद् राजनीतिक अवशान बंगलादेशमा भयो । 

उनका पिता शेख मुजिवुर रहमान हुन् । उनलाई बंगलादेशको पिता मानिन्छ । कारण, उनकै नेतृत्वमा ५३ वर्षअघि बंगलादेशमा स्वतन्त्रता आन्दोलन भएको थियो । पाकिस्तानबाट बंगलादेशलाई अलग्याएर छुट्टै स्वतन्त्र देश बनाउन अग्रणी भूमिका खेलेका रहमान सेनाले १९७५ मा कू गर्दा मारिएका थिए । छोरी हसिना भने जनताको शक्तिसामु झुक्दै सत्ताबाट अलग भएर देश छाड्न बाध्य भइन् । 

प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास गणभवनमा कुर्सी तोड्फोड गरेका छन् । बंगलादेशका पिता रहमानको शालिकलाई प्रदर्शनकारीहरूले तोडिदिएका छन् । गृहमन्त्रीको निवासबाट धुँवाको मुस्लो आएको र सहरमा लुटपाट मच्चिएको विवरणहरू आएका छन् । अधिकांश प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरुले बंगलादेश ‘दोस्रोपटक स्वतन्त्र’ भएको बताएका छन् ।यस्तो संकटकालीन अवस्थाबीच प्रधानसेनापतिले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गरेका छन् । राष्ट्रपतिसँगको भेटपछि अन्तरिम सरकार गठनबारे टुंगोमा पुग्न सकिने बताएका छन् ।


नेपालमा प्रभाव
बंगलादेशमा भएको राजनीतिक उथलपुथलको सीधा प्रभाव नेपालको व्यापार क्षेत्रमा परेको छ । आइतबारयता नेपालको आयात र निर्यात ठप्प छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका छन् । उनले बंगलादेशबाट भन्सार छुटेका पाँचवटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको बताए ।

यसरी एकातिर आयात निर्यात प्रभावित छँदा अर्कातिर सुरक्षा क्षेत्रमा चुनौती बढ्न सक्ने सुरक्षा निकायहरूको विश्लेषण छ । त्यस आधारमा कोशीको काँकटभिट्टासँगै मधेसका केही स्थानको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र प्रहरीले बोर्डर आउटपोस्ट (बिओपी)मा थप जनशक्ति परिचालन गरेको जनाएको छ । बिदामा रहेकाहरूलाई समेत बोलाइएको सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । 

उता ढाकास्थित नेपाली राजदूतावासले अध्ययनका लागि बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न आग्रह गरेको छ । दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा उनीहरूलाई थप सतर्कता अपनाउन पनि भनेको छ ।‘सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासले यात्रासम्बन्धी जारी निर्देशनमा उल्लेख गरेको छ । 

दूतावासका अनुसार बंगलादेशमा रहेका नेपालीहरू हालसम्म सुरक्षित छन् । त्यहाँ भएकामध्ये अधिकांश चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका हुन् । यदि, नेपाल फर्किने हो भने दूतावासले सम्पर्कका लागि दुईवटा टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार नेपालीहरूले ं८८०१८८०६९१०१३ वा ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्ने छन् । यसअघि दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई भारतको सडकमार्ग हुँदै नेपालको पूर्वी सीमा काकरभिट्टासम्म ल्याउने व्यवस्था गरेको हो । त्यसरी दुई हजार २०० को संख्यामा नेपाली विद्यार्थीहरूलाई पठाइएको दूतावासले जनाएको छ । अब ४०० को संख्यामा नेपाली विद्यार्थी रहेको बताइएको छ । उनीहरू अस्पतालहरूमा इन्टर्नसिपका रुपमा कार्यरत रहेको दूतावासकी द्वितीय सचिव योजना बम्जनले जानकारी दिइन् । 

‘बहुमत हुँदा जे गरे हुन्छ भन्ठाने दुभार्यपूर्ण’
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पद त्याग्दै देश छाडेर भाग्न बाध्य भएको घटनालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बंगलादेशबाट सिक्नुपर्ने बताएका छन् ।‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरूले बुझ्दा राम्रो हुन्छ,’ सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग दाहालले भने ।

हाल संसद्मा कांग्रेस–एमाले नेतृत्वको गठबन्धनसँग दुईतिहाइ बहुमत छ । यसप्रति लक्षित गर्दै दाहालले बहुमत छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने मानसिकता बनाए दुभाग्र्यपूर्ण हुने बताएका हुन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता मंगलबार, साउन १९, २०८३
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP